दाेलखा - दोलखाको गौरीशंकर गाउँपालिका -८ खारेमा न्यानो कपडा वितरण गरिएको छ। अपागं लक्षित बजेट अन्तर्गत क वर्गको अपांग कार्ड प्राप्त गरेको र साहाराविहिन जेष्ठ नागरिक व्यक्तिहरुलाई वितरण गरिएको हाे ।
गौरीशंकर गाउँपालिकाकाे वडा नम्बर ८ को एकलाख अपांग लक्षित बजेटबाट जम्मा ४०जना व्यक्तिलाई वितरण गरिएको गौरीशंकर गाउँपालिका ८ खारेका कार्यलय साहयक लक्ष्मण बुडाथोकिले बताएका छन् ।
खर्च गर्न मिल्ने शिर्षकको बजेटबाट वडामा नरहेकोले अपांग लक्षित बजेटलाई साहाराविहिन जेष्ठ-नागरिकलाई पनि समेटिएको छ । यस्ता कार्यले जनमानसमा थप प्रभावकारी सन्देश गएको उनको भनाइ छ।
हिमाली क्षेत्रका जेष्ठ -नागरिक जाडोको समयमा साहाराविहिन एवम् कष्टकर जीवन बिताउन बाध्य थिए । न्यानो कपडा वितरणपछि गाह्रो अप्ठ्यारोमा परेका नागरिकको लागि स्थानीय तह साथमा रहेको महसुस भएकाे सचीव बुडाथोकीले बताएका छन् ।
आगमी दिनमा सबै वर्गका अपांग कार्ड प्राप्त गरेका नागरिकको समस्टिगत रुपमा छलफल गरि अपांगमैत्री योजना निर्माण गरि कायर्यन्वनमा थप प्रभावकारी ढङ्गले अघि बढ्ने योजना रहेको वडा अध्यक्ष दावारेन्जी शेर्पाले बताए ।
हाल वडामा कुन वर्गको कार्ड प्राप्त गरेको ,अपांगता भएको ब्यक्तिको कस्तो किसिमको क्षमता रहेको छ भन्ने विषयमा तथ्यांक सङकलन गरिरहेको र त्यसकै आधारमा थप योजना निर्माण गरि कार्यन्वनमा जोड दिने वडा अध्यक्ष शेर्पाले बताए।
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९ १०:११