Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #विप्रेषण
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
विश्व
  • Home
  • विश्व
  • डार्फरमा शान्तिको आसा
डार्फरमा शान्तिको आसा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ८, २०७६
Hardik health
संयुक्त राष्ट्रसङ्घ– राष्ट्रसङ्घका विज्ञको विचारमा सुडानका धेरैजसो विद्रोही समूह र लिबिया बाहेक सुडानका सबै छिमेकी मुलुक डार्फरको शान्ति प्रक्रियालाई समर्थन गरिरहेका छन् तर यस समस्याग्रस्त पश्चिमी क्षेत्रमा सुरक्षा खतराका घटनामा बृद्धि भएका छन् । यहाँ स्थानीय किसान र गाईवस्तु चराउने गोठालाबीच बलात्कारदेखि झडपका घटनामा वृद्धि भएको छ । ती विज्ञले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई सोमबार बुझाएको प्रतिवेदनमा विद्रोही लडाकूले नागरिकमाथि आक्रमण गरेका, हिंसात्मक प्रदर्शन हुने गरेको तथा वर्षौंदेखि विस्थापित भएर डार्फरबासीले आश्रय लिइरहेका ठूला शिविरमा तनाव बढेको उल्लेख छ । प्रतिवेदनमा अब्दुल वाहिद एलनूरको नेतृत्वमा रहेको सुडान लिबरेशन आर्मीको समूह र सरकारी फौजबीच भिडन्त पनि भइरहेको उल्लेख छ । सुडानको अरब–समर्थित सरकारले जातीय विभेद गरेको आरोप लगाउँदै डार्फरमा सन् २००३ मा द्वन्द्व शुरु भएको थियो । द्वन्द्वको शान्तिपूर्ण समाधान गर्नुको साटो सुडान सरकारले स्थानीय घुमन्ते अरबी जनजातिलाई शस्त्र दिएर मुलुकलाई युद्धतर्फ धकेलेको आरोप लाग्ने गरेको छ तर सुडान सरकारले यसलाई निरन्तर अस्वीकार गरिरहेको छ । गत अप्रिलमा एउटा जनविद्रोहले राष्ट्रपति ओमर अल–बसिरलाई झन्डै तीन दशकपछि सत्ताच्यूत गरेको थियो । बसिरको पतनसँगै अहिले सैन्य–नागरिक सरकारले सुडानलाई प्रजातन्त्रको नाजुक मार्गबाट अघि बढाउँदै लगेको छ । एन्नूरको विद्रोही समूह र त्यसका समर्थकले संक्रमणकालीन सरकारले क्रान्तिलाई अपहरण गरेको आरोप लगाएका छन् । सङ्क्रमणकालीन सरकारको एउटा प्रमुख प्राथमिकतामा सुडानको सुदूरपश्चिमका डार्फरसमेतका प्रान्तहरूमा फैलिएका विद्रोहको अन्त्य गर्नु रहेको छ र गत अक्टोबरदेखि विद्रोही समूहसँग सरकारले शान्ति वार्ता गरिरहेको छ । मानवअधिकारसम्बन्धी एउटा महत्वपूर्ण मुद्दाका सम्बन्धमा विशेषज्ञको प्यानलले दिएको प्रतिवेदनमा भनिएको छ, ‘सन् २०१९ को मार्चदेखि डिसेम्बरको अवधिमा आन्तरिक विस्थापित व्यक्तिका लागि बनाइएका शिविर नजिकै महिला र बालबालिकामाथि बलात्कार र शारीरिक हिंसाका घटना नियमित रूपमा हुने गरेको विश्वासिला स्रोतले बताएका छन् ।’ पीडितले यी अपराधीमा सशस्त्र विद्रोही समूहमा आवद्ध व्यक्ति र सुडानी सुरक्षाफौजका केही सदस्य रहेको आरोप लगाएका छन् । प्रतिवेदनमा अपराधमा संलग्न धेरैजसो व्यक्तिको पहिचान गरिएको भएपनि उनीहरू पक्राउ नपरेको उल्लेख छ । उदाहरणका रूपमा, एउटा घटना जुन २८ मा उत्तर डार्फरको तबिट गाउँमा भएको थियो । ऊँटमा सवार तीन व्यक्तिले एक जना पुरुष, एक महिला र दुई किशोरीमाथि आक्रमण गरे । प्रतिवेदनमा भनिएको छ, करिब ४० वर्षको हाराहारीका पुरुष र महिला दुबैलाई कुटपिट गरियो र लखेटियो, र त्यसपछि दुबै बालिकालाई कुटपिट गरी बलात्कार गरियो । एक अर्को घटनामा रेपिड सपोर्ट फोर्सेजमा आबद्ध बर्दीधारी व्यक्तिले ११ र १३ वर्षीया दुई बालिकालाई बलात्कार गरेको दुबै बालिकाले आरोप लगाउँदै भिडियो नै सार्वजनिक गरेका छन् । यो घटना सेन्ट्रल डार्फरको नेर्टिटीमा भएको हो । यी व्यक्तिको आवद्धता सुडानको जञ्जाविद मिलिसियासँग रहेको खुलेको छ । डार्फर विद्रोहका शुरुआती दिनमा यो समूह गाउँमा आगो लगाउने, निर्दोशको हत्या गर्ने तथा बलात्कार गर्ने कार्यमा संलग्न रहेको थियो । समितिले भनेको छ कि गोप्य सरकारी स्रोतबाट प्राप्त तथ्याङ्कमा सन् २०१९ को अप्रिलदेखि सेप्टेम्बरबीच बलात्कार र यौन हिंसाका १२० वटा मुद्दा दर्ता भएका छन् । यद्यपि सामाजिक अवरोधका कारण बलात्कारका घटना रिपोर्ट नगर्ने प्रवृत्ति यहाँ व्याप्त छ । (रासस÷एपी)
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०८:३०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
डेमोक्र्याटिक पार्टीका सांसदलाई ट्रम्पद्वारा माफीको घोषणा
डेमोक्र्याटिक पार्टीका सांसदलाई ट्रम्पद्वारा माफीको घोषणा शुक्रबार, मंसिर १९, २०८२
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द शुक्रबार, मंसिर १९, २०८२
बेलायती पोर्न कम्पनीलाई १० लाख पाउन्ड जरिवाना
बेलायती पोर्न कम्पनीलाई १० लाख पाउन्ड जरिवाना शुक्रबार, मंसिर १९, २०८२
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी बिहीबार, मंसिर १८, २०८२
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’ बिहीबार, मंसिर १८, २०८२
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो बुधबार, मंसिर १७, २०८२
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP