Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • डार्फरमा शान्तिको आसा
डार्फरमा शान्तिको आसा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ८, २०७६
Hardik health
संयुक्त राष्ट्रसङ्घ– राष्ट्रसङ्घका विज्ञको विचारमा सुडानका धेरैजसो विद्रोही समूह र लिबिया बाहेक सुडानका सबै छिमेकी मुलुक डार्फरको शान्ति प्रक्रियालाई समर्थन गरिरहेका छन् तर यस समस्याग्रस्त पश्चिमी क्षेत्रमा सुरक्षा खतराका घटनामा बृद्धि भएका छन् । यहाँ स्थानीय किसान र गाईवस्तु चराउने गोठालाबीच बलात्कारदेखि झडपका घटनामा वृद्धि भएको छ । ती विज्ञले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई सोमबार बुझाएको प्रतिवेदनमा विद्रोही लडाकूले नागरिकमाथि आक्रमण गरेका, हिंसात्मक प्रदर्शन हुने गरेको तथा वर्षौंदेखि विस्थापित भएर डार्फरबासीले आश्रय लिइरहेका ठूला शिविरमा तनाव बढेको उल्लेख छ । प्रतिवेदनमा अब्दुल वाहिद एलनूरको नेतृत्वमा रहेको सुडान लिबरेशन आर्मीको समूह र सरकारी फौजबीच भिडन्त पनि भइरहेको उल्लेख छ । सुडानको अरब–समर्थित सरकारले जातीय विभेद गरेको आरोप लगाउँदै डार्फरमा सन् २००३ मा द्वन्द्व शुरु भएको थियो । द्वन्द्वको शान्तिपूर्ण समाधान गर्नुको साटो सुडान सरकारले स्थानीय घुमन्ते अरबी जनजातिलाई शस्त्र दिएर मुलुकलाई युद्धतर्फ धकेलेको आरोप लाग्ने गरेको छ तर सुडान सरकारले यसलाई निरन्तर अस्वीकार गरिरहेको छ । गत अप्रिलमा एउटा जनविद्रोहले राष्ट्रपति ओमर अल–बसिरलाई झन्डै तीन दशकपछि सत्ताच्यूत गरेको थियो । बसिरको पतनसँगै अहिले सैन्य–नागरिक सरकारले सुडानलाई प्रजातन्त्रको नाजुक मार्गबाट अघि बढाउँदै लगेको छ । एन्नूरको विद्रोही समूह र त्यसका समर्थकले संक्रमणकालीन सरकारले क्रान्तिलाई अपहरण गरेको आरोप लगाएका छन् । सङ्क्रमणकालीन सरकारको एउटा प्रमुख प्राथमिकतामा सुडानको सुदूरपश्चिमका डार्फरसमेतका प्रान्तहरूमा फैलिएका विद्रोहको अन्त्य गर्नु रहेको छ र गत अक्टोबरदेखि विद्रोही समूहसँग सरकारले शान्ति वार्ता गरिरहेको छ । मानवअधिकारसम्बन्धी एउटा महत्वपूर्ण मुद्दाका सम्बन्धमा विशेषज्ञको प्यानलले दिएको प्रतिवेदनमा भनिएको छ, ‘सन् २०१९ को मार्चदेखि डिसेम्बरको अवधिमा आन्तरिक विस्थापित व्यक्तिका लागि बनाइएका शिविर नजिकै महिला र बालबालिकामाथि बलात्कार र शारीरिक हिंसाका घटना नियमित रूपमा हुने गरेको विश्वासिला स्रोतले बताएका छन् ।’ पीडितले यी अपराधीमा सशस्त्र विद्रोही समूहमा आवद्ध व्यक्ति र सुडानी सुरक्षाफौजका केही सदस्य रहेको आरोप लगाएका छन् । प्रतिवेदनमा अपराधमा संलग्न धेरैजसो व्यक्तिको पहिचान गरिएको भएपनि उनीहरू पक्राउ नपरेको उल्लेख छ । उदाहरणका रूपमा, एउटा घटना जुन २८ मा उत्तर डार्फरको तबिट गाउँमा भएको थियो । ऊँटमा सवार तीन व्यक्तिले एक जना पुरुष, एक महिला र दुई किशोरीमाथि आक्रमण गरे । प्रतिवेदनमा भनिएको छ, करिब ४० वर्षको हाराहारीका पुरुष र महिला दुबैलाई कुटपिट गरियो र लखेटियो, र त्यसपछि दुबै बालिकालाई कुटपिट गरी बलात्कार गरियो । एक अर्को घटनामा रेपिड सपोर्ट फोर्सेजमा आबद्ध बर्दीधारी व्यक्तिले ११ र १३ वर्षीया दुई बालिकालाई बलात्कार गरेको दुबै बालिकाले आरोप लगाउँदै भिडियो नै सार्वजनिक गरेका छन् । यो घटना सेन्ट्रल डार्फरको नेर्टिटीमा भएको हो । यी व्यक्तिको आवद्धता सुडानको जञ्जाविद मिलिसियासँग रहेको खुलेको छ । डार्फर विद्रोहका शुरुआती दिनमा यो समूह गाउँमा आगो लगाउने, निर्दोशको हत्या गर्ने तथा बलात्कार गर्ने कार्यमा संलग्न रहेको थियो । समितिले भनेको छ कि गोप्य सरकारी स्रोतबाट प्राप्त तथ्याङ्कमा सन् २०१९ को अप्रिलदेखि सेप्टेम्बरबीच बलात्कार र यौन हिंसाका १२० वटा मुद्दा दर्ता भएका छन् । यद्यपि सामाजिक अवरोधका कारण बलात्कारका घटना रिपोर्ट नगर्ने प्रवृत्ति यहाँ व्याप्त छ । (रासस÷एपी)
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०८:३०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP