Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मनोज र रेशम जेलमा
मनोज र रेशम जेलमा
admin123
admin123 बुधबार, फागुन ४, २०७३
Hardik health
नेपालगञ्ज-सामाजिक परिवर्तनको सम्बाहकको रुपमा क्रियाशिल गैर सरकारी सँस्थाहरुको योगदानको जति कदर हुनुपथ्र्याे, त्यति हुन सकिरहेको छैन । त्यसको बिपरित गैर सरकारी संस्थाहरुलाई बिभिन्न आरोपहरु लगाईन्छ । यसो हुनुको पछाडी केही लोभिपापी गैससहरुको कार्यशैलि प्रमुख कारक हो । केही गलत दुरासय पालेका गैससहरुका कारण सिङ्गो गैसस क्षेत्र बदनाम भईरहेको छ । गलत व्यक्तिहरुको गलत प्रबृत्तिका कारण सबै गैससहरुलाई एउटै डालोमा हालेर हेर्ने गरिएको छ । गैर सरकारी सँस्थाहरु सामाजिक बिकास र परिवर्तनका लागि स्थापित हुन्छन्, त्यहि अनुसार उनीहरु क्रियाशिल हुनु पर्ने हो । तर कतिपय संस्थाहरु त्यसको बिपरित कार्य गरिरहेका छन् । प्रसङ्ग नेपालगञ्जमा क्रियाशिल गैर सरकारी सँस्था पडित जनजेवा बिकास कार्यक्रमको हो । जुन संस्थामा केही समय पहिले कार्यरत मनोज परियारले संस्थाका अध्यक्ष रेशम परियारलाई गुमराहमा पारेर सँस्थाको दुरुपयोग गर्दा जेलको बास बस्नुपरेको छ । जानकारी अनुसार, मनोजले रेशमलाई समाज कल्याण मन्त्रालयबाट ठूलो परियोजना आउन थालेको भन्दै सबै कागजात मागे । शाखा बर्दियामा स्थापना गरि परियोजना सञ्चालन गर्ने र सो बाफत शुरुमैं केन्द्रलाई ४० हजार रकम बुझाउने भनेपछि कार्यक्रम÷परियोजना केही नभएर आत्तिएका रेशमले मनोजलाई पत्याए र सबै कागजात दिए । मनोजले २०७३ जेष्ठमा जिल्ला प्रशासन कार्यालय बर्दियाबाट कुनै अनुमति नलिई १८ जना कर्मचारी माग गर्दै सूचना प्रकाशन गरे । एक परियोजनाका लागि भन्दै १६ वटा गाविसका लागि माग गरिएका कर्मचारीहरुबाट आवबेदन शुल्क बाहेक संस्थागत बिकासका लागि भनेर माटो रकम मनोजले असुल गरे । लेखापाल, सामाजिक परिचालकको रुपमा आवश्यकता मागेका उनले आफैलाई संयोजकको रुपमा घोषित गरेका थिए । कर्मचारी छनौट गरिसकेपछि पदनाह, मोहम्मदपुर, गुलरिया, सोरहवा, मैनापोखर, मोतिपुर, कालिका लगाएतका गाविसहरुमा कर्मचारीहरुलाई समूह निर्माण गर्न लगाईयो बचतका लागि । उनीहरुले कार्यक्रम आउँछ भन्दै बचत गराए । बचत गरेको सबै रकम १३ लाख कर्मचारीहरुले संस्थालाई बुझाए । तर त्यहि रकम पनि हिनामिना भएको जानकारी समूदायका व्यक्तिहरुले पाएपछि मनोजको ठगिधन्दा बारे खुलाशा भयो । संस्थाका अध्यक्ष रेशमलाई ४० हजार दिन्छु भनेर बिश्वासमा लिएका मनोजले ४ हजार रकम मात्र दिएर उनलाई गुमराहमा पारे । एभरेष्ट बैंकमा खाता खोलेका मनोजले बैंकको चेकमा समेत नक्कलि हस्ताक्षर गरेको जानकारी प्राप्त भएको छ । यसरि सुनियोजित ढँगले भर्ना गरिएका कर्मचारी, संस्थाका पदाधिकारी र समुदायलाई ठगेको जानकारी भएपछि जिल्ला प्रशासन कार्यालय बर्दियामा उजुरी प¥यो । दशैं भन्दा अगाडी १ लाख १३ हजार फिर्ता गर्ने सहमति जिल्ला प्रशासन कार्यालयमा भयो । उक्त सहमति पनि कायम नहुने संकेत पाएपछि कार्वाहीको प्रकृया अगाडी बढ्यो । जिल्ला प्रशासन कार्यालयले मनोज र रेशमलाई ठगि मुद्धामा प्रहरी हिरासतमा राख्ने निर्णय ग¥यो भने बर्दिया जिल्ला अदालतले पौष १९ गते दुबै जनालाई १३÷१३ लाख बिगो माग गर्दै ३ बर्ष जेल सजाए हुने फैसला गरेको छ । हाल उनीहरु दुबै जना बर्दिया जिल्ला कारागारमा छन् । रेशम निर्दाेश भएता पनि संस्थाको अध्यक्ष भएकै कारण सजाए भोग्न बाध्य भएको रेशमका आफन्त किरण गिरीले बताए । जिल्लाको फैसला चित्त नबुझेका कारण पूनराबेदन गर्न लागेको उनले बताए । फितलो ऐन, कानुनको कार्यान्वयन र अनुगमनको अभावमा यस्ता घटनाहरु घट्ने गरेका छन् । यस्ता घटनाहरु हुन नदिन सम्बद्धहरु समयमै सचेत रहन र समुदायवासी पनि चनाखो हुन जरुरी छ ।
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७३  १७:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु बिहीबार, पुस १०, २०८२
विभिन्न समुदायका पर्वले मेलमिलापको वातावरण बनाएका छन् : कावा सभापति खड्का
विभिन्न समुदायका पर्वले मेलमिलापको वातावरण बनाएका छन् : कावा सभापति खड्का बिहीबार, पुस १०, २०८२
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल बुधबार, पुस ९, २०८२
शेखर–गगन नै सार्ने माहोल बनाउँदै
शेखर–गगन नै सार्ने माहोल बनाउँदै बुधबार, पुस ९, २०८२
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा बुधबार, पुस ९, २०८२
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा मंगलबार, पुस ८, २०८२
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP