Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • मध्यपुर थिमिमा धिमे बाजा प्रतियोगिता हुने
मध्यपुर थिमिमा धिमे बाजा प्रतियोगिता हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २४, २०७९
dhime
Hardik health
थिमि -  मध्यपुर थिमिमा यही चैत २५ गते शनिबार उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने भएको छ । विगतका वर्ष ओस्ला नेपालले आयोजना गर्दै आएको सो धिमे बाजा प्रतियोगिता यस वर्ष नगरपालिका स्वयंले आयोजना गर्न लागेको हो । प्रतियोगिता श्री श्री श्री विष्णुवीर धिमे बाजा खलःको संयोजनमा हुन लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा उपत्यकाका ३२ धिमे खलः वा पुचः सहभागी हुने अपेक्षा गरिएको प्रतियोगिता संयोजक एवं वडा नं ४ का वडा सदस्य मदन ख्या श्रेष्ठले बताए । “मध्यपुर थिमिको बिस्काः जात्रामा विभिन्न देवी देवताका ३२ खटको जात्रा हुने गर्दछ । त्यसैको प्रतीक धिमे बाजा प्रतियोगितामा ३२ खलः तथा पुचःको सहभागिता गराउने लक्ष्य रहेको छ”, उनले भने । प्रतियोगितामा ३० खलः तथा पुचःले नाम दर्ता गरिसकेको जानकारी दिँदै उनले  इमेलबाट पनि दर्ता गर्न सकिने व्यवस्था भएकाले अन्तिमसम्म लक्ष्यअनुसार ३२ वा सोभन्दा बढी खलः तथा पुचःको सहभागिता हुन सक्ने बताए  । प्रतियोगितामा उपत्यकाका भक्तपुर, चाँगुनारायण, बालाजु, ठेचो, गोकर्ण, धर्मस्थली, बज्रबाराही, कीर्तिपुरलगायतका स्थानका धिमे खलः तथा पुचःले नाम दर्ता गरिसकेको संयोजक श्रेष्ठले बताए  । एउटा खलः वा पुचःबाट बढीमा दुई टोलीको सहभागिता हुनेछ । एउटा टोलीमा धिमे दुई, भुस्या दुई र छुस्या वा अन्य बाजा एक गरी बढीमा पाँच वाद्यवाधकको सहभागिता हुनेछ । प्रत्येक सहभागी टोलीलाई पाँच मिनेटको समय दिइने र सहभागी टोलीले पाँच मिनेटको समय बढीभित्र प्रस्तुती टुङ्ग्याउनुपर्नेछ । प्रतियोगितामा चार जनाको निर्णायक टोली रहनेछ । निर्णायक मण्डलले प्रस्तोता टोलीको अनुशासन, समयको परिपालना, वेशभूषा, रचनाको छनोट, एक आपसमा तालमेल, प्रष्टता, बोल, ताल र लय हाउभाउको आधारमा अङ्क प्रदान गर्नेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ४० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रोलाई नगद रु २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, तेस्रोलाई नगद रु १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, सान्त्वना पुरस्कार स्वरुप नगद रु पाँच हजार, मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले रु पाँच लाख दिने निर्णय गरेको जानकारी दिँदै संयोजक श्रेष्ठले नपुग रकम आयोजक समितिमा रहेका पदाधिकारी र अन्य इच्छुक दाताले दिने स्वेच्छिक सहयोगले परिपूर्ति गरिने बताए  । प्रतियोगिताका लागि विगतमा जस्तो आर्थिक सहयोग सङ्कलनका लागि कुनै सङ्घ संस्थासँग अनुरोध नगर्ने तर स्वेच्छाले दिन आए लिने नीति बनाएका उल्लेख गर्दै उहाँले भन्नुभयो, “सोहीअनुसार दातामध्ये कसैले शिल्ड सहयोग गर्ने, कसैले मेडल सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।” प्रतियोगितालाई सफल बनाउन मूल आयोजक समिति, प्रचारप्रसार, अतिथि सत्कार, मञ्च व्यवस्थापनलगायतका विभिन्न समिति तथा उपसमिति गठन गरिएको संयोजक श्रेष्ठले बताए । मध्यपुर थिमि उपत्यकाकै सबैभन्दा धेरै धिमे खलः भएको क्षेत्र हो । यहाँको बिस्काः जात्रामा एक साथ हजारौँको सङ्ख्यामा धिमे बाजा बज्ने गर्दछ । यहाँको मूर्तअमूर्त कला संस्कृतिको जगेर्ना गर्ने र नयाँ पुस्तामा पुस्तान्तरण गर्नुका साथै बिस्काः जात्राको छुट्टै रौनक बढाउन धिमे बाजा प्रतियोगिता आयोजना गरिएको श्री श्री श्री विष्णुवीर धिमे खलःका अध्यक्ष इन्द्रभक्त श्रेष्ठले बताए  । पत्रकार सम्मेलनमा प्रदीप जामन श्रेष्ठ र वडा नं ४ का वडा सदस्य उमेश श्रेष्ठले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै प्रतियोगिताको विविध पक्षका बारेमा जानकारी दिएका थिए  ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ०९:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP