काठमाडौं- सिक्किमको गान्तोक-नाथुला सडक खण्डमा गएको हिमपहिरोमा परी तीन जना नेपाली नागरिकको मृत्यु भएको छ ।
हिमपहिरो घटनामा अन्य चार जनाको मृत्यु भएको र अन्य १२ जना घाइते भएको इन्डियन एक्सप्रेसले जनाएको छ ।
मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको गान्तोकका अधिकारीहरुले जनाएका छन् । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् ।
स्थानीय समय अनुसार मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०/३० जना पर्यटक पुरिएको आशंका गरिएको छ ।