दोलखा - दोलखाको कालिञ्चोक गाउँपालिकास्थित सुन्द्रावतीका एक नाबालकको पेट्रोल सेवनबाट मृत्यु भएको छ ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावती घर भई सिंगटीमा पसल गर्दै आएका मुरारी सेढाईका २१ महिने छोरा सक्षम सेढाईको पेट्रोल सेवनबाट मृत्यु भएको हो ।
केहीबेर अघि बाईकमा पेट्रोल हालेर पाइप सहित कोठामा राखिएको बाेतलबाट सेवन गरेको पाइएको छ ।स्राेतका अनुसार बिहान करिब साँढे ९ बजे सेढाईले कोठामा राखेको पेट्रोल बालकले सेवन गरेका थिए ।
पेट्रोल सेवनबाट बेहोस भएका ति बालकलाई सिंगटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल, दोलखा अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा बालकको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ ।
मृतक बालकको शव हाल अस्पतालमै राखिएको स्राेतले जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९ ०९:५८