Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • राजनीतिक चेतना विस्तारमा शिक्षकको भूमिका महत्वपूर्ण : प्रचण्ड
राजनीतिक चेतना विस्तारमा शिक्षकको भूमिका महत्वपूर्ण : प्रचण्ड
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ३०, २०७९
prachanda
Hardik health
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकभित्र राजनीतिक चेतना विस्तार गर्दै जनतालाई जागृत तुल्याउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको छैटौँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले देशका गाउँ–गाउँ र टोलटोलमा रहेर राजनीतिक परिवर्तन र जनचेतना विस्तारका लागि शिक्षकले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका छन्  । प्रधानमन्त्रीले शिक्षा क्षेत्र र शिक्षक पेसालाई व्यवस्थित बनाउन अझै धेरै काम बाँकी रहेको उल्लेख गरे । उनले नेपालको राजनीतिका उच्च पदमा रहेका धेरैजसो व्यक्ति शिक्षक पृष्ठभूमिबाटै आएको समेत स्मरण गरे । शिक्षक पेसालाई मर्यादित बनाउनका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारी दिँदै उनले सङ्घीय शिक्षा ऐनलाई छिट्टै सङ्घीय संसद्मा पेस गर्ने तयारी भइरहेको बताए । मुलुकको निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले अब आर्थिक सामाजिक तथा अन्य महत्वपूर्ण कामलाई अगाडि बढाइने जानकारी दिए । प्रधानमन्त्रीले हालैको मन्त्रिपरिषद्को बैठकले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरेको जानकारी दिँदै प्रधानमन्त्रीले सबै आन्दोलनको उचित सम्मान गरिएको बताए। जनयुद्ध, जनआन्दोलनको समायोजनपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएको तथ्य पेस गर्दै प्रधानमन्त्रीले समावेशी, समानुपातिक मूल्य तथा मान्यतालाई खोस्न भइरहेको प्रयत्नलाई असफल बनाउन सबैको सार्थक सहयोग जरुरी रहेको बताए  । प्रतिक्रियावादीको गल्तीबाट नेपाली जनता र जनताका प्रतिनिधिले विगतमा पनि पटक–पटक फाइदा लिएको र यसपटक पनि त्यस्तै हुने स्पष्ट पार्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र यसको मूल्य मान्यतालाई जोगाउन लागिपर्नुपर्ने स्पष्ट पारे। शान्ति सम्झौता, त्यसको नेतृत्वकर्ता र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने शक्तिलाई असफल बनाउने र घेरा हाल्ने प्रवृत्तिलाई असफल बनाउन क्रान्तिकारी शक्तिबीचमा साझा मत जरुरी रहेको उनको भनाइ छ । सत्य निरुपण तथा मेलमिलाप आयोग जस्ता महत्वपूर्ण विधेयक सङ्घीय संसद्मा पेस भइसकेको उल्लेख गर्दै उनले पछिल्ला दिनमा शान्ति सम्झौता विपरीतका क्रियाकलाप देखिए पनि त्यो क्रमशः पराजित हुने धारणा राखे । प्रधानमन्त्रीले जनविरोधी यस्ता कार्यकाविरुद्ध निरन्तर निगरानी र सतर्क हुनु जरुरी रहेको बताए । उनले त्यसका लागि सङ्गठन विस्तार र विचार निर्माणको काम गर्नुपर्ने उल्लेख गरे । समाजवादको आधार तयार पार्नका लागि शिक्षक मोर्चाको भूमिका महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ थियो । विचार र जनमत निर्माणका लागि शिक्षकको भूमिका असाध्यै महत्वपूर्ण रहेको तथ्य पेस गर्दै प्रधानमन्त्रीले वैज्ञानिक समाजवादका लागि पहल गर्न आग्रह गरे। धेरै ठूलो सङ्घर्ष र बहसपछि मात्रै संविधानमा समाजवाद उन्मुख लेखिएको र मौलिक अधिकार थप गरिएको, महिला, दलित, आदिवासी, जनजाति, मुस्लिम थारूलाई हकअधिकार प्रदान गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले यसलाई अझ सुदृढ गर्नका लागि सही विचारका आधारमा जनमत निर्माण गर्नुपर्ने बताए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेताहरु गिरिराजमणि पोखरेल, नारायण दाहाल लगायतले परिवर्तनको प्रवाहको संरक्षणका लागि गाउँ, टोलटोलमा खटिने शिक्षकको भूमिका महत्वपूर्ण हुने बताए । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि खारेज गराउन लागिपरेका शक्तिलाई तह लगाउन शिक्षक सङ्गठनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए  ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  ०७:४७
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ शुक्रबार, मंसिर २६, २०८२
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई शुक्रबार, मंसिर २६, २०८२
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने बिहीबार, मंसिर २५, २०८२
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै बुधबार, मंसिर २४, २०८२
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन शुक्रबार, मंसिर १९, २०८२
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP