Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
अर्थ
  • Home
  • अर्थ
  • नेपालगञ्जमा आर्थिक विकास रणनीति मस्यौदा तयार
नेपालगञ्जमा आर्थिक विकास रणनीति मस्यौदा तयार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १७, २०७९
Hardik health
नेपालगञ्ज - नेपालगञ्ज उपमहानगरपालिकाले  आर्थिक विकास रणनीति मस्यौदा तयार गरेको छ । एक वर्ष लगाएर तयार पारिएको उपमहानगरको आर्थिक विकास रणनीति मस्यौदामाथि आज छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका र स्थानीय सरोकारवाला जिआइजेड र एलपेडको सहजीकरणमा तयार गरेको मस्यौदामाथि अन्तिम छलफल गर्दै विभिन्न छ उपक्षेत्रसहित तयार गरिएको मस्यौदामाथि छ कार्यसमूह गठन गरेर छलफल गरिएको छ । स्थानीय सरोकारवाला सबै एकै ठाउँमा बसेर साझा खाका बनाई योजनाबद्धरूपमा काम गर्ने उद्देश्यले आर्थिक विकास रणनीतिलाई अन्तिम रूप दिन लागिएको हो । व्यापार, खाद्य प्रशोधन, प्राविधिक र व्यावसायिक शिक्षा, पर्यटन, कृषिलगायतका छ आर्थिक उपक्षेत्र पहिचान गरेर मस्यौदा तयार गरिएको जिआइजेड र एलपेडका परामर्शदाता डा तेजहरि घिमिरेले बताएका छन्  । विकासका प्राथमिकतामा स्थानीय आर्थिक सुशासन र प्रणालीगत क्षमतालाई अभिवृद्धि गर्ने, स्थानीय वस्तु तथा सेवाको उपभोग र प्रवर्द्धनलाई बढावा दिने, व्यापार विस्तार र डिजिटलाइजेशनलगायतका विषयलाई समेटिएको उनले  उल्लेख गरे । सङ्घीय सांसद एवं निवर्तमान नगर प्रमुख डा धवलशमशेर राणाले उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्य नेपालगञ्जको चार पिलर भएको बताउँदै यी पिलरको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए  । उनले नेपालगञ्ज उपमहानगरपालिका आफैँ विकास गर्ने इन्जिन नभएर सहजीकरण गर्ने क्याटालिष्टको भूमिकामा रहने बताउनुभयो । स्थानीय साझेदारको सहयोग र सहकार्यमा मात्र रणनीतिक योजनाले मूर्तरूप लिने भन्दै उनले सबैको साझेदारीमा जोड दिए । नगर प्रमुख प्रशान्त विष्टले २० वर्षका लागि तयार पारिएको आर्थिक विकास रणनीति नेपालगञ्जको आर्थिक विकासका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे। सबैको साझा सरोकार र दायित्वले मात्रै रणनीतिक योजना कार्यान्वयन गर्न सहज हुने भन्दै उनले स्थानीय अर्थतन्त्रलाई प्रवर्द्धन गर्दै आयात प्रतिस्थापनको महात्त्वाकांक्षी लक्ष्यसहित आर्थिक विकास रणनीति तयार पारिएको बताए । यसको कार्यान्वयनका लागि नगर प्रमुखको संयोजकत्वमा एउटा संयन्त्र बनाउने प्रस्ताव गरिएको छ । नगर प्रमुखको संयोजकत्वमा वाणिज्य सङ्घ, सहकारी सङ्घ, स्थानीय गैरसरकारी संस्था महासङ्घ, साना तथा घरेलु उद्योग महासङ्घलगायत सदस्य रहने र सचिवालयको रूपमा उपमहानगरपालिकाको आर्थिक मशाशाखाले काम गर्ने प्रस्ताव गरिएकोछ । यो रणनीति विसं २०८० देखि २१०० सम्म २० वर्षका लागि लागि कार्यान्वयनमा ल्याउने गरी बनाइएको छ । विसं २१०० सम्ममा प्रतिव्यक्ति घरपरिवार आय अमेरिकी डलर २२ हजारसम्म पुर्‍याउने लक्ष्यसहित स्थानीय उत्पादनले ३५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य लिइएको आर्थिक विकास रणनीति मस्यौदा तयार गरिएको छ । यस्तै हरित र सफा नगरका रूपमा विकास गर्ने लक्ष्य रणनीतिमा छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले आर्थिक विकास रणनीतिले लगानी, उत्पादन र बजारीकरणका लागि उपयुक्त वातावरण बनाउन भूमिका खेल्ने बताए । यसबाट स्थानीय अर्थतन्त्रलाई बढावा दिने गरी उपयुक्त वातावरण बनाउन सहयोग पुग्ने भन्दै उनले स्थानीय साझेदारलाई हिँडाउन पनि सहज हुने विश्वास व्यक्त गरे। उनले रणनीतिलाई कार्यान्वयनयोग्य र बोधगम्य बनाउने गरी मस्यौदामाथि छलफल गरिएको उल्लेख गरे ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १८:५२
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा शुक्रबार, पुस ४, २०८२
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता शुक्रबार, पुस ४, २०८२
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग बुधबार, पुस २, २०८२
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने बिहीबार, मंसिर २५, २०८२
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला मंगलबार, मंसिर १६, २०८२
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता सोमबार, मंसिर १५, २०८२
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP