Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अभियन्ता नयनको सम्झनामा दुई जनालाई सम्मान
अभियन्ता नयनको सम्झनामा दुई जनालाई सम्मान
admin123
admin123 आइतबार, साउन २९, २०७४
20815112_10213723889440665_281666887_n
Hardik health

नेपालगञ्ज/लागुऔषध दुब्र्यसन बिरुद्धका अभियन्ता स्वर्गिय नयनराज रावलको पहिलो बार्षिक पूण्यतिथीमा लागु पदार्थ बिरुद्ध कार्यरत दुई जना व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । नेपालगञ्ज –१० सुर्खेतरोड घरमा करेन्ट लागेर एक बर्ष अघि दिबँगत रावलको सम्झनामा दमयन्ति फाउण्डेसन नेपालले स्थापना गरेको स्वर्गिग नयन राज रावल स्मृति अक्षय कोषबाट लागुपदार्थ पूर्ब प्रयोगकर्ता नेपालगञ्ज—४ निबासी होमजँग शाही र नेपालगञ्ज—१० निबासी कृष्ण लामालाई सम्मान गरिएको हो । लागु पदार्थ बिरुद्ध काम गर्ने व्यक्तिहरुलाई बाँकेमा पहिलो पटक सम्मान गरिएको हो । लागु पदार्थ बिरुद्ध अग्रणी भूमिका निर्बाह गरेका नयनको सम्झनामा सम्मानको कार्य शुरु गरिएको दमयन्ति फाउण्डेसनले जनाएको छ । दमयन्ति फाउण्डेसनकी अध्यक्ष ईन्द्रा जि.सी.को सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणा र स्वर्गिय रावलका पिता मिन बहादु रावलले लागु औषध बिरुद्धका अभियन्ताहरुलाई सम्मान गरेका थिए । सम्मनित व्यक्तिहरुलाई रु. २ हजार ५ सय नगद र सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी राणाले लागुपदार्थ बिरुद्ध रावलले गरेको योगदानको प्रशंसा गरे । रावलको योगदान अतुलनिय छ —उनले भने—रावलले शुरु गरेको अभियानलाई निरन्तरता दिनु अहिलेको आवश्यकता हो । उनले नेपालगञ्जको प्रमख समस्या लागु औषध भएको बताउँदै लागु औषध बिरुद्ध उपमहानगरपालिका सक्रिय भएर काम गर्ने बताए ।

कार्यक्रमका अतिथी नेकपा एमालेका नेता बिरेन्द्र बहादुर भण्डारीले अभियन्ता नयनको प्रशंसा गरे र भने—नयन समाजका कालिदाश हुन्, जसरी कालिदाशले पहिले समाजमा उल्टो काम गरेपनि पछि सकारात्मक काम गरेझैं नयन पनि पहिले लागु औषधमा फसेपनि पछि आफूलाई सुधार गरि अरुलाई सुधार्ने महानमा काम संलग्न भएका थिए, जसको ठूलो प्रभाव परेको हामीले पाएका छौं । कार्यक्रममा बोल्दै साहरा हाउसका कार्यकारी प्रमुख अभिराज क्षेत्रीले बाँकेमा लागुऔषधले बिकराल रुप लिँदा समेत मौन भएको सरकारी निकायलाई गम्भिर बनाउने भूमिकामा स्वर्गिय नयन रावल सफल भएको भन्दै उनको प्रशंसा गरे । लागु औषध बिरुद्धको अभियानका अभिभावक रावलको निधनले सामाजिक क्षेत्रमा अपूरणिय क्षति भएको उनले बताए । स्वर्गिग नयन राज रावल स्मृति अक्षय कोषका सदस्य बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा पूर्बमन्त्री मोती पहाडी, बासका अध्यक्ष नमस्कार शाह, राष्ट्रिय युवा महासँघ नेपाल बाँकेका अध्यक्ष हेमराज भट्ट, नवकिरण पुर्नस्र्थापना केन्द्रका अध्यक्ष उत्तम खरेल, सामाना पुनस्र्थापना केन्द्रका अध्यक्ष आगमन प्रताब सिंह, नयनका पिता मिन बहादुर रावल, दाजु भरत रावल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा रावलको सम्झनामा १ मिनेट मौनधारण गर्नुका साथै उनको तस्बिरमा अविर अर्पण गरिएको थियो । उनको श्रब्यदृश्य समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो । [caption id="attachment_567" align="alignleft" width="480"] कार्यक्रममा बोल्दै मेयर डाक्टर धवल शम्शेर राणा ।[/caption] [caption id="attachment_565" align="alignleft" width="480"] लागुपदार्थ बिरुद्ध क्रियाशिल होमजँग शाहीलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणा ।[/caption]

अक्षयकोषबाट आएको व्याजबाट हरेक बर्ष बार्षिकपूण्य तिथीमा लागुपदार्थ बिरुद्ध काम गर्ने व्यक्तिहरुलाई सम्मान, लागुपदार्थ पीडितहरुलाई सहयोग लगाएतका कार्यहरु गरिने जनाईएको छ । लागु पदार्थ बिरुद्ध बाँके जिल्लामा क्रियाशिल गैर सरकारी सँस्था चेन्ज टिमका कार्यक्रम संयोजक रावल बिगत लामो समय देखि लागुऔषधमा फसेका युवाहरुलाई उपचार गर्ने र युवा पुस्तालाई लागुऔषधमा फस्न नदिने सामाजिक अभियान चलाउदै आएका थिए । लागु पदार्थ बिरुद्धको सञ्जाल रिकभरिङ्ग नेपालको क्षेत्रीय संयोजक समेत रहेका ४३ बर्षिय रावल एक दशकदेखि सामाजिक काममा सक्रिय थिए ।


प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १३:२५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु बिहीबार, पुस १०, २०८२
विभिन्न समुदायका पर्वले मेलमिलापको वातावरण बनाएका छन् : कावा सभापति खड्का
विभिन्न समुदायका पर्वले मेलमिलापको वातावरण बनाएका छन् : कावा सभापति खड्का बिहीबार, पुस १०, २०८२
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल बुधबार, पुस ९, २०८२
शेखर–गगन नै सार्ने माहोल बनाउँदै
शेखर–गगन नै सार्ने माहोल बनाउँदै बुधबार, पुस ९, २०८२
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा बुधबार, पुस ९, २०८२
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा मंगलबार, पुस ८, २०८२
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP