Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • कोरोना भाइरसको त्रास चीनबाहिर पनि फैलिने
कोरोना भाइरसको त्रास चीनबाहिर पनि फैलिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १२, २०७६
Hardik health
काठमाडौं– यतिखेर चीन कोरोना भाइरसको सङ्क्रमण थप बढ्न जाला कि भन्ने त्रासमा देखिन्छ । शनिबारसम्म प्राप्त भएको समाचारअनुसार यो सङ्क्रमणको प्रकोप चीनका कम्तीमा १८ शहरमा निकै गम्भीररूपमा देखापरिरहेको छ । ती शहरमा यात्रा प्रतिबन्ध र अन्य धेरै किसीमका सतर्कता चिनियाँ सरकारले अपनाएको बताएको छ । यद्यपी चिनियाँ सरकारले देशभरीको उडान, रेल र बससेवामा भाइरस पत्ता लगाउन राष्ट्रव्यापी उपाय अपनाउन आदेश दिएको छ । सो भाइरसका कारण ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि शनिबार चीन सरकारले सो आदेश दिएको छ । यस सङ्क्रमणबाट ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । यस भाइरसबाट शनिबारसम्म सङ्क्रमितको सङ्ख्या एक हजार २८७ पुगेको छ । त्यसैगरी चीनका केही प्रान्तहरूमा नै फैलिन पुगेको यस भाइरसको सङ्क्रमणको कारण यात्रा प्रतिबन्धलगायत अन्य धेरै किसीमका सतर्कताबाट करिब पाँच करोड ६० लाख नागरिक प्रभावित भएका छन् । अमेरिकाको सियाटलसमेतमा एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको अमेरिकी अधिकारीले जनाएपछि यसको फैलावटको त्रास अझै बढिरहेको छ । चीनको हुबेइबाट केही दिनअघि अमेरिका फर्किएका एकजना अमेरिकी नागरिकमा यसको सङ्क्रमण भेटिएको पुष्टि भएको छ । उता जापानको राजधानी टोकियोमा पनि एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन् । यसरी यो सङ्क्रमणले दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको बताइन्छ । चीनको वुहान शहरबाट फर्किएका एक नेपालीमा कोरोनाभाइरस सङ्क्रमण भेट्टिएको छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ । तर यसको सङ्क्रमणबाट मृत्यु हुने भने चिनियाँ नागरिक मात्र छन् । चिनियाँ अधिकारीले चीनमा उक्त भाइरसको प्रभावस्तर रोक्न र नियन्त्रण गर्न सबैभन्दा संवेदनशील अवस्था रहेको बताएका छन् । चीनले उक्त भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि पनि गरिसकेको छ । जसका कारण यस सङ्क्रमणको त्रास चीनमा मात्र नभएर चीनबाहिरसम्म पनि पुगिसकेको छ । वैज्ञानिक भाषामा यसलाई ‘२०१९– एन सीओभी’ भाइरस भनिन्छ । उक्त भाइरस कोरोनाभाइरस वर्गको एक खालको नयाँ प्रजातिका रूपमा विकास भएको वैज्ञानिकले बताएका छन् । उनीहरूका अनुसार यो भाइरस यसअघि पनि मानिसमा फेला परेको थियो । वैज्ञानिकले सन् २००० को दशकको शुरुआतमा नै यो भाइरसको प्रकोप बढेको बताएका छन् । उनीहरूले त्यस समयमा विश्वका विभिन्न देशमा यो भाइरसको सङ्क्रमण बढेको र यसले ती देशमा झन्डै ८०० मानिसको ज्यान लिएको सार्स भाइरस पनि एक प्रकारको कोरोना भाइरस नै हो भनेका छन् । यो भाइरस सङ्क्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्दछ । ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस सङ्क्रमणपछिका लक्षण हुन् । यस भाइरसको सङ्क्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्काे एक समस्या हो । यस भाइरसको सङ्क्रमण बढ्दै जान थालेपछि विश्व स्वास्थ्य सङ्गठनले जनस्वास्थ्य आपतकाल घोषणा गर्ने विषयमा सोच्नुपर्ने बताएको छ । यस्तो अवस्थाको घोषणा गर्ने विषयमा सोच्न विश्व स्वास्थ्य सङ्गठनले भनिसकेकोले हाल चीनमा विशेष स्वास्थ्य विज्ञको समूहले आवश्यक प्रमाण जुटाउने काम गरिरहेको बताएका छन् । यस प्राणघातक भाइरसले उत्पन्न गरेको अवस्थासँग जुध्न विश्वव्यापीरूपमा नै जनस्वास्थ्य आपतकालका रूपमा घोषणा गर्न सकिने विषयमा आवश्यक तयारी भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यस भाइरसका सङ्क्रमित चीन र चीनका छिमेकी देशका अतिरिक्त अमेरिकामा पनि भेटिइसकेकाले यस विषयमा सोच्नुपर्ने बताएका हुन् । चीनका विभिन्न २५ प्रान्तका क्षेत्रमा यो भाइरसको सङ्क्रमण फैलिएको छ । स्थानीय प्रशासनले जङ्गली जनावर र पशु बजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिएको छ भने मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क र रेलमार्ग स्टेसनमा पनि स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको अधिकारीले जानकारी दिएका छन् । हुबेई प्रान्तमा नै यसबाट धेरैको ज्यान गएको छ । चीनका स्वास्थ्य मन्त्री ली बिनले कोरोना भाइरसबाट हुबेई प्रान्तमा नै सबभन्दा बढी व्यक्तिको ज्यान गएको जानकारी दिनुभएको छ । मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेका पनि जनाइएको छ । अधिकारीले बढी उमेरका मानिसमा यसको सङ्क्रमण अझ बढी देखिएको बताएका छन् । डब्लुूएचओको तथ्याङ्कअनुसार कुल सङ्क्रमितमध्ये ७२ प्रतिशत ४० वर्षमाथिका छन् । यस्तै सङ्क्रमितका ६४ प्रतिशत पुरुष रहेका छन् । यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर पनि फर्किएका छन् तर उनीहरूलाई पनि विशेष निगरानीमा राखिएको बताइएको छ । चीनको वुहानको जनसङ्ख्या भन्डै एक करोड रहेको छ । त्यसैले उक्त सङ्क्रमणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि बताइएको छ । गत बिहीवार चिनियाँ नयाँ वर्षको बिदाको अवसर थियो तर त्यस दिन कुनै कार्यक्रमको आयोजना गर्ने र मनाउने काम नगर्न भनियो । नयाँ वर्ष मनाउने कार्यक्रममा मानिसको भीडभाड हुने भएकोले आपसमा यो भाइरसको सङ्क्रमण बढ्नसक्ने भन्दै विदामा कुनै पनि प्रकारका कार्यक्रम सञ्चलान नगर्न भनिएको थियो । यो समयमा लाखौँ चिनियाँ आफ्नो घर फर्कने गर्छन् । उनीहरू घर फर्किने र नयाँ वर्ष मनाउन बाहिर जाने कार्यक्रममा पनि अहिले कडाइ गरिएको बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हनोम गुब्रोहयसोसले चीन सरकारले पछिल्लो समयमा यस सङ्क्रमणको नियन्त्रण तथा रोकथामका लागि सञ्चालन गरिरहेका कार्यक्रमको स्वागत गर्नुभएको छ । उहाँले चिनियाँ नयाँ वर्षको एक हप्ता लामो छुट्टी मनाउन एक ठाउँबाट अर्कोमा यात्रा गरिरहँदा यो सङ्क्रमणको अहिलेको अवस्था चर्किन सक्नेतर्फ सतर्क रहन र त्यसको रोकथामका उपायमा केन्द्रित हुन आग्रह गर्नुभएको छ । यसको सबैभन्दा बढी प्रभावित शहर वुहान नै भएकोले यहाँबाट बाहिर जाने सबै नागरिकको स्वास्थ्य अवस्थाको जाँच गर्ने र सार्वजनिक सवारी साधन सञ्चालन हुने र रोकिने केन्द्रमा उचित हावा प्रवाहको व्यवस्था गर्ने काम पनि अधिकारीले गरिरहेका छन् । वुहानमा जीवित पक्षी र जङ्गली जनावरको व्यापारमा प्रतिबन्ध लगाइएको छ र त्यस्तो प्रतिबन्धको पालना भए नभएको जाँच्न प्रहरीले कडा मात्रामा निगरानी गरिरहेको पनि बताइएको छ । विभिन्न सञ्चारमाध्यमका अनुसार सर्पबाट मानिसमा सरेको उल्लेख गरिए पनि हालसम्म यसबारे सहि जानकारी आइसेकेको छैन् । डब्लूएचओले यो भाइरस सम्भवतः पशुबाट मानिसमा सरेको भए पनि कुन पशुबाट सरेको हो भन्ने बारे अझै स्पष्ट भइनसकेको जनाइएको छ । वुहानका नगरप्रमुखले अत्यावश्यक कारणले बाहेक उक्त शहरको भ्रमण नगर्न पनि सबै नागरिकलाई आह्वान गर्नुभएको छ । वुहान यस सङ्क्रमणको केन्द्रमा रहेकोले त्यहाँ बढी कार्यक्रम लक्ष्य गरिएको छ । झन्डै नब्बे लाख जनसङ्ख्या भएको वुहानका बासिन्दालाई भीडभाडमा नजान र सार्वजनिक जमघट कम गर्न पनि भनिएको छ । सरकारले शनिबारसम्म चीनका १८ ओटा शहरकै यात्रामा प्रतिबन्ध लगाएको जानकारी दिएको छ । वुहान सहरमा नयाँ अस्पताल निर्माण गरिँदै छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार एक हजार शैया रहने भनिएको नयाँ अस्पताल छ दिनभित्र तयार भइसक्ने सम्भावना छ ।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  १०:०१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP