Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • खुुलायाे चीनले उत्तरी नाका
खुुलायाे चीनले उत्तरी नाका
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ७, २०७९
20230219064231_791A0173
Hardik health
काठमाडौं -  चीनले उत्तरी नाका खुल्ला गरेको छ । रसुुवाको केरुङ र हुुम्लाको यारी नाका खुुला भई सामान आयात निर्यात हुुन थालेको छ । नयाँ वर्षको कारण देखाउँदै चीनले माघ ६ गतेदेखि १५ दिनका लागि नाका बन्द गरेकोमा हाल नियमित रूपमा नाका खुुला भई सामान आयात–निर्यात हुन थालेका जनाइएकाे छ  । चिनियाँ नाकाहरूमा रसुवाको केरुङ, सिन्धुपाल्चोकको कोदारी तातोपानी, मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङ्चुङ्गोला र हुम्लाको यारी रहेका छन् । तीमध्ये रसुवाको केरुङ, तातोपानी कोदारी र हुम्लाको यारी व्यापारिक नाका हुन् । यद्यपि भूकम्पयता तातोपानी नाका करिब बन्दजस्तै छ । उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले उत्तरी नाका खुला भई सामान नियमित रूपमा आउन थालेको जानकारी दिए । चीनतर्फका उत्तरी नाका खुला भई सञ्चालनमा आएकोे उनले स्पष्ट पारे। कोभिडको कारण देखाउँदै करिब तीन वर्ष केरुङ नाकाबाट सामान आयात भए पनि निर्यात हुन सकेको थिएन । गत १२ पुसदेखि नाका खुला भएको थियो । कोभिडपछि आयात भए पनि निर्यात भने पूर्ण रूपमा बन्द रहेको थियो । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले केरुङ नाका खुला भई नियमति रूपमा सामान आउन थालेको जानकारी दिए । “अहिले नाका खुला भई दैनिक १० देखि १२ ट्रक सामान आउने गरेको छ,” उनले भने । सामान्य अवस्थामा दैनिक १४ देखि १५ ट्रक सामान आयात हुने गरेकामा अहिले दैनिक १० देखि १२ ट्रक मात्र सामान आउने गरेको उनको भनाइ छ । नाकाबाट सामान आयात–निर्यात भए पनि मानिसको आवतजावत भने अझै खुला नभएको बताइएकाे छ । पुस १२ देखि रसुवा नाका खुुला भई स्वदेशी सामान निर्यात हुन थालेको हो । बीचमा दुई साता बन्द भएको सो नाकाबाट हालसम्म ११ करोड रुपियाँ बराबरको ८० ट्रक सामान निर्यात भएको रसुवा भन्सार कार्यलयले जनाएको छ । नेपालबाट बाँसका मुढा, कार्पेट, तामाका सजावटका सामान, नेपाली कागज र मूर्तिलगायतका सामान निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । नेपालबाट चीनतर्फ निर्यातयोग्य वस्तुका रूपमा अलैँची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक औषधि, कपडा र धागो, छाला जुत्ता, च्याङ्ग्रा, पस्मिना, गलैँचा, कफी राखिएको छ । यस्तै तरकारी तथा तरकारीको बीउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, ऊनीका उत्पादन, फल, हस्तकला, मसुरो, जुटका झोला, छुर्पी नेपालबाट चीन निर्यात हुने वस्तु हुन् । चीनबाट तयारी कपडा, स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, हाते झोला, छालाका जुत्ता, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामग्री आयात हुने गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्व अध्यक्ष नरेश कटुुवालले व्यवसायीसँग पैसा नहुुँदा कम मात्र सामान ल्याउने गरेको बताए। बैङ्कको उच्च ब्याजदरले ऋण र किस्ता तिर्न नसक्ने अवस्थामा रहेकाले पर्याप्त सामान अर्डर गर्न नसकेकोले केरुङ नाकाबाट कम मात्र सामान आउने गरेको उनको भनाइ छ । चीनबाट नेपालमा ठूलो परिमाणमा विभिन्न सामान आयात हुने गरेकामा नेपालबाट न्यून परिमाणमा सामान निर्यात हुने गर्छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको छ महिनामा चीनबाट एक खर्ब ९ अर्ब ७८ करोड सात लाख रुपियाँ सामान आयात भएको छ । सो अवधिमा ३४ करोड ११ लाख एक हजार रुपियाँ बराबरको सामान निर्यात भएको छ । चीनसँग एक खर्ब ९ अर्ब ६३ करोड ७५ लाख ९९ हजार रुपियाँ व्यापार घाटा रहेको छ । विभागको तथ्याङ्कअनुसार आव २०७८-७९ मा चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख १३ हजार रुपियाँ सामान आयात भएकोमा ८० करोड ८७ लाख ५४ हजार रुपियाँ बराबरको सामान निर्यात भएको थियो । केरुङ नाकाबाट आयातको तुुलनामा निर्यात कम रहेको भण्डारीले जानकारी दिएका ।  चीनले नेपालका आठ हजार वस्तुको निर्यातमा भन्सार छुटको व्यवस्था गरेको छ । स्वदेशी वस्तुको निर्यातमा छुटको व्यवस्था भए पनि निर्यात भने न्यून मात्र हुनेगर्छ ।
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  ०९:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा शुक्रबार, पुस ४, २०८२
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता शुक्रबार, पुस ४, २०८२
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग बुधबार, पुस २, २०८२
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने बिहीबार, मंसिर २५, २०८२
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला मंगलबार, मंसिर १६, २०८२
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता सोमबार, मंसिर १५, २०८२
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP