Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
अर्थ
  • Home
  • अर्थ
  • लक्ष्यभन्दा कम सङ्कलन भयाे आन्तरिक राजस्व
लक्ष्यभन्दा कम सङ्कलन भयाे आन्तरिक राजस्व
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस ४, २०७९
Hardik health
काठमाडाैं -  चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो पाँच महिना अवधिमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार मङ्सिर मसान्तसम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा भन्दा १३ दशमलव ६३ प्रतिशत विन्दुले कम  देखिएको हो । विभागले मङ्सिर मसान्तसम्ममा रु एक खर्ब ७४ अर्ब ३७ करोड ५४ लाख ७८ हजार बराबर आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर यो अवधिसम्ममा रु एक खर्ब ५० अर्ब ६० करोड १८ लाख ८० हजार बराबर मात्रै उठेको छ । अर्थात् लक्ष्यभन्दा करिब रु २४ अर्ब न्यून राजस्व सङ्कलन भएको हो । यो अवधिमा आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क कुनै पनि शीर्षकको राजस्व असुलीमा लक्ष्य भेटिएको छैन । राजस्व विभागका अनुसार मङ्सिर मसान्तसम्मको लक्ष्यमा आयकर ८० दशमलव ६१ प्रतिशत, मूल्य अभिवृद्धि कर ८२ दशमलव ४७ र अन्तःशुल्क ९७ दशमलव ९ प्रतिशत बराबर मात्रै पुगेको छ । यो अवधिसम्ममा विभागले रु ५७ अर्ब ६६ करोड ७९ लाख ९१ हजार बराबर आयकर उठाउने लक्ष्य राखेको थियो । तर वास्तविक आयकर असुली भने रु ४६ अर्ब ४८ करोड ४९ लाख २२ हजार बराबर छ । त्यस्तै, भ्याट शीर्षकमा रु ५० अर्ब ९७ करोड ७० लाख ८८ हजार आन्तरिक राजस्व उठाउने विभागको लक्ष्य थियो । तर यो अवधिको भ्याट असुली रु ४२ अर्ब तीन करोड ८७ लाख बराबर मात्रै छ । पाँच महिना अवधिमा अन्तःशुल्कतर्फ रु ४३ अर्ब ६४ करोड १० लाख राजस्व उठाउने सरकारी लक्ष्य रहेकोमा रु ४२ अर्ब ४५ करोड ७७ लाख बराबर मात्रै उठेको छ । घर बहाल कर असुलीमा पनि सरकारको लक्ष्य पुगेको देखिँदैन । मङ्सिर मसान्तसम्म रु एक अर्ब १५ करोड ५२ लाख ६१ हजार घर बहाल कर उठाउने विभागको लक्ष्य रहेकोमा ७१ दशमलव १४ प्रतिशत अर्थात् रु ८२ करोड १८ लाख ९० हजार बराबर मात्रै उठेको छ । स्वास्थ्य सेवा कर र शिक्षा कर भने लक्ष्यभन्दा बढी उठेको छ । मङ्सिर मसान्तसम्म रु दुई अर्ब २३ करोड २६ लाख १९ हजार स्वास्थ्य सेवा कर उठाउने विभागको लक्ष्य थियो । तर लक्ष्यको एक सय ४० प्रतिशत अर्थात् रु तीन अर्ब १३ करोड ८८ लाख २८ हजार असुली भएको छ । त्यस्तै, शिक्षा कर रु ६० करोड ५५ लाख ७६ हजार बराबर असुली गर्ने लक्ष्य राखिएकोमा रु ८० करोड ८१ लाख ६६ हजार बराबर उठेको छ । आन्तरिक राजस्व विभागका अनुसार विश्व परिदृश्य र अर्थतन्त्रमा आन्तरिक समस्याको असर राजस्व असुलीमा देखिएको हो । विभागले सामान्य अवस्थालाई अनुमान गरेर लक्ष्य निर्धारण गरेको तर परिस्थिति असामान्य बनेका कारण लक्ष्य भेटाउन नसकेको निर्देशक राजुप्रसाद प्याकुरेलले  बताए  । “अन्तर्राष्ट्रियरूपमा र देशभित्रै देखिएका अर्थतन्त्रका उतार चढावको असर आन्तरिक राजस्व असुलीमा देखिएको हो । सामान्य अवस्थालाई हेरेर लक्ष्य निर्धारण गरिएको हुन्छ । तर यसवर्ष विभिन्न कारणले परिस्थिति असामान्य बन्यो”, निर्देशक प्याकुरेलले बताए । विभागले हरेक वर्ष अघिल्लो वर्षको भन्दा बढाएर नै राजस्व अनुमान गरेको हुन्छ । यस वर्ष पूँजीबजार र घरजग्गाको कारोबारमा मन्दी देखिएका कारण आयकरमा असर देखिएको उनको भनाइ छ । गत कात्तिक मसान्तसम्म अन्तःशुल्क असुली लक्ष्यअनुसार नै रहे पनि पछिल्लो समय बियर र मदिराजन्य वस्तुको कारोबार घटेका कारणले त्यसको समेत असर देखिएको विभागको भनाइ छ । त्यस्तै, बैंकको तरलता अभाव, चालु पूँजी कर्जा नपाउनु, वस्तुको आयातमा प्रतिबन्ध, सरकारको पूँजीगत खर्च न्यून हुनु जस्ता कारणले राजस्व कम उठेको विभागको बुझाइ छ । पूँजीगत खर्च कम हुँदा सरकारलाई भुक्तानी गर्नु पर्ने मूल्यअभिवृद्धि कर पनि घटेको विभागले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १९:२८
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा शुक्रबार, पुस ४, २०८२
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता शुक्रबार, पुस ४, २०८२
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग बुधबार, पुस २, २०८२
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने बिहीबार, मंसिर २५, २०८२
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला मंगलबार, मंसिर १६, २०८२
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता सोमबार, मंसिर १५, २०८२
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP