Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
अर्थ
  • Home
  • अर्थ
  • जुम्लाद्वारा छ महिनामा पन्ध्र करोड राजस्व सङ्कलन
जुम्लाद्वारा छ महिनामा पन्ध्र करोड राजस्व सङ्कलन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २४, २०७९
Hardik health
जुम्ला - आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०७९/०८० को छ महिनामा कूल लक्ष्यको ३५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुससम्म रु २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १५ करोड ४३ लाख ११ हजार मात्र राजस्व उठेको छ । कार्यालयको राजस्व सङ्कलनको वार्षिक लक्ष्य ४७ करोड ५६ लाख रहेको कार्यालय प्रमुख खेमनारायण रेग्मीले जानकारी दिए । कार्यालयको सोही लक्ष्यअनुसार वार्षिक राजस्व असुली हुने उनले उल्लेख गरे । गत वर्ष भने यही अवधिमा लक्ष्यभन्दा बढी नै राजस्व उठेको थियो । कोरोनापछि अर्थतन्त्र गतिशील नहुनु, बैंकमा ब्याजमाथि ब्याज थपिनु, व्यापारिक गतिविधि न्यून हुनुलगायतका कारणले राजस्व कम उठेको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख रेग्मीको भनाइ छ । चालु आवको छ महिनामा विविध शीर्षकअन्तर्गत सो सङ्ख्यामा राजस्व उठेको कार्यालयले जनाएको छ । उक्त कार्यालयको जुम्लालगायत मुगु र कालीकोट जिल्लामा कार्य क्षेत्र रहेको कार्यालय प्रमुख रेग्मीको भनाइ छ । कार्यालयको तथ्याङ्कानुसार तीन जिल्लामा कूल ३० हजार दुई सय ८४ जना करदाता रहेका छन् । सबैभन्दा बढी आयकरतर्फ १४ हजार एक सय ७७ जना करदाता रहेका छन् । व्यक्तिगत प्यानतर्फ १४ हजार एक सय ७७ र भ्याटतर्फ एक हजार तीन सय ९८ जना रहेको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।कार्यालयमा पाँचजनाको अधिकृतस्तरको दरबन्दी रहेकामा अहिले एकजना मात्र कार्यरत छन । छ जनाको नायब सुब्बाको दरबन्दी रहेको कार्यालयमा अहिले दुई जना मात्र रहेकाले स्थानीयस्तरमै कर शिक्षा र बजार अनुगमन गर्ने कठिन भएको छ । दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्यालयलाई काम गर्ने सकस भएको कार्यालय प्रमुख रेग्मीले बताए। बजार अनुगमन र कर शिक्षा स्थानीय तहमै पुगेर काम गर्न लागिपरेको सो कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ०७:४८
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
पौवादुङमाको खुर्सानी खेती: बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’
पौवादुङमाको खुर्सानी खेती: बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’ सोमबार, कात्तिक ३, २०८२
चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र
चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र सोमबार, कात्तिक ३, २०८२
अलैँचीको मूल्य पाउँदा किसान उत्साहित
अलैँचीको मूल्य पाउँदा किसान उत्साहित सोमबार, कात्तिक ३, २०८२
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा छ करोड १० लाख संकलन
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा छ करोड १० लाख संकलन आइतबार, कात्तिक २, २०८२
श्रमदानमार्फत झोलुङ्गे पुल मर्मत
श्रमदानमार्फत झोलुङ्गे पुल मर्मत आइतबार, कात्तिक २, २०८२
व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी
व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी आइतबार, कात्तिक २, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP