Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
अर्थ
  • Home
  • अर्थ
  • निष्क्रिय कर्जा बढ्यो
निष्क्रिय कर्जा बढ्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ३०, २०७९
finance
Hardik health
काठमाडाैं -  पछिल्लो समय लघुवित्त कम्पनीको निष्क्रिय कर्जा बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक अवधिको ‘लघुवित्त वित्तीय संस्थाको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन’अनुसार निष्क्रिय कर्जा पछिल्लो छ महिना अवधिमा करिब ८३ प्रतिशतसम्म बढेको देखिएको हो । “पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जाको अनुपातमा वृद्धि भएको छ । त्यस्तै, खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा रकममा उल्लेखनीय वृद्वि भएको छ”, प्रतिवेदनमा भनिएको छ । हाल सञ्चालनमा रहेका ६४ वटा लघुवित्त वित्तीय संस्थामध्ये चार वटा थोक कर्जा प्रदायक र ६० वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था रहेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जा रकम गत असारको तुलनामा तीन दशमलव १७ प्रतिशतले बढेर पुस मसान्तसम्म रु ५९ अर्ब ७८ करोड पुगेको छ । त्यस्तै, खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जा तथा सापट रकम पुस मसान्तमा रु तीन खर्ब ९१ अर्ब ४४ करोड रहेको छ ।पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा रु ५२ करोड र खुद्रा कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा रु १८ अर्ब ३४ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । अर्थात् कुल प्रवाहित कर्जामध्ये थोक कर्जा प्रदायकको निष्क्रिय कर्जा शून्य दशमलव ८७ प्रतिशत र खुद्रा कर्जा प्रदायकको निष्क्रिय कर्जा चार दशमलव ६८ प्रतिशत रहेको छ । गत असार मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक संस्थाको कूल कर्जामा निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ५६ प्रतिशत थियो । अर्थात् पछिल्लो छ महिनामा निष्क्रिय कर्जा ८२ दशमलव ६२ प्रतिशतले बढेको छ । गत पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाको सदस्य सङ्ख्या ५९ लाख ८८ हजार र ऋणी सङ्ख्या ३२ लाख ६० हजार रहेको छ । गत असार मसान्तको तुलनामा लघुवित्तका ऋणी एक दशमलव ३० प्रतिशतले घटेको पनि राष्ट्र बैंकले जनाएको छ । लघुवित्त वित्तीय संस्थाले आफ्नो जोखिमभारित सम्पत्तिको अनुपातमा न्यूनतम प्राथमिक पुँजी चार प्रतिशत र पुँजीकोष आठ प्रतिशत कायम गर्नुपर्ने वैधानिक प्रावधान रहेको छ । गतपुस मसान्तसम्म समग्रमा लघुवित्त वित्तीय संस्थाको जोखिमभारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः १२ दशमलव २३ प्रतिशत र १३ दशमलव ४५ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको छ महिना अवधिमा लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी दुई दशमलव २३ प्रतिशतले र जोखिमभारित सम्पत्ति एक दशमलव शून्य सात प्रतिशतले बढेको पनि राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात
वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात बिहीबार, पुस १०, २०८२
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध बिहीबार, पुस १०, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
नेपालगञ्जमा सुशील कोइराला स्मृति भवन निर्माण
नेपालगञ्जमा सुशील कोइराला स्मृति भवन निर्माण बुधबार, पुस ९, २०८२
बुधबारदेखि ‘विराट ट्रेड एक्स्पो’ सुरु
बुधबारदेखि ‘विराट ट्रेड एक्स्पो’ सुरु बुधबार, पुस ९, २०८२
पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात
पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात बुधबार, पुस ९, २०८२
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP