Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
अर्थ
  • Home
  • अर्थ
  • मुलुकको आर्थिक अवस्था अनुसार सुविधा हुन्छ :अध्यक्ष तिमिल्सिना
मुलुकको आर्थिक अवस्था अनुसार सुविधा हुन्छ :अध्यक्ष तिमिल्सिना
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २७, २०७९
Hardik health
काठमाडाैं -  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको परिस्थिति र आर्थिक अवस्थाका आधारमा कर्मचारीका सेवा सुविधासम्बन्धी विषय सम्बोधन हुँदै जाने बताएका छन्  । संसद् सेवा दिवसका अवसरमा सङ्घीय संसद् सचिवालयद्वारा आज आयोजित कार्यक्रममा उहाँले देशको आर्थिक अवस्थामा सुधार आएसँगै कर्मचारीका माग पनि सम्बोधन हुँदै जाने विश्वास व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले भने , “देश विकास र समृद्धितर्फ उन्मुख भएसँगै हाम्रा सेवा सुविधा स्वतः वृद्धि हुँदै जानेछ । गाँठो अर्थमा आएर जोडिएको छ । सेवा गरेपछि सुविधा खोज्नु स्वाभाविक भए पनि जनताको अवस्था पनि हामीले बुझ्न जरुरी छ ।” आफू कार्यरत संस्थाले प्रदान गरेको कार्य जिम्मेवारको समीक्षा गर्दै व्यहोर्नुपरेको भोगाइ, कमीकमजोरी र आगामी रणनीति अपनाउन आवश्यक रहेको बताउँदै उनले विगतका भोगाइ र आजको आवश्यकताबीचको अन्तर पहिल्याउन जरुरी रहेको उल्लेख गरे । पूर्वसभामुख तारानाथ रानाभाटले व्यवस्थापिका कमजोर भएमा लोकतन्त्र मात्र नभई समग्र मुलुक नै कमजोर हुने बताए ।  उनले भने  “लोकतन्त्र अझै परिपक्व हुन बाँकी नै छ, लोकतन्त्र र विकासलाई ठोसरूपमा अघि बढाउन सञ्चार क्षेत्रले पनि जिम्मेवार ढङ्गले भूमिका खेल्न पर्छ, संसद् सेवाका कर्मचारी सभ्य, सुसंस्कृत, परिष्कृत र परिपक्व भएमा सदनका काम कारबाही प्रभावकारी हुनेछ ।” राष्ट्रियसभा विधायन समितिका पूर्वसभापति परशुराम मेघी गुरुङले कानून निर्माण गर्ने निकायले नीति र विधिको पूर्णपालना गरी अरुलाई त्यसतर्फ प्रेरित गर्न आवश्यक रहेको बताए  । उनले भने, “सरकारलाई विश्वासमा लिएर संसद्लाई प्रभावकारी तुल्याउने काममा सचिवालयले भूमिका खेल्नुपर्छ, संसद् सेवालाई स्वायत्त र स्वशासित विशिष्ट सेवाका रूपमा गरिएको परिकल्पनालाई व्यवहारमा स्थिपित गराउनेतर्फ सरकारले विशेष ध्यान पुर्‍याउन आवश्यक छ ।” प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सुमनराज अर्याल र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले सङ्घीय संसद् र प्रदेशसभाबीच समन्वयको आवश्यकतामा जोड दिँदै व्यक्ति विशेष हितका लागि विधेयक ढिलाइ गर्ने तथा सदनमा प्रवेश पासका नाममा गरिएको झण्झटिलो अभ्यासलाई सुधार्न सुझाव दिए । सो अवसरमा प्रशासन सुधार सुझाव समिति, २०७० का संयोजक काशीराज दाहालले सरकारी सेवा सञ्चालनको सैद्धान्तिक पक्ष र संसद् सेवा तथा सचिवालयका सचिव सुदर्शन खड्काले संसद् सेवाको प्रभावकारिता : समीक्षा र आगामी कार्यदिशा विषयको कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा लोकतन्त्रलाई संस्थागत गर्न संसद्को भूमिकालाई परिणाममुखी बनाउन संसद् सेवाको जनशक्तिलाई सम्बद्ध विषयमा ज्ञान, सूचना र सीप विकास गरी क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको उल्लेख छ । संसद् सेवाका लागि विनियोजित बजेटको अवस्था, प्रशासनिक र कार्यगत स्वयत्तता, विज्ञता र कुशलता, कर्मचारी उत्प्रेरणा, सेवाको प्रतिष्ठाको अवस्था तथा अबको बाटो, कर्मचारीको वृत्तिपथलगायतका विषय कार्यपत्रमा समेटिएको छ । उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै सचिवालयका पूर्वसचिवद्वय मुकुन्द शर्मा र सोमबहादुर थापाले सिद्धान्तले मात्र संस्था नचल्ने भएकाले संसद् सेवालाई स्वावलम्बन, व्यावसायिक र प्रतिस्पर्धी बनाउने सन्दर्भमा सरकारले आवश्यक ध्यान पुर्‍याउन पर्नेमा जोड दिए । संसद् सचिवालयको स्थापना तथा संसद् सेवाको गठन र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न संसद् सचिवालयसम्बन्धी ऐन विसं २०५८ मङ्सिर २८ गते जारी भएको थियो । सचिवालयले स्थापना दिवसको अवसरमा संसद् सेवाको २१ वर्ष : सेवा प्रभावकारिताको विज्ञहरू आमन्त्रणा गरी समीक्षा गरेको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा शुक्रबार, पुस ४, २०८२
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता शुक्रबार, पुस ४, २०८२
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग बुधबार, पुस २, २०८२
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने बिहीबार, मंसिर २५, २०८२
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला मंगलबार, मंसिर १६, २०८२
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता सोमबार, मंसिर १५, २०८२
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP