Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • रेशम फिरिरि ....
रेशम फिरिरि ....
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २७, २०७९
matyangra
Hardik health
विश्वमाझ नेपाली एउटा गीतको संगीत धेरैले मन पराउँछन्, त्यो हो रेशम फिरिरि... । चाहे त्यो संगीतमा जे सुकै होस् मन परेपछि पर्‍यो पर्‍यो ।नेपालीलाई त आफ्नो भाका मन पर्छ नै तर त्यही गीत विदेशीहरूमाझ पनि अझै लोकप्रिय नै छ, र रहोस् पनि । मंसिर ४ गतेको निर्वाचनपश्चात् राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई घण्टीको रालोले निकै नै छट्पटाहट बनाएको छ । त्यही छट्पटाहटले गर्दा सत्ता लोलुपताका कारण अहिले सत्ताधारी विग्रेस पार्टीलाई पनि रेशम निकै मन परेको छ । विग्रेसको इतिहास नै पछिल्लो समय नामजस्तै काम हुन थालेको छ । त्यसमा मट्याङ्ग्रेहरूले सत्ताको स्वाद लिन पाएपछि किन छाड्थे र ! वाद, सिद्धान्त र विचार मारेर सत्ताको स्वाद लिन पल्केका मट्याङ्ग्राहरू आफ्नो स्वार्थ पूरा गर्नका लागि जे पनि गर्न सक्छन् भन्ने कुराको पुष्टि पुनः अध्यादेशले ल्याएको रेशम फिरि रिले गरिदिएको छ । सत्ताका लागि जोडघटाउमा लागेको वर्तमान ‘कठपुतली’ (जे मन लाग्यो त्यही गर्ने) सरकारले अहिले रेशमलाई निकै नै मन पराएको देखिन्छ । टीकापुर घटनाको मुख्य योजनाकारका रूपमा जेल रहेका रेशमलाई देउवा सरकारले जेल निकाला गर्ने भएछन् । ‘मट्याङ्ग्रे’ अध्यादेशबाट रेशमलाई जेल निकाला गरी ‘फिरिरि’ गराउने अरे । हुन त नेपालाँ अहिले न्याय भनेकै ज्यानमारा, भ्रष्ट, विखण्डनकारीहरूले पाउनुपर्ने हो । विचराहरू कत्ति दुःख गरेर ज्यान मार्छन् भ्रष्टाचार गर्छन्, देश टुक्रयाउनुपर्दछ भन्ने त्यस्ता न्याय पाउन नै सकेका छैनन् । यस्ता होनहारले त न्याय नपाएको बेला जनता बबुरोले के पाउँछन्, र कसरी पाउँछन् त ? यही मौकामा विचरा रेशमलाई जेल निकाला गर्नु कुनचाहिँ पाप भयो र ? डडेलधुराबाट देउ बा भन्दा भन्दै अहिले त दिउ वा भनेजस्तै भएछ । ‘काले काले मिलेर खाउँ भाले’ भन्दै बालकोटबाट उखान टुक्का आयो भने रिसाउँछन् व्वाँसाहरू । आफूमात्र खाउँ भन्छन् कि क्या हो ! छेपारे उखानजस्तो नागरिकलाई यो दिन्छु र त्यो दिन्छु भनेर ढाँटेको जस्तो कहाँ हुन्छ र । त्यसमाथि पनि जाबो पुलिसाँ एसपीलाई ढिस्याउँ गर्दिएको त हो ! नागरिक उन्मुक्तिका लागि पार्टीको उबेला ढिस्याउँ गर्दिएबापत जेल गाको मान्छेलाई बेला न कुबेला जेल निकाला गर्ने त महान् नेता हुन् । जेल निकाला त्यसै भइन्छ र ? जेल निकाला हुन त यस्तै एसस्पी, बालबालिका जोसुकै हुन् ढिस्याउँ गर्न सक्नुपर्दछ । जसले ढिस्याउँ गर्छ त्यसैले देश चलाउँछ । मट्याङ्ग्रे मुर्दार, खाली किचकण्डेजस्तो गर्छ । खुरुखुरु नियमानुसार आका गर्दिनु नि । हुन त देउवाले पनि आका गर्दै रेशम फिरिरि गर्दिएका हुन् अध्यादेशमार्फत । रेशमको योगदानको कदर गर्दै बर्दिया र कैलालीका जनहरूले उनका अर्धांगिनीलाई मात्र होइन पिता महोदयलाई पनि मंसिर ४ मा पुष्प गुच्छासँग भारी मतले सेतो घरमा पुर्‍याइसकेका छन् । अब त दुई–चार दिनमा सेता घरमा पुग्ने छन् अनि त ढिस्याउँ गर्नेहरूसँगै कुम जोड्दै जनहरूलाई थर्काउने छन् । उ बेला जे भन्ने पापीले रेशम फिरिरि भन्दै सारंगी रेटेका थिए रे, ‘सेतासेता कपडामा कालाकाला मान्छे जनताद्धारा जनताले जनतालाई भन्थे कंगाल भए जनता नांगो पारेर यो देशको काट्टो खानेहरूले’हुन पनि अहिले त्यस्तै देखिन्छ । जनताले साधारण गल्ती गरे जीन्दगी भरी जेल कोच्ने कानून र ज्यान मारेर जेल गएकाहरूलाई सत्ताको स्वार्थका लागि जेल निकाला गर्ने महान नीति निर्माण गर्ने हाम्रा देउऽ बा जस्ता महान् पर धानमन्त्री भएपछि मट्याङ्ग्राहरूले धेरै फूर्ति नलगाए हुन्छ । न्याय नपाए गोर्खा जानु भन्ने उक्तिले काम गर्दैन अब । पाप धुरीबाट कराउँछ पनि होइन अब । पाप संसद्मा छिर्छ, नीति निर्माण गर्छ र जनता बबुरलाई थिच्नुसम्म थिच्छ भन्ने मट्याङ्ग्रे सिद्धान्तमा छ । अनि त्यही मट्याङ्ग्रेवादबाट प्रेरित भएको छ । त्यसले त्यो पापीले गीत सारंगी रेटेजस्तै जनतालाई महँगी, अन्याय, अत्याचार, भ्रष्टाचारले रेटिरेटि रेशम फिरिरि गर्ने हो । ‘संविधानकाँ नुन, ऐन, जनताहरूलाई मात्र छैन चैन ।’ जसले सक्छ त्यसले हान्छ भन्थे उ बेला । अब त्यस्ता मट्याङ्ग्राका गुलेलीले पनि काम छैन । गोली बारुदले ढिस्याउँ ढिस्याउँ गरेर सत्तामा पुग्ने अनि शोकलाई शौखमा बदल्ने साम्यवाद पाएपछि कसका बाउका के जान्छ । बरु रेशम फिरिरि गरिन्छ । काम नभएको नुन मट्याङ्ग्रेको भाषामा काँ ऽ नुनले देश, जनता चल्ने हो । नेता चल्ने होइन । नेता भएपछि नेताअनुसार कानुन चल्ने हो, खै कुरा बुझ्या मट्याङ्ग्राले ! मिल्ने भए मध्यरातमा पनि सुर्जेलाई दक्षिणमा ल्याएर राखिदिन्थे । घडीको सुई पनि रोकिदिन्थे । त्यही भएर त निर्वाचन भएर नयाँ कथा कोर्ने कथाकारहरू सेता घरमा छिर्नुअघि नै अध्यादेश ल्याउन परेको छ नि विचरा देउवालाई । उनका सारथीहरू ढेऽउवा खोज्दै छन् । ढिस्याउँ ढिस्याउँ गर्दै शोकलाई शौखमा बदल्नेहरूलेसाथ दिएका छन् । त्यसमा पनि अब त जाबो एसपीलाई ढिस्याउँ गर्दिएकै भरमा जेल बस्नु भनेको  ठूलो अन्याय पो हुन्छ त । त्यही अन्याय भो भनेर बा र स्वास्नीलाई समेत सत्तामा पर्दापण गराउनका लागि जेल निकाला गर्दै रेशम फिरिरि गाउँदै छन्, अहिले देउऽ वा र ढेउवाहरु !
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  ०९:१४
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP