Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • न्यायमा विलम्ब नगर
न्यायमा विलम्ब नगर
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १९, २०७९
Editorial_Prabhab
Hardik health
प्रधानमन्त्री पुष्पकमल दाहालकै सामुन्ने मिटरब्याजीपीडितको आँसु बग्यो । त्यो आँसुमा खुसीको झल्को थिएन । बरु, नवसामन्त मिटरब्याजीको असह्य अन्याय थियो । अत्याचार थियो । त्यसकै विम्ब आँसु प्रधानमन्त्रीकै सामन्नु पीडितहरूको आँखाबाट झ¥यो । सायद त्यही देखेर प्रधानमन्त्रीले शनिबार बालुवाटारमा भने, ‘मेरै कार्यकालमा तपाईंहरूलाई न्याय दिन्छु ।’ प्रधानमन्त्रीमन्त्रीसँग पीडितहरूको एउटै बिन्ती छ– ‘सरकार ! न्याय देऊ ।’ उनीहरू न्याय माग्न ११ दिन कष्टकर रूपमा पैदलै हिँडेर मधेसका गाउँगाउँदेखि काठमाडौं आएका हुन् । काठमाडौंको सडकमै रात काटेर सरकारसँग न्याय मागे । अन्ततः झण्डै साता दिन हुँदा प्रधानमन्त्री दाहाल पीडितहरूसँग न्याय मगाइ सुन्न तयार भए । र, पीडितहरूको न्याय दिने भनेका छन् । मिटरब्याजीको उत्पीडनबारे जाँचबुझ गर्न आयोग गराउने भनिएको छ । जिल्ला तहमा पनि आयोगको संरचना विस्तार गर्ने सहमति पीडितहरूसँग गरिएको छ ।सरकार ! जे–जे सहमति भए, तत्काल परिणाम आउनेगरी कार्यान्वयन होस् । विगतमा सहमति गर्ने र कार्यान्वयन फितलो भएको नजिर छ । यसपटक त्यस्तो नहोस् । किनभने, संविधानको प्रस्तावनामै उल्लेखित ‘समाजवादोन्मुख’ समाजको बाधक नवसामन्तको अर्को रुप मिटरब्याजी हुन् । जसले सर्वहारा वर्ग भनौं या श्रमिक वर्गमाथि आर्थिक उत्पीडन मच्याइरहेका छन् । फेरि, प्रधानमन्त्री आफैं पनि उत्पीडित वर्गका कथित नेता भएका कारण उनीहरूलाई जसरी न्याय दिलाउनैपर्छ । होइन भने शोषक वा सामन्तवर्गलाई दुश्मन ठान्ने र ती वर्गलाई खत्तम गर्ने भन्ने उनको द्वन्द्वकालीन मुद्दा सत्ता प्राप्ति खातिर सीमित थियो भन्न सकिन्छ । त्यही भएर प्रधानमन्त्रीले जसरी पनि मिटरब्याजीपीडितलाई अविलम्ब न्याय दिलाएर उनीहरूको अनुहारमा चमक ल्याइदिनुपर्छ । तर, शक्ति सिद्धान्तअनुसार जहिल्यै सामन्त वर्ग शक्तिशाली हुन्छ । जसको पहुँज राज्य संयन्त्रसँग बलियो रूपमा हुन्छ । यहाँ पीडक मिटरब्याजीहरूको पनि उस्तै छ । सार्वजनिक भइरहेका विवरणअनुसार मिटरब्याजीहरूको संरक्षक राजनीतिक दलहरू नै हुन् । अवैधानिक रूपमा दलहरूकै लुप्त संरक्षकत्वमा उनीहरूले गरिबहरूमाथि शोषण गर्दै आएका हुन् । यसकारण, उनीहरूमाथि भएको आर्थिक शोषणको मन्त्रिपरिषद् बैठकले गठन गर्ने भनिएको जाँचबुझ आयोगले सत्यतथ्य बाहिर ल्याओस् । र, मिटरब्याजीहरूले गरेको कसूरमा फौजदारी कानुन आकर्षित गर्न छिटो आवश्यक ऐन कानुन संसद्बाट पारित होस् । दू्रतमार्गबाट पीडितलाई न्याय मिलाइयोस् । अनि, मात्र लोककल्याणकारी राज्यको आभाष जनताले गर्ने छन् ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP