Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आक्रमणको निशानामा भिआइपी
आक्रमणको निशानामा भिआइपी
बुधबार, चैत ८, २०७९
attack
Hardik health
– मुख्यमन्त्री हिक्मतकुमार कार्कीपछि माओवादी नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमण प्रयास – माओवादी मन्त्री दुर्गाप्रसाद चापागाईंलाई पनि धम्की – प्रदेशका विशिष्ट व्यक्तिहरूको सुरक्षा जोखिम बढेको प्रहरीको विश्लेषण काठमाडौं– मुलुकको पूर्वी क्षेत्रको प्रदेश (प्रदेश १)को नाम ‘कोशी’ राख्न मतदान गर्नेहरूलाई पहिचानवादी पक्षले भौतिक आक्रमणको निशानामा पार्न थालेका छन् । सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा तोडफोड गर्दै आक्रमण प्रयास गरेको भोलिपल्टै प्रदेशका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो सवार गाडीलाई पहिचानवादीहरूले आक्रमणको निशाना साँधे । उनलाई पहिचानवादीहरूले ‘गद्दार’ घोषणा गरिसकेका छन् । उनै आङ्बो मंगलबार ताप्लेजुङको सदरमुकाम फुंलिङ पुुग्दा आक्रमणको प्रयास भएको हो । सो क्रममा उनी सवार गाडीमा सामान्य क्षति पुुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बूले बताए । ‘फुंलिङ बजारभन्दा सात–आठ किलोमिटर तल गाडीमाथि ढुंगा प्रहार भयो । आक्रमण गर्नेको पहिचान हुन बाँकी छ । हामी अनुसन्धानमै छौं,’ डिएसपी लिम्बूले प्रभावसँग भने । चार मंसिरमा निर्वाचन हुनुअघि नेता आङ्बोले ‘किरात’बाहेकका प्रदेशमा मत नदिने, बरु औंला काट्ने वाचा किरात धर्मगुुरु आत्म लिङ्देनलाई साक्षी राखेर भनेका थिए । त्यसबेला उनी ‘कोशी’ प्रदेश नाम राख्न नहुने पक्षमा उभिए । तर, १७ फागुनमा भने उनै आङ्बोले नाममा बाधक नबन्ने भन्दै ‘कोशी’ नामको पक्षमा मतदान नै गरे । धर्मगुुरुसामुु गरेको वाचाको विरुद्धमा उभिए । उनले २५ फागुनमा राष्ट्रपति निर्वाचनमा मतदानका लागि आउँदा प्रभावसँग भनेका थिए, ‘मैले औंला काट््नु त के हामीलाई निर्वाचनमा ढाड नै भाँचिदिए ।’ नेता आङ्बोमाथि आक्रमण प्रयास भएसँगै प्रहरीले सुरक्षा जोखिम बढेको देखिएको जनाएको छ । ‘नामले गर्दा पहिचानवादीहरू अत्यन्तै असन्तुुष्ट देखिए । ज–जसले कोशी नाममा मतदान गरे, उनीहरू पहिचानवादीहरूको निशानामा पर्दै जाने देखेको छु । सोमबार र मंगलबारको घटनाले त्यही भन्छ,’ एक जना सुरक्षा अधिकारीले भने । आक्रमण प्रयासपछि आङ्बोले भने आफूविरुद्ध पहिचानवादीहरूले धेरै अपेक्षा, विश्वास र भरोसा गरेको तर अपेक्षित परिणाम नआएपछि आक्रोश, घृणा र आवेग उत्पन्न भएको भन्दै त्यसलाई स्वाभाविक मान्ने बताएका छन् । उनले विरोध र असहमतिप्रति आफ्नो सम्मान हुने पनि बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा आक्रमण प्रयासको केही घण्टामै लेखेका छन्, ‘जोसँग सबैभन्दा बढी अपेक्षा, विश्वास र भरोसा हुन्छ अपेक्षित परिणाम हासिल नहुँदा उसैप्रति आक्रोश, घृणा, आवेग व्यक्त हुनुलाई मैले स्वाभाविकरुपमा लिएको छु । हामीले ल्याएको यो लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्णरुपमा गरिने विरोध, असहमतिप्रति मेरो सधैँ सम्मान रहनेछ ।’ सोमबार मुख्यमन्त्री कार्की पहिचानवादीहरूको आक्रमणको निशानामा परेका थिए । ओखलढुुंगा जाँदा पहिचानवादीहरूले उनी सवार गाडी तोडफोडको प्रयास गरेका थिए । सो क्रममा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको थियो । सुरक्षा जोखिम बढेपछि उनी ओखलढुुंगाको कार्यक्रम छोट्याएर प्रदेश राजधानी विराटनगर फर्किएका थिए । यसअघि धनकुुटाका एमाले सांसद निरन राईलाई राई जातिको सामाजिक संस्था किरात राई यायोख्खाले ‘वंश गद्दार’ घोषणा गरिसकेको छ । निरन ती नेता हुुन्, जसले १७ फागुनमा रामबहादुर राना प्रस्तावक रहेको ‘कोशी’ प्रदेश नामाकरणसम्बन्धी प्रस्तावमा समर्थक थिए । जुन नामलाई पहिचानवादीहरूको अस्वीकार छ । प्रदेशको नाम ‘कोशी’ खारेज गर्न माग छ । फेरि, नामांकन गर्नुपर्नेमा पहिचानवादीहरूको जोड छ । उनीहरूका अनुसार प्रदेशको नाम ऐतिहासिक पृष्ठभूमिका आधारमा राखिनुुपर्छ । तर, लिम्बूवान–किरात नाम राख्न मुख्यमन्त्री कार्कीसँगै प्रदेश संसद्को दुुई तिहाइभन्दा बढी सांसदहरू तयार छैनन् । कार्कीले आइतबार मात्रै खारेज गर्न नसकिने बताएका थिए । त्यसपछि पहिचानवादीहरू झनै आक्रोशित भए । उनीविरुद्ध सामाजिक सञ्जालमा पहिचानवादीहरूले सुरक्षा जोखिम बढ्नेगरी चेतावनी दिएका छन् । यससँगै कोशी प्रदेश प्रहरी कार्यालयले मुख्यमन्त्री कार्कीसँगै कोशी नाममा मतदान गर्ने सांसदहरूको सुरक्षामा थप ध्यान दिएको जनाएको छ । माओवादीकै प्रदेशमन्त्री दुुर्गाप्रसाद चापागाईंलाई पनि पहिचानवादीहरूले निशानामा पार्ने चेतावनी दिएका छन् । १७ फागुनमा प्रदेश नाम कोशीमा मतदान गरेपछि पहिचानवादीहरू आक्रामक भएका छन् । उनीहरूले आइतबार प्रदेश राजधानी विराटनर र संघीय राजधानी काठमाडौंमा एकैसाथ प्रदेशको नाम कोशी खारेजीको माग गर्दै प्रदर्शन गरेका थिए । कोशी नाम राख्न एमालेका ४० जना, कांग्रेसका २९ जना, माओवादीका १३ जनासँगै राप्रपाका छ जना सांसदले मतदान गरेका थिए । प्रदेश संसद्मा नामसम्बन्धी प्रस्ताव पारित गर्न ९३ जना सांसदको दुुईतिहाइ पुुग्न कम्तीमा ६२ जना सांसद आवश्यक पथ्र्यो । तर, यी चार दलको ८७ जना सांसदले मतदान गरेका थिए । जतिबेला मोरङ जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । पहिचानवादीहरूले प्रदर्शन पनि गरे । यद्यपि, प्रदेश संसद्को आवश्यकताभन्दा बढी अधिक सांसदले प्रस्तावमा मतदान गर्दै नामसम्बन्धी प्रस्ताव पारित गरेका हुन् । प्रधानमन्त्री दाहालविरुद्ध नारावाजी काठमाडौं (प्रस)– प्रदेश नामलाई लिएर कोशीमा मुख्यमन्त्रीदेखि अन्य नेताहरूलाई पहिचानवादीहरूले आक्रमणको प्रयास गर्दा संघीय राजधानीमा प्रधानमन्त्री पुुष्पकमल दाहालविरुद्ध नारावाजी भएको छ । तीन जना युवाले नयाँ बानेश्वरमा ‘गरिबमारा प्रचण्ड मुर्दावाद,’ ‘मूख्यवृद्धि खारेज गर’, ‘नालायक सरकार होसियार’, ‘युवालाई मार्न पाइँदैन’, ‘यस्तो सरकार चाहिँदैन’, ‘७७ जिल्लाका युवा एक हौं’ भन्दै नारावाजी गरेका हुन् । उनीहरूले ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा दाहालविरुद्ध नारावाजी गरेका थिए । नारावाजी गर्ने तीनै जना पक्राउ परेका छन् । त्यसपछिमात्रै दाहाल कार्यक्रममा गएका थिए । उनले कार्यक्रममा दलित समुदायका लागि सयौं वर्ष सम्झिन मिल्ने केही घोषणा गर्न लागिएको बताएका थिए ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP