काठमाडाैं - नेपाल प्रेस युनियनले विभिन्न पदाधिकारी रहेको नौ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । केन्द्रीय अध्यक्ष शिव लम्सालले युनियनको विधानबमोजिम केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार आज केन्द्रीय सचिवालय गठन गरिएको जानकारी दिए।
लम्साल अध्यक्षताको केन्द्रीय सचिवालयमा वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्षहरु भीष्मराज ओझा, नकुल अर्याल, सलोजा दाहाल, डा मुरारी अधिकारी, महासचिव दिलीप पौडेल, उपमहासचिव सुलोचना गौतम र कोषाध्यक्ष माधव धिताल रहेका छन् ।
युनियनको एक सय ४७ सदस्यीय केन्द्रीय कार्यसमिति रहेकामा कार्यालय सञ्चालन तथा व्यवस्थापन र संस्थाका गतिविधिमा तत्काल निर्णय गर्ने सन्दर्भमा केन्द्रीय सचिवालय सबैभन्दा माथिल्लो एकाई हो । युनियनको विधानअनुसार अध्यक्षले आफ्नो नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष अनिवार्य रहने गरी नौ सदस्यीय सचिवालय गठन गर्ने प्रावधान छ ।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९ ०७:५०