Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अन्तरधार्मिक बिबाहले समाज जोड्दै
अन्तरधार्मिक बिबाहले समाज जोड्दै
admin123
admin123 बिहीबार, पुस २८, २०७३
Hardik health
नमस्कार शाह नेपालगञ्ज-नेपाली समाजमा अझैपनी धार्मिक र जातिय भेदभावको अन्त्य भईसकेकोछैन । २१ औं शताव्दि सम्म पूगिसक्दा पनि समाज अन्र्तजातिय र अन्र्तधार्मिक विवाह स्वीकार गर्न तयार छैन । सामाजिक मान्यता, चलन, संस्कार आदिका कारणले अन्तरजातिय तथा अन्तरधार्मिक बिबाह समाजमा अझैं सामान्य भईसकेको छैन । यहि बैबाहिक कारणले पनि समाजमा कहिलेकाहिँ सामाजिक सदभाव खल्बलिने गरेको छ भने कहिले काहिँ यस्तै अन्तरजातिय र अन्तरधार्मिक बिबाहले समाजलाई जोड्ने काम गर्दछ, समाजमा सदभाव कायम गर्न मद्धत गर्दछ । समाजमा सामाजिक सदभाव कायम गराउनका लागि सरकारी तथा गैरसरकारी तवरबाट बिभिन्न प्रयासहरु पनि भईरहेका छन् । यहि सन्दर्भमा यु.एन.डी.पी.को सहयोगमा बास नेपालगञ्जले बाँकेको राप्तिपारीका छ वटा गा.वि.स. क्रमसः बैजापुर, विनौना, फत्तेपुर, गंगापुर, मटेहिया र कटकुइयाँ मा सामाजिक सद्भावका लागि लोकतान्त्रिक सहभागिता परियोजना सन्चालन गरेको छ । जस अन्र्तगत बासले कट्कुईयाँ गाविसमा आयोजना गरेका बिभिन्न गतिबिधिहरुमा सहभागिता जनाउने मध्येकि एक थिईन् —कटकुइयाँ गा.बि.स. वडा नम्बर ८ शुईयाँकी विजुला के.सि. । जो आफै सामाजिक सदभावका लागि उदाहरणिय व्यक्ति रहिछन् । जसको उपस्थितीले बिबिध कार्यक्रमहरुमा सामाजिक सदभावका बिषयमा छलफल गर्न सहज भएको थियो । उनको अनुभवले सामाजिक सदभावका लागि उत्प्रेरणा प्रदान गर्ने काम भएको थियो । बिजुला नेपालको मध्यपश्चिममाञ्चल विकास क्षेत्रको पहाडी जिल्ला जाजरकोटमा जन्मिएकी हुर्किएकी र त्यहीं विवाह गरेकी उनी अहिले बाँके जिल्लाको बिकट क्षेत्र राप्तिपारीको बघौडा भनिने मधेसीहरुको बाहुल्यता कटकुईयाँमा आफ्नो जीवनयापन खुशी साथ विताई रहेकी छिन् । नेपाल प्रहरीमा कार्यरत एकजना व्यक्ति संग विहे गरेकी उनी अहिले मुस्लिम धर्मावलम्बि तावु मास्टरसंग दोश्रो विहे गरेर बसेकी छिन् । २९ बर्ष पहिले आफ्नी २ बर्षिया छोरी मिना के.सी.लाई लिएर मास्टरसंग उनले दोश्रो विहे गरेकी थिईन् । मास्टरसंग विहे गर्नुभन्दा पहिले उनी संग एक छोरा र एक छोरी थिए । पहिलेको श्रीमानले मदिरा सेवन गरेर नियमितरुपमा शारीरिक तथा मानसिक तनाव दिने गरेकाले मास्टरसंग विहे गरी नयाँ जीवनको सुरुवात गरेको उनले बताइन् । आफु बिहे गरेर आएको केही समय पछी छोराले आफुलाई खोज्दै आएर अहिले आफुसंगै बसेको उनको भनाई छ । उनी आफु मास्टरकी कान्छी श्रीमती भएको बताइन् । यसबाट प्रश्ट हुन्छ, दुबैको बिहे दोश्रो बिहे हो । उनले भनिन— मास्टर संग बिहे गरेर आउँदा शुरुमा स्थानीय महिलाहरुले मलाई देख्दा मुख छोपेर हिँड्ने, मलाई हेला गर्ने र होच्याउने गर्थे । अहिले आएर म बाट धेरै कुरा सिकेका छन । पहिले समुदायका महिला बाहिर आउँथेनन् मैले पसल सञ्चालन गरी राम्रो आयआर्जन गरेको देख्दा उनिहरुलाई प्रेरणा मिलेको छ । समुदायका महिलाहरु अहिले बाहिर खुलेर आउने गरेको महसुस गरेकि छु —उनले भनिन् —म हिन्दु परीवारमा जन्मे र हुर्केको मान्छे मुस्लिम संग विहे गरेकी छु । तर म स्वतन्त्र छु, मलाई कुनै रोकतोक छैन । हिन्दु धर्मावलम्विको चाडबाडमा सबै परीवार मिलेर मनाउछौं, अनि इस्लामिक धर्मावल्बिहरुको चाडबाडमा पनि सपरीवार मिलेर चाडपर्व मनाउने गर्छाै । मलाई सुरुमा मुस्लिम महिलाहरुले लगाउने पहिरन बुर्का लगाउन परिवारका सदस्यहरुले दबाव दिएका थिए तर मैले लगाउन मानेन । श्रीमान बुझ्ने र मलाई माया गर्ने हुनाले कसैले केही भन्ने आँट गरेन । यदी श्रीमान श्रीमती एक भएमा समाजले जती नानाथरी गरेपनी पछी गएर स्विकार गर्ने मेरो अनुभव छ —बिजुलाले भनिन्— मेरो श्रीमानले कपडा सिलाउने पसल चलाउनु भएको छ । मैले विहे गरे पछी घरको आर्थिक तथा सामाजिक रुपमा श्रीमानको मानप्रतिष्ठा बढेको छ । आफूले मुस्लिमसंग बिहे गरेपनी छोरीलाई पहाडीसंग विहे गरिदिने सोच बनाएकि उनकी छोरीको बिहे पनि मुस्लिम परीवारमानै भयो । उनकी छोरीको एउटा बच्चा छ । छोरीको श्रीमान बिदेश छन् । सामाजिक सदभावका लागि लोकतान्त्र्रिक सहभागीता कार्यक्रमले मलाई अझ समाजमा खुलेर बाँच्न प्रेरणा दिएको छ —के.सी. भन्छिन् —सामाजिक सदभाव कार्यक्रम सुरु भए पश्चात मैले अरुलाई समेत अन्र्तधार्मिक बिवाह र सामाजिक सदभावका बारेमा जनचेतना फैलाउँदै हिँडिरहेकि छुँ । बिजुलाको यो कार्यले समाजमा प्रेरणा र चेतना प्रदान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  १७:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु बिहीबार, पुस १०, २०८२
विभिन्न समुदायका पर्वले मेलमिलापको वातावरण बनाएका छन् : कावा सभापति खड्का
विभिन्न समुदायका पर्वले मेलमिलापको वातावरण बनाएका छन् : कावा सभापति खड्का बिहीबार, पुस १०, २०८२
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल बुधबार, पुस ९, २०८२
शेखर–गगन नै सार्ने माहोल बनाउँदै
शेखर–गगन नै सार्ने माहोल बनाउँदै बुधबार, पुस ९, २०८२
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा बुधबार, पुस ९, २०८२
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा मंगलबार, पुस ८, २०८२
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP