काठमाडौं - काठमाडौंको कमलपोखरीमा भूकम्प सुरक्षा प्रदर्शनी हुने भएको छ । मगंलबार २५ औँ भूकम्प सुरक्षा दिवसअन्तर्गत पूर्व निर्धारित कार्यक्रममध्ये भोलिको प्रदर्शनी नियमित हुने भएको हो । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारासहित यसपालिकाे भूकम्प सुरक्षा दिवस मनाइँदैछन् ।
पुस १८ गते भूकम्प सुरक्षा दिवस मूल समारोह समितिका संयोजक, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संयोजकत्वमा बसेको बैठकले आज मूल समारोह आयोजना गर्ने निर्णय गरेको थियो । यसको तयारी चलिरहेका बेला माघ १ गते पोखरा महानगरपालिका वडा नं. १५ नयाँ गाउँस्थित सेती नदी खोँचमा यति एअरको ७२ जना यात्रु बोक्ने क्षमता भएको विमान दुर्घटना भएर यात्रुहरुको मृत्यु भयो ।
त्यसै दिन बसेको मन्त्री परिषदको बैठकले आज शोक विदा दिने निर्णय गरेपछि आजका कुनै पनि कार्यक्रम आयोजना भएनन् । मन्त्री परिषदले शोक विदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।
आज विहान नयाँ सडकस्थित भूगोल पार्कमा स्मृति सभा गर्ने र दिउँसो कमलपोखरीमा मूल समारोह तथा प्रदर्शनी गर्ने तयारी थियो । यस वर्षका लागि ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नारा तय भएको छ । २०७७ सालमा ‘बहु प्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ ०७८ सालमा ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारा थियो ।
दिवस मनाउन काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा व्यवस्थापन उपसमिति र सहरी विकास तथा भवन निर्माण विभागको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएका छन् । यी दुवै उपसमितिको सदस्य सचिवका रुपमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेटले) ले गरिरहेको छ ।
'शोक विदाका परेकोले आजका कार्यक्रम आयोजना गरिएनन् । पूर्व निर्धारित भोलिदेखिका कार्यक्रम चल्नेछन् । हामी त्यसैअनुसार तयारी गरिरहेका छौँ ।' कार्यक्रमका विषयमा महानगरको विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए ।
१९९० साल माघ २ गतेको विनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहो¥याउने प्रतिवद्धता जोडिएको छ । त्यस विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको हो ।
प्रकाशित मिति: सोमबार, माघ २, २०७९ १४:४२