काठमाडाैं - सुनुवार जातीको कोइँच वर्णमाला र क्यालेण्डर प्रकाशन गर्दैछ । प्रविधी विस्तारसँगै आफ्नो भाषा र संस्कृति बिर्सदै गरेको अवस्थामा आफ्नै भाषा र संस्कृति जगेर्ना गर्ने उदेश्यकासाथ सुनुवार सेवा समाज( सुसेस)ले आफ्नै लिपिमा नयाँ वर्ष येले थोचे ५०८३ को उपलक्ष्यमा माघ १ गते कोइँच वर्णमाला र क्यालेण्डर प्रकाशन गर्ने भएको हो ।
यस पावन अवसरमा सबै कोइँचहरूले वैयाक्तिक साथै सबै शाखा, समिति र आङ्गिक संस्थाहरूले पनि आ-आफ्नो कार्यक्षेत्रमा आम कोइँच तथा गैर- कोइँच दाजुभाई दिदीबहिनीहरूसँग औपचारिक-अनौपचारिक रुपमा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेर नयाँ वर्ष किराँत येले थोचे ५०८३ तथा सामिबु पिदार भव्य रुपमा मनाउन सुसेसले अनुरोध गरेकाे छ ।
यसका साथै सुनुवार सेवा समाज संघीय समितिले, किरातीहरूको नयाँ वर्ष किरात येले सम्वत् ५०८३ तथा सामिबु पिदार' को उपलक्ष्यामा सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि तथा सु-स्वास्थ्यको कामनासहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकाे छ ।
संविधनतः नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता लाई अंगिकार गरेको मुलुक भएता पनि अहिलेसम्म व्यवहारतः एकल जाति, भाषा, संस्कृति, धर्मकै हालीमुहाली रहीआएकाे सुसेसकाे भनाई छ ।
यसर्थ इन्द्रेणी समाजको पक्षधार सुनुवार सेवा समाज, नेपालको वास्ताविक मानचित्र जस्तो छ त्यस्तै सबैको पहिचान भएको सुन्दर नेपाल निर्माणको लागि किराँत येले सम्बतलाई नेपाल सरकारबाट राष्ट्रिय सम्वत्को मान्यता दिइनु पर्दछ भन्ने अडान यथावत् राख्दछ ।
त्यसैगरी सुनुवार भाषाकाे लिपीमै माेबाइल एप्सको निमाण भइरहेकाे छ र याे छिट्टै सबैकाे सजिलाेकाे लागि आउने भएकाे छ । यसकाे सहायताबाट कोइँचहरूले सहज तरिकाले आफ्नो भाषामा र बोल्न सक्ने छन् ।