सर्लाही - सर्लाही जिल्लाको मलंगवा नगरपालिका ११ गम्हरीया स्थित झिम खोला बाध ईलाकाबाट गाँजा बरामद प्रहरीले गरेको छ ।
साे स्थानबाट शनिबार सशस्त्र प्रहरीले २० वटा पोकामा रहेको करीब १ सय ८८ के.जी. ९ सय ग्राम गाँजा बरामद गरेको हाे ।
नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेका व्यक्तिले उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीलाई देख्नासाथै सोही ठाउँमा छाडी फरार भएका थिए ।
बरामद गाँजा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाईएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ ११:४८