Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • नवीनतम प्रविधि विकास उत्पादन वृद्धि गर्नुपर्ने : प्रधानमन्त्री दाहाल
नवीनतम प्रविधि विकास उत्पादन वृद्धि गर्नुपर्ने : प्रधानमन्त्री दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १६, २०७९
pm in krisi
Hardik health
काठमाडाैं  - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्यमशीलता अहिलेको आवश्यकता रहेको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई  सम्बोधन गर्दै उनले अनुसन्धानबाट नवीनतम प्रविधिको विकास गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताएका हुन्  । विश्वविद्यालयले विकास गरेको प्रविधिको प्रयोगले किसानको जीवनस्तर उकास्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । विश्वविद्यालयका वैज्ञानिकले भैँसीको अप्राकृतिक प्रजनन गराउने प्रविधिको विकास, गहुँको गर्मी सहनसक्ने जातको विकास, चिलापिया माछाको उत्पादन गर्ने प्रविधिले आफूलाई उत्साहित बनाएको उनको भनाइ छ । करिब छ दशकअघिसम्म शिक्षाको कमी हुँदा अग्र्यानिक खेतीमार्फत आत्मनिर्भर मात्र नभई निर्यातसमेत गर्ने गरेको बताउँदै उनले अहिले बर्सेनि आयात बढ्नुले कहाँ कमजोरी भएको हो पत्ता लगाउनु जरुरी रहेको बताए  । उनले भने, “अहिले आयात गर्ने अवस्थामा कसरी पुगियो । त्रुटि कहाँ छ भन्ने अब शिक्षित वैज्ञानिकले खोज्नु पर्नेछ ।” सातवटै प्रदेशमा यस विश्वविद्यालयले आङ्गिक क्याम्पस बिस्तार गरेको बताउँदै उहाँले आगामी दिनमा अझै सुधार हुने विश्वास व्यक्त गरे । दीक्षित भएका विद्यार्थीको अबको बाटो भनेको दशको समग्र कृषि क्षेत्रको विकासमा योगदान दिने रहेको उनको भनाइ थियो । उनले भने , “आफूले सिकेको ज्ञान, सीप कृषकसमक्ष बाँड्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।” विसं २०६७ देखि कृषि सङ्काय, पशुचिकित्सा, मत्स्यचिकित्सा एवं वन सङ्कायमा दक्षजनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस विश्वविद्यालयले कृषि अनुसन्धान र प्रसारलाई आत्मसात् गरेको उनले बताए  । कृषि उत्पादनमा देखिएको समस्या चुनौतीलाई विश्वविद्यालयले आवश्यकता महसुस गरी समाधान गर्नुपर्ने उनले बताए  । प्रधानमन्त्री दाहालले कृषि विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको स्वामित्व विवाद समाधान भइसकेको र कार्यान्वयनको चरणमा रहेको बताए । समायोजनमा आएका कर्मचारीको विस्तृत छलफलबाट समाधान खोजिने उनको भनाइ छ । समारोहमा भारतका डा वाइएस पारमर विश्वविद्यालयका उपकुलपति (भाइचान्सलर) प्रा डा राजेश्वरसिंह चण्डाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मी लगायतले बोलेका थिए । विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२÷७३ देखि हालसम्म र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०७५÷७६ देखि हालसम्मका विद्यार्थीलाई दीक्षित गरिएको हो । स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका गरी एक हजार ८५ विद्यार्थी दीक्षित गरिएको सो अवसरमा जानकारी दिइएको थियो । स्नातक तहमा कृषिबाट चार सय ६८, वनबाट एक सय ३६, पशु चिकित्साबाट एक सय पाँच, मत्स्य विज्ञानबाट २३ गरी सात सय ३२ जना दीक्षित भएका हुन् । स्नातकोत्तर तहमा कृषिबाट एक सय ८९, वन विज्ञानबाट ६१, पशुविज्ञानबाट २७, पशु चिकित्साबाट ४९ र मत्स्य विज्ञानबाट १० गरी तीन सय ३६ जना र विद्यावारिधिअन्तर्गत कृषि सङ्कायतर्फबाट विभिन्न विधाका गरी १५ जना र पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायमा दुई गरी १७ जना विद्यार्थी दीक्षित भएको उपकुलपति रेग्मीले जानकारी दिनुभयो । दीक्षान्त समारोहमा तीनवटै सङ्कायमा सर्वाधिक अङ्क प्राप्त गरी सङ्काय प्रथम हुने विद्यालयलाई उपकुलपति पदक र सर्वाधिक अङ्क ल्याउनेमध्ये सर्वाेत्कृष्ट अङ्क ल्याई विश्वविद्यालय सर्वप्रथम हुने एक एक जनालाई कुलपति पदक प्रदान गरिएको छ । विसं २०६९ देखि सुरु भएको हाल स्नातक तहमा नौ सय ३४ र वन विज्ञान सङ्कायमा एक सय ८९ जना विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयअन्तर्गत विभिन्न सङ्काय र कलेजमा यस वर्ष स्नातक कार्यक्रममा सात सय २८, स्नातकोत्तरमा दुई सय ३० र विद्यावारिधि कार्यक्रममा १४ जना विद्यार्थी भर्ना भएका छन् । हालसम्म विश्वविद्यालयमा चार हजार नौ सय ४५ जना विद्यार्थी अध्ययनरत छन् ।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १६:३६
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने बिहीबार, मंसिर २५, २०८२
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै बुधबार, मंसिर २४, २०८२
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन शुक्रबार, मंसिर १९, २०८२
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी बुधबार, मंसिर १७, २०८२
काठमाडौँमा आंशिक बदली हुने
काठमाडौँमा आंशिक बदली हुने बुधबार, मंसिर १७, २०८२
विद्यालयको अक्षयकोषमा ४० लाख संकलन
विद्यालयको अक्षयकोषमा ४० लाख संकलन मंगलबार, मंसिर १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
पृथ्वीराजमार्गको नागढुंगा-मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै
पृथ्वीराजमार्गको नागढुंगा-मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP