Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • बोडो समूहसँग सम्झौता – आसाममा शान्तिको आशा
बोडो समूहसँग सम्झौता – आसाममा शान्तिको आशा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १७, २०७६
bodo
Hardik health
नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरपूर्वी राज्य आसामका विद्रोही बोडो समूहसँग भएको शान्ति सम्झौताले हिंसात्मक विद्रोह अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । उनले बोडोल्यान्ड राज्यको माग गर्दै सशस्त्र युद्ध गरिरहेका बोडोसँगको नयाँ सम्झौताबाट उनीलाई मूलधारको शान्तिपूर्ण राजनीतिमा आउन मार्गप्रशस्त गर्ने बताए । प्रधानमन्त्री मोदीले बोडो जनताका मागलाई सम्बोधन गर्न भारत सरकार प्रतिबद्ध रहेको पनि बताए । बोडो समूहसँगको सम्झौतापछि प्रतिक्रिया दिँदै उनले भने, ‘बोडो समूहसँगको सम्झौताले बोडो जनताको विशिष्ट सांस्कृतिक पहिचानको संरक्षण र प्रचार गर्न सहयोग पुग्नेछ । उनीहरूले विकासका व्यापक कार्यहरूमा बोडो जनतालाई समाहित गर्नेछ । बोडो जनताका आकांक्षालाई परिपूर्ति गर्न भारत सरकारले जतिसक्दो बढी ध्यान दिनेछ ।’ भारत सरकारले हाल प्रतिबन्धित नेसनल डेमोक्रेटिक फ्रन्ट अफ बोडोल्यान्डका प्रतिनिधि सम्मिलित भारतीय गृह मन्त्रालय नयाँ दिल्लीमा त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौता कार्यक्रममा केन्द्रीय गृहमन्त्री अमित शाह र आसाम राज्यका मुख्यमन्त्री सर्बनन्द सोनोवाल पनि उपस्थित थिए । बोडो समूहले विगत ५० वर्षदेखि अलग बोडोन्यान्ड राज्यको माग गरिरहेका छन् । यस हिंसात्मक आन्दोलनका क्रममा सयौँ नागरिकको ज्यान गइसकेको छ । बोडो समूहसँगको व्यापक छलफल र मध्यस्थता पछि सम्पन्न सम्झौताका क्रममा बोडोल्यान्ड आन्दोलनसँग सम्बन्धित धेरै वटा समूहलाई एकै ठाउँमा ल्याएको थियो । सम्झौताका क्रममा सशस्त्र बोडो समूहहरू र बोडो आन्दोलनका समर्थक नागरिक समाज पनि सहभागी भएका थिए । प्रधानमन्त्री मोदीले गर्नुभएको अर्को ट्वीटमा भनिएको छ, ‘बोडो सम्झौता अरु धेरै हिसाबले पनि महत्वपूर्ण छ । सम्झौताले आन्दोलनका धेरै पक्षलाई एकै ठाउँमा ल्याएको छ, र धेरैलाई समेटेको छ । विगतमा सशस्त्र समूहसँग आबद्ध धेरै व्यक्तिहरू अब मुलुकको प्रगतिमा एकाकार भएका छन् ।’ सम्झौता समारोहमा सम्बोधन गर्दै केन्द्रीय गृहमन्त्री अमित शाहले भने, ‘आज, केन्द्र, आसाम सरकार र बोडो प्रतिनिधिहरूबीच एउटा महत्वपूर्ण विषयमा सम्झौता भएको छ । यस सम्झौताले आसाम र बोडो जनताका लागि सुनौलो भविष्य निर्धारण गर्नेछ ।’ सम्झौतापछि जारी वक्तव्यमा बोडो क्षेत्रको विकासका लागि तत्कालै एक हजार ५०० करोड भारतीय रूपैयाँको प्याकेज छुट्याएको बताइएको छ । सम्झौतामा बोडोल्यान्ड टेरिटोरियल काउन्सिलको क्षेत्राधिकार, वित्तीय, प्रशासनिक र अन्य अधिकारलाई बढाइएको छ । यसअघि सन् १९९३ मा केन्द्र सरकारसँगको सम्झौता बमोजिम बोडोल्यान्ड स्वायत्त परिषद गठन गरिए पनि त्यसले राज्यमा भडकिएको हिंसा रोक्न सकेको थिएन । सन् २००३ मा पनि बोडोल्यान्डको समस्या सुल्झाउन सशस्त्र समूहसँग अर्को सम्झौता गरिएको थियो । (रासस÷एएनआई)
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी बिहीबार, मंसिर १८, २०८२
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’ बिहीबार, मंसिर १८, २०८२
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो बुधबार, मंसिर १७, २०८२
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल बुधबार, मंसिर १७, २०८२
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी बुधबार, मंसिर १७, २०८२
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि बुधबार, मंसिर १७, २०८२
अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक
अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP