Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #विप्रेषण
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
विश्व
  • Home
  • विश्व
  • ‘गृहयुद्धमा बेपत्ता भएकाको मृत्यु भइसक्यो’
‘गृहयुद्धमा बेपत्ता भएकाको मृत्यु भइसक्यो’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ८, २०७६
Hardik health
कोलम्बो– श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले सन् २००९ मा समाप्त भएको श्रीलङ्काली गृहयुद्धको समयमा बेपत्ता भएका नागरिकको मृत्यु भएको बताएका छन् । गृहयुद्धका क्रममा करिब २३ हजार ५०० मानिस बेपत्ता भएको अनुमान गरिएको छ । ती सबै मानिसको मृत्यु भइसकेको सरकारले पहिलो पटक औपचारिकरूपमा स्वीकार गरेको हो । राजधानी कोलम्बोमा संयुक्त राष्ट्रसङ्घका एकजना प्रतिनिधिसँगको भेटका क्रममा सो जानकारी दिनुभएको समाचारमा जनाइएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले श्रीलङ्कामा करिब २७ वर्षसम्म जारी गृहयुद्ध र त्यसको अन्त्यको समयमा ती नागरिक बेपत्ता भएको बताउनुभएको हो । श्रीलङ्काली गृहयुद्ध अन्त्यका लागि सञ्चालित सैनिक अभियानमा गोटाबायाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । राष्ट्रसङ्घीय प्रतिनिधिको कार्यालयका अनुसार, हराइरहेका भनिएका ती नागरिकलाई मृत्युदर्ता प्रमाणपत्र दिने तयारी गर्न सकिने अनुमान पनि गरिएको छ । श्रीलङ्काका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि हाना सिङ्गरसँग सोमबार भएको भेटका अवसरमा राष्ट्रपति राजापाक्षेले सो कुराको जानकारी गराउनुभएको श्रीलङ्काका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय प्रतिनिधिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । सो विज्ञप्तिका अनुसार राज्यले पहिलो पटक औपचारिकरूपमा ती व्यक्ति मारिएको भनी जानकारी गराएपछि अब उनीहरूलाई मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरिने भएको हो । यस देशमा २७ वर्षसम्म जातीय पृथकतावादी लिबरेसन टाइगर्स अफ तमिल इलमले जातीय र पृथक राज्यका लागि गृहयुद्ध नै चलाएको थियो । त्यो युद्धको अन्त्य सन् २००९ मा भएको थियो । उक्त गृहयुद्धको अन्त्यका नाममा तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेको कार्यकालमा श्रीलङ्काली सेनाको ज्यादतीका कारण सन् २००९ मा उक्त विद्रोही समूहका हजारौँ लडाकू र सर्वसाधारण पनि मारिएको आरोेप छ । यहाँको उत्तर र पूर्वीभागमा बसोबास गर्ने सयौँ परिवारले बेपत्ताको अवस्था सार्वजनिक हुनुपर्ने माग गरिरहेका छन् । उनीहरूले बेला बेलामा प्रदर्शन गर्दै आफ्ना परिवारका सदस्यको अवस्था सार्वजनिक गर्न माग गरिरहेका छन् । सन् २००९ मा गृहयुद्धको अन्त्यको सो समयमा श्रीलङ्काली सेनासँग आत्मसमर्पण गरेका केही व्यक्ति सुरक्षा फौजको नियन्त्रणमा हुनसक्ने आशा गरेको बताएका थिए । यो पछिल्लो भनाइपछि सेनासमक्ष कोही पनि नरहेको भन्ने बुझिएको छ । श्रीलङ्काको सेनाले विद्रोही तमिल टाइगर्सलाई सन् २००९ को मे महिनामा हराएको थियो । त्यसपछि त्यहाँको २७ वर्ष लामो युद्ध समाप्त भएको घोषणा गरिएको थियो । त्यहाँको द्वन्द्वमा भने करिब एक लाख मानिस मारिएको बताइएको छ । बेपत्ता भएका भनिएका ती २३ हजार ५०० मा करिब पाँच हजार जना सरकारी सेना पनि परेको बताइन्छ । (रासस÷एएफपी)
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०८:२४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
डेमोक्र्याटिक पार्टीका सांसदलाई ट्रम्पद्वारा माफीको घोषणा
डेमोक्र्याटिक पार्टीका सांसदलाई ट्रम्पद्वारा माफीको घोषणा शुक्रबार, मंसिर १९, २०८२
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द शुक्रबार, मंसिर १९, २०८२
बेलायती पोर्न कम्पनीलाई १० लाख पाउन्ड जरिवाना
बेलायती पोर्न कम्पनीलाई १० लाख पाउन्ड जरिवाना शुक्रबार, मंसिर १९, २०८२
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी बिहीबार, मंसिर १८, २०८२
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’ बिहीबार, मंसिर १८, २०८२
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो बुधबार, मंसिर १७, २०८२
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP