Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • चुनौतीको चाङमा नवनियुक्त अर्थमन्त्री
चुनौतीको चाङमा नवनियुक्त अर्थमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २०, २०७९
The hand of man putting his vote in the ballot box.
Hardik health
मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेको बेला अर्थ मन्त्रालयको बागडोर सम्हाल्न आएका छन् नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत । अहिले समग्र अर्थतन्त्रमा मन्दी छाएको छ । बैंक तथा वित्तीय क्षेत्रमा लामो समयदेखि कायम तरलताको समस्या यथावत् छ । व्यापार व्यवसायमा शून्यता छाउँदै गएको अवस्था छ । यही बेला महँगी (मुद्रा स्फिति) उच्च बिन्दुमा पुग्दै अनियन्त्रित बनेको छ । अर्थतन्त्रका सूचकहरु केही सकारात्मक बन्दै आएको देखिए पनि समग्रमा नकारात्मक नै छ । रेमिट्यान्सको रकम बढेका कारण विदेशी मुद्रा सञ्चितिमा सुधार आएको हो । तर, सरकारले विदेशी मुद्रा सञ्चिति नियन्त्रणका लागि विभिन्न वस्तुमा लगाइएको आयात प्रतिबन्ध कायमै छ । जसले गर्दा वैदेशिक व्यापार (आयात/निर्यात) नै घटेको अवस्था छ । सबैभन्दा गम्भीर पक्ष सरकार चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा असफल हुँदै गएको छ । आर्थिक वर्ष सकिन अब लगभग साढे तीन महिनामात्र बाँकी रहँदा राजस्व लक्ष्यअनुसार संकलन हुन सकेका छैन । महालेखा नियन्त्रकको कार्यालयका अनुसार आइतबारसम्म सरकारले बजेटमा लक्ष्य राखेको राजस्वमा ४३.८२ प्रतिशतमात्र प्रगति भएको छ । अबको तीन महिनामा बाँकी रकम उठाउनुपर्छ, जुन असम्भव प्रायः छ । लक्ष्यअनुसार राजस्व उठाउन नसक्दा सरकारलाई खर्चमा चर्को दबाब परिरहेको छ । यतिबेला कर्मचारीहरुलाई तलब खुवाउनसमेत हम्मे परेको अवस्था छ ।यस्तै विकास खर्च अर्थात् पुँजीगत खर्च अत्यन्त कमजोर अवस्थामा छ । महालेखानियन्त्रक कार्यालयको तथ्यांकअनुसार आइतबारसम्म ३५ प्रतिशतको हाराहारीमा मात्र पुँजीगत खर्च भएको छ । यसले विकास निर्माणको प्रगति निराशाजनक रहेको प्रस्ट हुन्छ । यद्यपि, सम्पन्न भएका कामको भुक्तानी नहुँदा खर्च कम देखिएको अर्थ मन्त्रालयका अधिकारीहरु दाबी गर्छन् ।अर्थतन्त्रको यो अवस्थालाई सुधार गर्नु नवनियुक्त अर्थमन्त्री महतका लागि ठूलो चुनौती हुने निश्चित छ । यो चुनौतीलाई उनले कसरी सामना गर्लान् त्यो हेर्न बाँकी नै छ । पक्कै पनि यो अवस्थालाई सम्हाल्नसक्छु भन्ने आत्मविश्वासका साथ नै उनी अर्थ मन्त्रालयको बागडोर सम्हाल्न आएको हुनुपर्छ । यही बेला आगामी आर्थिक वर्षको बजेट निर्माणको थालनी गर्ने समय पनि सुरु भइसकेको छ । वर्तमान चुनौतीलाई सम्बोधन गर्दै आगामी वर्षको बजेट तय गर्नुपर्ने उनको जिम्मेवारी छ । गठबन्धनको सरकार भएकोले सबै साझेदार दलहरुको योजनालाई पनि समेट्नुपर्ने बाध्यता छ । यस्तोमा आगामी बजेट निर्माण हरेक कोणबाट चुनौतीपूर्ण रहेको प्रस्ट देखिन्छ । यो अवस्थालाई सम्हाल्न अर्थमन्त्री महतले निकै कसरत गर्नुपर्नेछ । चुनौतीको चाङलाई पन्छाउन सफल हुने÷नहुने उनको आगामी कर्मले नै निर्धारण गर्नेछ ।
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP