Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #चिकेन एनेमिया भाइरस
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • स्ववियु निर्वाचन : कार्यतालिका प्रकाशनको सातासम्म मात्र भर्ना
स्ववियु निर्वाचन : कार्यतालिका प्रकाशनको सातासम्म मात्र भर्ना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १८, २०७९
swayou nirwachan
काठमाडाैं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी (स्ववियु) निर्वाचनको कार्यतालिका प्रकाशन गरेको एक हप्तासम्म मात्र विद्यार्थीले भर्ना गर्न पाउने भएका छन् । त्रिविले तयार पारेको स्ववियु निर्वाचनको आचारसहिंतासम्बन्धी प्रस्तावित निर्देशिका, २०७९ मा कार्यतालिका प्रकाशन गरेको सातासम्म स्नातक तह प्रथम वर्षमा भर्ना हुने पाउने र त्यसपछि भर्ना बन्द गरिने उल्लेख गरिएको छ । त्रिविले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचनको कार्यतालिका भने प्रकाशन गर्न बाँकी छ ।त्रिविका देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक तथा समितिका सदस्य सचिव पशुपति अधिकारीले प्रस्तावित निर्देशिकाबारे विद्यार्थी सङ्गठनहरुसँग छलफल गरिसकेको बताए । उनका अनुसार विद्यार्थी सङ्गठनले कार्यतालिका प्रकाशन गरेपछि तीन दिन मात्र भर्ना गर्नुपर्ने सुझाव दिएका छन् । प्रस्तावित निर्देशिका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले तयार पारेको हो । दोस्रो, तेस्रो र चौथो वर्ष एवम दोस्रो सेमेष्टरदेखि अन्तिम सेमेष्टरको भर्नाबारे भने क्याम्पसले नै तोकेर व्यवस्था गर्न सकिने निर्देशिकामा उल्लेख छ । तर सेमेष्टर प्रणालीमा सञ्चालित कार्यक्रममा प्रवेश परीक्षा उत्तिर्ण गरिसकेका कोटाभित्र प्रथम सेमेष्टर भर्ना हुनेको हकमा भने मतदातासूची प्रकाशित हुने मितिभन्दा दुई दिन अघिसम्म भर्ना गर्न पाइने व्यवस्था गरिएको छ । निर्देशिकामा एक तह अध्ययन गरी उत्तिर्ण गरिसकेपछि पुनः सोही तहमा भर्ना हुन नपाउने र भए पनि उम्मेदावर हुन नपाइने व्यवस्था गरिएको छ । तर विषय परिवर्तन गरी भर्ना भई उम्मेदवार भने हुन पाइने व्यवस्था गरिएको छ । त्रिविमा २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणालीअन्तर्गत निर्वाचन गर्न लागि लागिएको हो । निर्देशिकामा २०५१ चैत १८ गते जन्ममिति र सोभन्दापछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ । निर्देशिकामा स्ववियु निर्वाचनमा कुनै सङ्घ, सङ्गठन वा समूहले समानुपातिकतर्फ मात्र सहभागी हुनसक्ने जनाइएको छ ।स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालबाट चयन हुने छन् । निर्देशिकामा स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११, २०१ देखि एक हजारसम्म विद्यार्थी भए १५, एक हजार एकदेखि तीन हजारसम्म भए १९ तथा तीन हजार एकदेखि बढी विद्यार्थी भए १९ जनाको कार्यसमिति हुने व्यवस्था छ ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  ०८:५२
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल
गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल शुक्रबार, साउन ९, २०८२
पोखरा विश्वविद्यालय २९औँ वर्ष प्रवेशका अवसरमा दीर्घसेवा सम्मान
पोखरा विश्वविद्यालय २९औँ वर्ष प्रवेशका अवसरमा दीर्घसेवा सम्मान शुक्रबार, साउन २, २०८२
नयाँ आर्थिक वर्ष सुरु हुन अगावै सबै विश्वविद्यालयको बजेट र कार्यक्रम पारित
नयाँ आर्थिक वर्ष सुरु हुन अगावै सबै विश्वविद्यालयको बजेट र कार्यक्रम पारित बुधबार, असार ३२, २०८२
पूर्वाञ्चल विश्वविद्यालयसभाः एक अर्ब ७० करोड बजेट स्वीकृत
पूर्वाञ्चल विश्वविद्यालयसभाः एक अर्ब ७० करोड बजेट स्वीकृत मंगलबार, असार ३१, २०८२
त्रिविको वार्षिक साधारणसभा: ६३औँ ग्रेस लिष्ट पारित
त्रिविको वार्षिक साधारणसभा: ६३औँ ग्रेस लिष्ट पारित बिहीबार, असार २६, २०८२
त्रिविको उपकुलपतिमा डा अर्याल नियुक्त
त्रिविको उपकुलपतिमा डा अर्याल नियुक्त बुधबार, असार २५, २०८२
अनिवार्य र निःशुःल्क शिक्षा सुनिश्चित गर्न अखिल क्रान्तिकारीको माग
अनिवार्य र निःशुःल्क शिक्षा सुनिश्चित गर्न अखिल क्रान्तिकारीको माग सोमबार, असार २३, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP