Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
  • #राष्ट्रपति
Search Here
समाचार
  • Home
  • समाचार
  • मन्त्रिपरिषद् विस्तार को–को बन्दै छन् मन्त्री ?
मन्त्रिपरिषद् विस्तार को–को बन्दै छन् मन्त्री ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत १७, २०७९
prachanda
Hardik health
काठमाडौं -  प्रधानमन्त्री पुष्पकमल दाहालले साढे तीन महिना नहुँदै तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै छन् । आज मन्त्रिपरिषद् विस्तारका लागि तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्मा गठबन्धनका आठ दल समेटिने छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार दिउँसो ३ बजे मन्त्रीहरूलाई शपथ ग्रहण गराउने कार्यक्रमसमेत तय भएको छ । १६ वटा मन्त्रालयको बागडोर सम्हाल्नुपर्ने दायित्वबाट मन्त्रिपरिषद् विस्तारसँगै प्रधानमन्त्री दाहाल मुक्त पनि हुने छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि बनेको नयाँ गठबन्धनका दलहरू समेटिएर विस्तार गर्न लागेको भने यो नै पहिलो हो ।
कांग्रेस:-पूर्णबहादुर खड्का र रमेश रिजाल (रक्षा र परराष्ट्रमध्ये एक), धनराज गुरुङ (सामान्य प्रशासन), डा. प्रकाशशरण महत (अर्थ), डिकबहादुर लिम्बू (कानुन), एनपी साउद (सहरी) सीता गुरुङ (भूमि व्यवस्था), मोहन बस्नेत (स्वास्थ्य) माओवादी :- नारायणकाजी श्रेष्ठ (गृह), रेखा शर्मा (सञ्चार), सुदन किराती (संस्कृति), अमनलाल मोदी (ऊर्जा) र महिला (?) जसपा:-  मन्त्रीको नाम टुंगिन बाँकी नेकपा एस:-डा. बेदुराम भुसाल (वन) र प्रकाश ज्वाला (भौतिक) जनमत:- अब्दुल खान (उद्योग) लोसपा:- शरदसिंह भण्डारी (श्रम) नाउपा:-रञ्जिता श्रेष्ठ चौधरी (युवा तथा खेलकुद) नेसपा:-महेन्द्रराय यादव (खानेपानी)
मन्त्रिपरिषद्मा नेपाली कांग्रेसले आठ जनालाई पठाउँदै छ । पहिले मन्त्री भएका र नभएका नेताहरूलाई दाहाल नेतृत्वको सरकारमा पठाउन लागिएको सहमहामन्त्री भीष्मराज आङ्देम्बेले बताए । उनका अनुसार बिहीबार बसेको कार्यसम्पादन समिति बैठकले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सहभागी हुने निर्णय गरेको छ । खड्काले उपप्रधानसहित रक्षा वा परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । पार्टीका अर्का उपसभापति धनराज गुरुङ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री, डिकबहादुर लिम्बु कानुन, न्याय तथा संसदीय मामिला र सीता गुरुङ भूमि व्यवस्थामन्त्री हुने टुंगो लागेको छ । सांसदहरू एनपी साउद सहरी विकासमन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री र रमेश रिजाल परराष्ट्र र रक्षामध्ये एक मन्त्रालयको मन्त्री बन्ने निश्चितजस्तै भएको सहमहामन्त्री आङ्देम्बेले बताए । ‘ज–जसको नाम अहिले मन्त्रीको रूपमा चर्चामा छ । उहाँहरू नै मन्त्री हुने हो,’ उनले प्रभावसँग भने, ‘कार्यसम्पादन समिति बैठकबाट टुंगो लागेका नामहरू हो ।’ उपसभापति गुरुङ, लिम्बू र रिजाल पहिलोपटक मन्त्री हुन लागेका हुन् ।खड्का, महत, बस्नेत र साउद पटक–पटक मन्त्री भइसकेका छन् । सांसद गुरुङ यसअघि नै राज्यमन्त्री भइसकेकी छन् । उनी कांग्रेसबाट प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद पनि हुन् । कांग्रेसबाट मन्त्री बन्नेहरुमध्ये गुरुङ र लिम्बू मात्रै संस्थापनइतर समूहका हुन् । मन्त्रिपरिषद् विस्तार हुँदा भने प्रधानमन्त्री दाहालको दल माओवादीका केही मन्त्रीहरूको मन्त्रालय भने हेरफेर हुने भएको छ । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गरेका नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयको जिम्मेवारीमा हुने छन् । श्रेष्ठले ११ पुसमै उपप्रधानसहित गृहमन्त्री हुन चाहेका थिए । तर, यो मन्त्रालय भागबण्डा गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प¥यो । श्रेष्ठ त्यसबेला रुष्ट भए । पछि उनले उपप्रधानमन्त्रीहरूको वरीयतालाई लिएर पनि असन्तुष्टि जनाए । उनै श्रेष्ठले तीन महिनापछि गृह मन्त्रालय पाउने भएको हो । यसअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सम्हालेका अमनलाल मोदी पनि ऊर्जामन्त्री बन्ने भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको भने मन्त्रालय हेरफेर नहुने भएको हो । माओवादीले महिला, बालिकामन्त्री कसलाई बनाउँछ भन्ने चाहिँ निक्र्योल भएको छैन । जनता समाजवादी पार्टी (जसपा)बाट एक जना अध्यक्ष अशोककुमार राई मन्त्री हुने सम्भावना बढी छ । अर्का एक मन्त्री भने मधेसको भूगोलबाट हुने चर्चा छ । जसपाको भागमा शिक्षा र कृषि मन्त्रालय परेको छ ।नेकपा एकीकृत समाजवादीले पार्टी उपाध्यक्ष डा. बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई मन्त्री बनाउने बुधबार नै निर्णय गरेको हो । ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुने निश्चित भएको छ । पहिलोपटक मन्त्री बन्न लागेका भुसाल भने वनमन्त्री हुने भएका छन् । जनमत पार्टीबाट मोहम्मद अब्दुल खानको मन्त्रालय हेरफेर हुने भएको छ । खानेपानीमन्त्री भएका उनी अब उद्योगमन्त्री हुने भएका छन् । उनले यसअघि यही मन्त्रालय चाहेका थिए । एक जना राज्यमन्त्री भने कसलाई बनाउँछ ? निश्चित छैन ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने यसअघि १५ पटक मन्त्री भएका शरदसिंह भण्डारीलाई मन्त्री बनाउँदै छ । उनी श्रममन्त्री बन्ने छन् । नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने तयारीमा छिन् । श्रेष्ठ भने पहिलोपटक मन्त्री बन्न लागेकी हुन् । नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादव खानेपानी मन्त्री हुने भएका छन् । उनी यसअघि पनि पटक–पटक मन्त्री भइसकेका नेता हुन् । समान एक÷एक जना सांसद भएका गठबन्धनको दुई दल राष्ट्रिय जनमोर्चा र आम जनता पार्टी (आजपा)ले भने सरकारमा सहभागी हुने मौका नपाउने भएका छन् । यसअघि आजपाले एक मन्त्रालय पाउने चर्चा थियो । पाउँदा उक्त दलबाट प्रभु साह मन्त्री हुन्थे । तर, उनले मन्त्रालय पाएनन् । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह पनि मन्त्री हुने चर्चा थियो । उनले पनि मन्त्री हुने अवसर नपाउने भएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
व्यवसाय दर्ताबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही गरिने
व्यवसाय दर्ताबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही गरिने सोमबार, फागुन ११, २०८२
घरभित्र पसेको चितुवाको उद्धार
घरभित्र पसेको चितुवाको उद्धार सोमबार, फागुन ११, २०८२
मापदण्डबमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध
मापदण्डबमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध सोमबार, फागुन ११, २०८२
आगलागी नियन्त्रणमा सिम्रिक एयरको सहयोग
आगलागी नियन्त्रणमा सिम्रिक एयरको सहयोग सोमबार, फागुन ११, २०८२
निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने
निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने सोमबार, फागुन ११, २०८२
राजनीतिकदलद्वारा निर्वाचन अचारसंहिता पालना गर्ने प्रतिबद्ध
राजनीतिकदलद्वारा निर्वाचन अचारसंहिता पालना गर्ने प्रतिबद्ध सोमबार, फागुन ११, २०८२
धादिङमा बस दुर्घटना १७ को मृत्यु, २४ घाइते
धादिङमा बस दुर्घटना १७ को मृत्यु, २४ घाइते सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP