Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • १६ मुलुकमा कोरोना भाइरस – विश्व स्वास्थ्य संगठनलाई चिन्ता
१६ मुलुकमा कोरोना भाइरस – विश्व स्वास्थ्य संगठनलाई चिन्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १५, २०७६
Hardik health
काठमाडौं– कोरोना भाइरसको संक्रमण तिव्ररूपमा फैलिँदै गएको छ । जसले गर्दा आममानिसमा त्रास फैलिएको छ । चीनबाट फैलिएको यो भाइरस १६ वटा मुलुकमा पुगेको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । कोरोना भाइरसप्रति सर्तक रहन नेपाल सरकारले निर्देशन जारी गरिसकेको छ । चीनको वुहानबाट फैलिएको यो संक्रमण चीनबाट नेपाल आएका मानिसमा देखिएपछि स्वास्थ्य मन्त्रालयले सर्तक रहन निर्देशन गर्दै विभिन्न खाले सजकता अपाएको छ । चीनमा यो भाइरसबाट मंगलबारसम्ममा ८२ जनाको मृत्यु भइसकेको छ भने कम्तीमा ३ हजार संक्रमित भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, कोरोनाभाइरसले अन्यत्र थप ४७ जना संक्रमित भएको मंगलबार सार्वजनिक भएको छ । नेपालसहित कम्तीमा १६ देशमा यो संक्रमण फैलिएको हो । यो भाइरसको संक्रमण पछिल्लोपटक क्यानडामा पनि फेला परेको जनाएको छ । हालसम्म चीनभन्दा बाहिर कोरोनाभाइरसको संक्रमणबाट कसैको मृत्यु भने भएको छैन । तर, विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय निकायहरूका अनुसार चीनबाहिर कम्तीमा ४७ संक्रमित देखिएको घटना पुष्टि गरेको छ । ती निकायका अनुसार अहिलेसम्म यो संक्रमणबाट थाइल्याण्डमा ८ र अमेरिका, अस्ट्रेलिया र सिंगाापुरमा समेत संक्रमित देखिएका छन् । ताइवान, मलेसिया र दक्षिया कोरियामा समेत यो संक्रमण देखिएको छ । ती निकायका अनुसार यी मुलुकमा अहिलेसम्म एक–एक जना संक्रमित देखिएका छन् । त्यस्तै, फ्रान्स र जापानमा पनि यो संक्रमण देखिएको छ । भियतनाममा समेत कोरोना भाइरसबाट तीन संक्रमित देखिएको बताइएको छ । साथै, क्यानडा, क्याम्बोडिया, श्रीलंका र जर्मनीमा समेत कोरोना भाइरसको संक्रमण देखिएकपछि विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ । बेलैमा नियन्त्रण गर्न नसकेमा यो भाइरसले विश्वव्यापी रूपमा लिने हो कि भन्ने चिन्ता बढाएको छ । सोमबारमात्रै चीनको राजधानी बेइजिङमा एकजना ६० वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणका कारण ज्यान गएको छ । चीनमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणमा बेइजिङमा ज्यान गएको यो पहिलो घटना हो । संक्रमणको केन्द्र वुहान सहर रहेको हुबेइ प्रान्तमा मात्र ७६ जनाको ज्यान गइसकेको चिनियाँ समाचार एजेन्सी सिन्हवाले जनाएको छ । अन्य बाँकी ६ जनाको चीनका अन्य भागमा ज्यान गएको हो । वुहान तथा चीनका कैयौँ अन्य सहरमा आवत–जावत कडाइपूर्वक नियन्त्रण गरिएको छ । एक करोड १० लाख जनसंख्या भएको वुहान सहरमा यातायात आवागमन मंगलबारदेखि बन्द गरिएको बताइएको छ । जहाँ अनावश्यक गाडीहरूलाई सडकमा निषेध गरिएको छ । हुबेइ प्रान्तको सिमानामा त्यहाँभित्र जान खोज्ने मानिसहरूको ज्वरो नाप्न थालिएको छ भने स्थानीय सरकारका अनुसार बितेको चार दिनमा वुहानबाट कोही पनि चीन बाहिर गएको छैन । वुहानका करिब ४ हजार ९६ जना अहिले देश बाहिर छन् । साथै, ५० लाख बासिन्दा नयाँ वर्षको उत्सवका मनाउन अगावै चीनका अन्य भागमा घुम्न गएका थिए । सांघाइ सहरमा १० फेबु्रअरीमा बिदा दिइएको छ । व्यवसायिक निकायहरूमा त्यतिञ्जेल काममा नआउन भनिएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  ०६:३४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी बिहीबार, मंसिर १८, २०८२
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’ बिहीबार, मंसिर १८, २०८२
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो बुधबार, मंसिर १७, २०८२
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल बुधबार, मंसिर १७, २०८२
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी बुधबार, मंसिर १७, २०८२
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि बुधबार, मंसिर १७, २०८२
अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक
अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP