Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘संकट’मा रविको उम्मेदवारी
‘संकट’मा रविको उम्मेदवारी
बुधबार, चैत २२, २०७९
rabi-lamichhane
Hardik health
– रविले पुनः नेपाली नागरिकता प्राप्त गरेको ६६ दिन पुग्यो, उपनिर्वाचनको दिन १० वैशाखमा ८५ दिन पुग्ने – संविधानतः तीन महिना अर्थात् ९० दिन नपुग्ने भएकोले उनी निर्वाचित, मनोनीत वा नियुक्त हुन अयोग्य हुने – रविको उम्मेदवारी खारेजविरुद्ध चारवटा उजुरी – सर्वोच्चमा राहदानी दुरुपयोगसम्बन्धी मुद्दा विचाराधीन काठमाडौं– राजनीतिमा अनपेक्षित ‘छलाङ’ मारेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फेरि कानुनी झमेलामा फसेका छन् । उनीविरुद्ध सर्वोच्च अदालतमा राहदानी दुरुपयोगसम्बन्धी मुद्दा विचाराधीन रहेकै बेला उनको उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ । यी दुवै कानुनी चुनौतीको किनारा कसरी लाग्छ ? त्यसैमा रविको आगामी संसदीय राजनीति निर्धारण हुने देखिएको छ । रविले कानुनी झमेला सामना गर्नुपरेको नागरिकता र त्यस आधारमा बनेको नेपाली राहदानीले हो । उनी स्वयंले यसअघि नै स्वीकारिसकेका पनि छन्– ‘नागरिकता पुनः प्राप्तिमा कमजोरी रह्यो ।’ १५ माघमा उनले नागरिकता पुनः प्राप्ति गरेका हुन् तर त्यसअघि अमेरिकी नागरिकता लिँदा निस्क्रिय भएको नेपाली नागरिकताका आधारमा बनाएका नेपाली राहदानी र त्यसको दुरुपयोग गरेको भन्ने विषयले उनी अप्ठेरोमा परेका छन् । सर्वोच्च अदालतमा सोमबार रविले राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका युवराज सफल (पौडेल)ले रिट दायर गरे । उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि पेसी न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा मंगलबार तोकिए पनि ‘हेर्न नमिल्ने’मा राखियो । कारण, १३ माघमा रविको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ गर्नेमध्येका एक जना न्यायाधीश सिन्हा पनि हुन् । त्यही भएर अब सिन्हासँगै कायममुकामय प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाबाहेकका न्यायाधीशको इजलासमा सुनुवाइ हुने भएको छ । एकातिर सर्वोच्चमा मुद्दा विचाराधीन रहँदा अर्कातिर मंगलबार नै रविको उम्मेदवारी खारेजीविरुद्ध चारवटा उजुरी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले तीन उजुरी उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले दिएका र एउटा उजुरी इमेलबाट प्राप्त भएको बताएका छन् । उनका अनुसार सिन्धुली घर भई हाल काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने युवराज सफल (पौडेल)ले इमेलबाट उजुरी पठाएका हुन् । उजुरीमा भएको व्यहोरा उल्लेख गर्दै आचार्यले पत्रकारहरूसँग भने, ‘विदेशको नागरिकता त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि पूरा नभई निर्वाचनमा उम्मेदवार हुन नमिल्ने’ दाबी गरिएको छ । यस सम्बन्धी प्रावधान संविधानको धारा २९१ मा छ । त्यहाँ भनिएको छ, ‘विदेशको स्थायी आवासीय अनुमतिपत्र त्यागेको व्यक्तिलाई कम्तीमा तीन महिनाको अवधि व्यतीत भएपछि त्यस्तो पदमा निर्वाचित, मनोनीत वा नियुक्त गर्न बाधा पर्ने छैन ।’ रविले नागरिकता लिएको मंगलबार ६६ दिन भएको छ । १० वैशाख पनि ८५ दिनमात्रै पुग्छ । यसले गर्दा रविलाई कानुनी समस्या रहेको वरिष्ठ अधिवक्ता महेश नेपाल बताउँछन् । उनले प्रभावसँग भने, ‘कानुनलेचाहिँ मनोनयन र निर्वाचन हुने पदमा तीन महिनाको अवधि भनेर समयसीमा राखेको छ ।’ रविको उम्मेदवारी खारेजीविरुद्ध राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवारहरू सन्तोष थापासँगै अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले उजुरी दिएका हुन् । उनीहरूले लामिछानेले पुरानो मतदाता नामावलीको आधारमा उम्मेदवारी दर्ता गरेको र नागरिकता लिएको तीन महिना नपुग्दै उम्मेदवार बन्न नमिल्ने उजुरीमा जिकिर गरेका छन् । उजुरीका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारसँग स्पष्टीकरण सोधेर निर्वाचन आयोगमा पठाउने तयारी गरेको छ । यसअघि ४ मंसिरमा भएको निर्वाचनअघि पनि रविको उम्मेदवारीविरुद्ध उजुरी परेको थियो । तर, आयोगले उजुरीलाई किनारा लगाएन । उल्टै ४ मंसिरमा मतदानपछि उजुरीलाई अब आयोगको क्षेत्राधिकारभित्र नपर्ने जनायो । उक्त उजुरीउपर न्यायिक निरुपण आयोगले नगरेपछि युवराज सफल सर्वोच्च गए । अन्ततः १३ माघमा उक्त नागरिकताको आधारमा प्राप्त लाभको पद सांसद खारेज भयो । अनि, उपप्रधान तथा गृहमन्त्रीसँगै पार्टी सभापति पद पनि रविको गुम्यो । यसपटक चाहिँ आयोगले के गर्छ ? उम्मेदवार रविसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेर पठाएपछि आयोगले त्यसबारे धारणा सार्वजनिक गर्ला । तर, रविले भने आफूले पुरानो नागरिकताका आधारमा लिएको राहदानी दुरुपयोग गरेर कसैको व्यक्तिगत जीवनमा क्षति नपु¥याएको बताएका छन् । उनले आफूविरुद्ध घेराबन्दी भएको भन्दै चर्को असन्तुष्टिसमेत जनाए । ‘देशलाई म घाँडो भए बरु मारिदेऊ,’ आक्रोशित हुँदै रविले उम्मेदवारी दर्तापछि भनेका थिए । रवि अहिले चितवन–२ मै निर्वाचन अभियानमा व्यस्त छन् । उनी यसअघि त्यहीँबाट निकटतम् प्रतिद्वन्द्वीले भन्दा तेब्बर बढी मत प्राप्त गर्दै विजयी भएका थिए ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP