Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • ‘गृहयुद्धमा बेपत्ता भएकाको मृत्यु भइसक्यो’
‘गृहयुद्धमा बेपत्ता भएकाको मृत्यु भइसक्यो’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ८, २०७६
Hardik health
कोलम्बो– श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले सन् २००९ मा समाप्त भएको श्रीलङ्काली गृहयुद्धको समयमा बेपत्ता भएका नागरिकको मृत्यु भएको बताएका छन् । गृहयुद्धका क्रममा करिब २३ हजार ५०० मानिस बेपत्ता भएको अनुमान गरिएको छ । ती सबै मानिसको मृत्यु भइसकेको सरकारले पहिलो पटक औपचारिकरूपमा स्वीकार गरेको हो । राजधानी कोलम्बोमा संयुक्त राष्ट्रसङ्घका एकजना प्रतिनिधिसँगको भेटका क्रममा सो जानकारी दिनुभएको समाचारमा जनाइएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले श्रीलङ्कामा करिब २७ वर्षसम्म जारी गृहयुद्ध र त्यसको अन्त्यको समयमा ती नागरिक बेपत्ता भएको बताउनुभएको हो । श्रीलङ्काली गृहयुद्ध अन्त्यका लागि सञ्चालित सैनिक अभियानमा गोटाबायाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । राष्ट्रसङ्घीय प्रतिनिधिको कार्यालयका अनुसार, हराइरहेका भनिएका ती नागरिकलाई मृत्युदर्ता प्रमाणपत्र दिने तयारी गर्न सकिने अनुमान पनि गरिएको छ । श्रीलङ्काका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि हाना सिङ्गरसँग सोमबार भएको भेटका अवसरमा राष्ट्रपति राजापाक्षेले सो कुराको जानकारी गराउनुभएको श्रीलङ्काका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय प्रतिनिधिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । सो विज्ञप्तिका अनुसार राज्यले पहिलो पटक औपचारिकरूपमा ती व्यक्ति मारिएको भनी जानकारी गराएपछि अब उनीहरूलाई मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरिने भएको हो । यस देशमा २७ वर्षसम्म जातीय पृथकतावादी लिबरेसन टाइगर्स अफ तमिल इलमले जातीय र पृथक राज्यका लागि गृहयुद्ध नै चलाएको थियो । त्यो युद्धको अन्त्य सन् २००९ मा भएको थियो । उक्त गृहयुद्धको अन्त्यका नाममा तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेको कार्यकालमा श्रीलङ्काली सेनाको ज्यादतीका कारण सन् २००९ मा उक्त विद्रोही समूहका हजारौँ लडाकू र सर्वसाधारण पनि मारिएको आरोेप छ । यहाँको उत्तर र पूर्वीभागमा बसोबास गर्ने सयौँ परिवारले बेपत्ताको अवस्था सार्वजनिक हुनुपर्ने माग गरिरहेका छन् । उनीहरूले बेला बेलामा प्रदर्शन गर्दै आफ्ना परिवारका सदस्यको अवस्था सार्वजनिक गर्न माग गरिरहेका छन् । सन् २००९ मा गृहयुद्धको अन्त्यको सो समयमा श्रीलङ्काली सेनासँग आत्मसमर्पण गरेका केही व्यक्ति सुरक्षा फौजको नियन्त्रणमा हुनसक्ने आशा गरेको बताएका थिए । यो पछिल्लो भनाइपछि सेनासमक्ष कोही पनि नरहेको भन्ने बुझिएको छ । श्रीलङ्काको सेनाले विद्रोही तमिल टाइगर्सलाई सन् २००९ को मे महिनामा हराएको थियो । त्यसपछि त्यहाँको २७ वर्ष लामो युद्ध समाप्त भएको घोषणा गरिएको थियो । त्यहाँको द्वन्द्वमा भने करिब एक लाख मानिस मारिएको बताइएको छ । बेपत्ता भएका भनिएका ती २३ हजार ५०० मा करिब पाँच हजार जना सरकारी सेना पनि परेको बताइन्छ । (रासस÷एएफपी)
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०८:२४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP