Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
समाचार
  • Home
  • समाचार
  • को को भए स्ववियु निवार्चनमा विजयी
को को भए स्ववियु निवार्चनमा विजयी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ६, २०७९
swayou nirwachan
Hardik health
काठमाडाैं - त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा हिजो भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको प्रत्यक्षतर्फको नतिजा आउन थालेको छ । काठमाडाैंका ठूला क्याम्पसमध्ये केन्द्रीय क्याम्पस कीर्तिपुर, शंकरदेव, पद्मकन्या, पब्लिक युथ र थापाथली इञ्जिनियरिङ क्याम्पस नेविसङ्घ विजयी भएको छ । महेन्द्ररत्न क्याम्पस ताहाचल, पुल्चोक इञ्जिनियरिङ, महाराजगञ्ज मेडिकल कलेज, महाराजगञ्ज नर्सिङ क्याम्पस र पिपल क्याम्पसमा अनेरास्ववियु तथा नेपाल ल क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएका छन्। नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुङ्गेल निर्वाचित भएका छन्। नेविसङ्घबाट शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा सुशान्त बस्नेत, नेविसङ्घबाट पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा ज्योति पनेरु, केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा श्यामराज ओझा, थापाथली इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा विक्रम शाही, पब्लिक युथ क्याम्पसको स्ववियु सभापतिमा नविन पाण्डे विजयी भएका छन् । अनेरास्ववियुको तर्फबाट काठमाण्डौको महेन्द्ररत्न क्याम्प्स ताहाचलको स्ववियु सभापतिमा ईश्वर थापा, अनेरास्ववियुको तर्फबाट काठमाडाैंको पुल्चोक इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा विराज अर्याल र पिपुल क्याम्पसको स्ववियु सभापतिमा रञ्जित भण्डारी विजयी भएका छन् । महाराजगञ्ज मेडिकल कलेज र महाराजगञ्ज नर्सिङ कलेजमा अनेरास्ववियुको पूरै प्यानल निर्वाचित भएको छ । मेडिकल कलेजको स्ववियु सभापतिमा आनन्दकुमार सिंह नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा नोविना बस्नेत विजयी भएकी भएका हुन् । काठमाण्डौबाहिर अनेरास्ववियुले मकवानपुरको हेटौँडा क्याम्पस र निर्मल बहुमुखी क्याम्पस, झापाको कन्काई बहुमुखी क्याम्पस, कैलालीको लम्की बहुमुखी क्याम्पस र चौमाला बहुमुखी क्याम्पस, सर्लाही क्याम्पसमा जित हासिल गरेको छ । यस्तै, कपिलवस्तुको बुद्ध भूमि क्याम्पस, फलारी बाबा बहुमुखी क्याम्पस र नेपाल आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको हो । मोरङको लेटाङ बहुमुखी क्याम्पस, नर्सिङ क्याम्पस, रमाइलो क्याम्पस कानेपोखरी र स्नातकोत्तर क्याम्पस विराटनगरमा पनि अनेरास्ववियुले जितेको छ । यस्तै पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरान, कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, कपिलवस्तु बहुमुखी क्याम्पस, तनहुँको जनज्योति क्याम्पस, गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसमा नेविसङ्घ विजयी भएको छ । रुपन्देहीका ६ वटामध्ये पाँच क्याम्पसको नतिजा सार्वजनिक भएको छ । पाँच वटामध्ये तीन वटामा नेविसङ्घ र दुई वटामा अनेरास्ववियु विजयी भएका छन् । सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा जनमत पार्टी निकट जनमत विद्यार्थी सङ्घको प्यानल नै विजयी भएको छ । पश्चिम नवलपरासीको रामग्राम ४ जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा पनि जनमत विद्यार्थी सङ्घको पूरै प्यानल विजयी भएको छ । दाङको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा अखिल संयुक्तका हेमन्त बञ्जाडेसहितको प्यानल विजयी भएको छ ।  
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु बिहीबार, माघ ८, २०८२
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण बिहीबार, माघ ८, २०८२
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’ सोमबार, माघ ५, २०८२
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’ सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP