काठमाडौं-यातायात कार्यालयहरुमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
यातायात कार्यालयहरुमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने १३ जना विचौलियाहरू र नक्कली परिक्षार्थी २ जना समेत गरि १५ जनालाई सोमबार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हाे ।
यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुर, ठुलोभर्याङ, चाबहिलबाट १३ जनालाई र भक्तपुर स्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) राधे राधे, भक्तपुरमा अर्कैको नाममा मेडिकल परिक्षा दिन आएका तथा परिक्षा दिन पठाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
निजहरूले बिभिन्न यातायात कार्यालयहरुमा सेवाग्राहीहरुलाई सहजिकरण गरिदिन्छौ, छिटो छरितो रुपमा काम गरिदिन्छौ, नपुगेका कागजातहरु पुर्याईदिन्छौ भनि प्रलोभनमा पारि हैरानी दिने गरेका थिए ।
कुनै पनि सरकारी कार्यालयहरुमा नियमसंगत रुपमा हुने काम कारवाहीमा सेवाग्राहीलाई अनावश्यक हैरानी दिई नियमित काम कारवाहीलाई प्रभावित पार्ने बिचौलिया प्रवृतिका व्यक्ति तथा समुह उपर प्रहरीले निगरानी तथा कारवाही बढाएको जनाएकाे छ । त्यस्ता कुनै किसिमको जानकारी भएमा प्रहरी हटलाईन १००, १०३, वा फोन नं. ०१-४२२८४३५, ९८५१२८३०२६ मा जानकारी गराउनसमेत कठमाडौं उपत्यका प्रहरी कार्यालयलेअनुरोध गरेकाे छ ।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९ ०८:४५