Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • भारतमा फेरि कोरोनाका बिरामी बढे, सचेत रहन डब्ल्युएचओको आग्रह
भारतमा फेरि कोरोनाका बिरामी बढे, सचेत रहन डब्ल्युएचओको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत १७, २०७९
covid
Hardik health
नयाँदिल्ली - भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन् । आज एकै दिन तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या झण्डै छ महिना यताकै उच्च हो । बुधबार तीन हजार सङ्क्रमित फेला परेका थिए । उक्त मन्त्रालयले आज सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार महामारी क्रमशः साम्य भएपछि गत अक्टोबर २८ मा सबैभन्दा दुई हजार दुई सय आठ जनामा सङ्क्रमण देखिएको थियो । बुधबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ५०९ रहेकामा आज त्यसमा वृद्धि भई १५ हजार २०८ पुगेको छ । बितेका २४ घण्टामा एक हजार ३९० बिरामीले स्वास्थ्यलाभ गरेका छन् । उक्त मन्त्रालयले राष्ट्रव्यापी खोप अभियानअन्तर्गत हालसम्म दुई अर्ब २० करोड ६५ लाख मात्रा खोप लगाइएको तथा त्यसमा ९५ करोड २० लाख दोस्रो मात्रा र २२ करोड ८६ लाख मात्रा सावधानीका लगाइएको जनाएको छ । पछिल्लो २४ घण्टामा छ हजार ५५३ जनालाई खोप लगाइएको छ । सोही अवधिमा एक लाख १८ हजार ६९४ जनाको कारोना परीक्षण गरिएको छ । केन्द्र सरकारले स्वास्थ्य तथा चिकित्सा विभागका अधिकारहरूलाई मातहतका निकाय र सरोकारवालासँग सम्भावित महामारीको सामनाको तयारीका निम्ति समीक्षा बैठक गर्न तथा रोकथामका आवश्यक उपाय अवलम्बन गर्न निर्देशन दिएको छ ।यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले महामारीको सम्भावित नयाँ चरणलाई दृष्टिगत गरी कारोनाविरुद्धका खोप लगाउन आह्वान गरेको छ । स्वस्थ बालबालिका तथा किशोरकिशोरीहरूलाई खोप आवश्यक नभए पनि वृद्ध र उच्च जोखिममा रहेका समूहलाई अन्तिम खोप लगाएको छ देखि १२ महिनाको अन्तरालमा ‘बुस्टर डोज’ लगाउन सुझाएको छ ।गम्भीर रोगको सामना गरिरहेका वर्गलाई सङ्क्रमण प्रतिरोधी खोपमा प्राथमिकतना दिन सङ्गठनले संसारका सबै देशका सरकारलाई अनुरोध गर्दै राष्ट्रसङ्घीय निकायले परिस्थितिको निरन्तर अनुगमन गरिरहेको र सहयोगका लागि तत्पर रहेको बताएको छ । साथै सङ्गठनले सचेत रहन तथा स्वास्थ्य नियम पालना गर्न अनुरोध गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP