Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #विप्रेषण
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
विश्व
  • Home
  • विश्व
  • क्यानडामा हुवावेकी मेङको प्रत्यर्पणका लागि सुनुवाइ सुरू
क्यानडामा हुवावेकी मेङको प्रत्यर्पणका लागि सुनुवाइ सुरू
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ७, २०७६
Hardik health
भ्यानकुभर, क्यानडा– चिनियाँ टेलिकम कम्पनी हुवावेका वरिष्ठ कार्यकारीका लागि प्रत्यर्पण सुनुवाइको पहिलो चरण सोमबार क्यानडास्थित भ्यानकुभर अदालतमा शुरू भएको छ । यस मुद्दाले बेइजिङ क्रुद्ध भएको छ भने चीन र संयुक्तराज्य अमेरिकाबीच प्रविधि युद्ध जारी रहेको सङ्केत गरेको छ । क्यानडाले सन् २०१८ मा अमेरिकाको अनुरोधमा हुवावेका संस्थापककी छोरी एवं हुवावेकी मुख्य वित्तीय अधिकारी मेङ वेनझाउको गिरफ्तारीले बेइजिङलाई चकित पारेको थियो । सूचना प्रविधिका क्षेत्रमा महान शक्ति बन्ने चीनको महत्वाकाङ्क्षालाई हुवावेले प्रतिनिधित्व गरिरहेको छ, तर हुवावे वर्षौंदेखि अमेरिकाको सुरक्षा चिन्ताको विषय बनेको छ । बेइजिङले मेङको मामलालाई चीनको उदयलाई रोक्ने अमेरिकी कदमको रूपमा हेर्दछ । ‘यो चिनियाँ सरकारको सर्वोच्च प्राथमिकताको मुद्दा हो । तिनीहरू असाध्यै मूर्ख छन् । उनीहरूले यो मुद्दालाई नजिकबाट नियालीरहेका छन्,’ ब्रिटिश कोलम्बिया विश्वविद्यालयको एसियाली अनुसन्धान संस्थानका अनुसन्धाता वेनरान जियाङले बताए । वासिङटनले हुवावेमाथि अमेरिकी प्रतिबन्धहरूको उल्लङ्घन गरी इरानमा हङकङको एक बैंकमार्फत हुवावेका उपकरणहरू बिक्री गरेको आरोप लगाएको छ । इरानसँगको व्यापारिक कारोबारमा हुवावेकी प्रमुख वित्तीय अधिकारी मेङले एचएसबीसी बैंकलाई भ्रमित पारेर धोखा दिएको अमेरिकी आरोप छ । क्यानडाको एक अदालतबाट देश छाड्न नपाउने गरी जमानतमा मुक्त भएकी मेङ भ्यानकुभरमा आफ्नै स्वामित्वमा रहेका घरमा बस्दै आएको हो । उनले अमेरिकी आरोपको निरन्तर खण्डन गरिरहेका छन् । मेङको प्रतिरक्षा गरिरहेका वकिलहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका टिप्पणीहरूबाट यो मुद्दा राजनीतिक प्रेरित रहेको पुष्टी भएको दाबी गरेका छन् । हवाई उडान परिवर्तन गर्नेक्रममा डिसेम्बर २०१८ मा भ्यानकुभरमा क्यानडाली अधिकारीहरूले मेङलाई गिरफ्तार गरेका थिए । यसै दिन ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच व्यापार वार्ताका सन्दर्भमा भेटघाट पनि भएको थियो । अभियोजकहरूले मेङको मामला व्यापार विवादबाट अलग रहेको जनाएका छन्, तर ट्रम्पले व्यापार वार्तामा मद्दत पुग्ने अवस्था देखिए आफूले मुद्दा सुल्झाउन हस्तक्षेप गर्ने बताएर यो मुद्दा राजनीतिक प्रेरित रहेको सङ्केत गरेको हो । गत हप्ता चीन र अमेरिकाबीच ‘पहिलो चरण’ को व्यापार सम्झौता भएको थियो, तर धेरै विश्लेषकहरूको विचारमा अमेरिकाको मुख्य चासोको सूचना प्रविधिको विषयलाई सम्बोधन गर्न वर्षौं लाग्नेछ । ट्रम्पले हुवावेको भाग्य व्यापार वार्तामा मोलतोलको रूपमा प्रयोग गर्ने सम्भावना देखाएका भए पनि बुधबार घोषणा गरिएको सम्झौतामा कम्पनीका विषयमा केही उल्लेख गरिएको छैन । मोबाइल फोनसेट र इन्टरनेट कम्पनीहरूका लागि हुवावे नेटवर्क गियरको सबभन्दा ठूलो विश्वव्यापी आपूर्तिकर्ता हो । वाशिङटनले हुवावेका प्रविधिको प्रयोग सीमित गर्न अरू देशहरूलाई दबाब दिएको छ । हुवावेका उपकरणहरू देशको सुरक्षाका दृष्टिबाट निकै जोखिमपूर्ण रहेको अमेरिकी आरोप छ । ‘मेरो विचारमा यो वैचारिक मोर्चासँगै प्राविधिक युद्धको शुरुआत हो,’ टोरोन्टो विश्वविद्यालयका प्राध्यापक लिनेट ओङले बताए । ‘तपाईंले अबको विश्व दुई भागमा विभाजित भएको देख्नु हुनेछ । एउटा पक्षले चिनियाँ कम्पनीहरूका उपकरण प्रयोग गर्नेछन् भने अर्को पक्षले चिनियाँ कम्पनीहरूका सामान बहिस्कार गर्नेछन् ।’ वासिङटनस्थित रणनीतिक र अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका जेम्स लेविसले अमेरिकाले मेङलाई पक्राउ गर्दा हुवावेले जानाजान प्रतिबन्धहरू उल्लङ्घन गरेका आफूसँग बलिया प्रमाणहरू रहेको दाबी गरेको बताएका छन् । ‘अब चीन विकासशील मुलुक मात्र हो भन्ने छैन, चीन अब विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको बलियो मुलुक भइसक्यो । अब चीनले जिम्मेबार भएर प्रस्तुत हुनुबाहेक अर्को विकल्प छैन,’ लेविसले भने । मेङको प्रत्यर्पण सुनुवाइका क्रममा उहाँले अमेरिकी र क्यानडाली कानुनको उल्लङ्घन गरे नगरेको बारेमा बहस हुनेछ । मेङका वकिलहरूले शुक्रबार एउटा प्रस्ताव पेस गरेका छन् जसमा मेङमाथि धोखाधडीको मुद्दा नभई अमेरिकी प्रतिबन्धहरूका बारेमा मात्र हो भनिएको छ । क्यानडाले इरानमाथि समान प्रतिबन्ध लगाएको छैन । यो प्रत्यर्पण मामला समाधान गर्न केही वर्ष लाग्न सक्छ । वास्तवमा क्यानडाबाट संयुक्तराज्य अमेरिकामा हुने सबै प्रत्यर्पण अनुरोधलाई क्यानडाली न्यायाधीशले अनुमोदन गर्नु पर्दछ । मेङको पक्राउको विरोधस्वरूप चीनले क्यानडाका पूर्वकूटनीतिज्ञ माइकल कोभ्रिग र क्यानेडाली उद्यमी माइकल स्पाभोरलाई पक्राउ गरेको थियो । ती दुई व्यक्तिलाई वकिल र परिवारको पहुँच अस्वीकार गरिएको छ, उनीहरूलाई जेलमा राखिएको छ । चीनले क्यानडाबाट आयात हुने तेल बीज र मासुसहितका विभिन्न सामानको आयातमा प्रतिबन्धहरू लगाएको छ । ‘क्यानडाले अमेरिकासँगको आफ्नो प्रत्यर्पण सन्धिका सर्तहरू पूरा गरिरहेको छ तर यसको ठूलो मूल्य चुकाउनु परिरहेको छ,’ क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रूडोका पूर्वविदेश नीति सल्लाहकार रोलान्ड पेरिसले बताए । ‘हामी अहिले बाँचिरहेको यो त्यस्तो प्रकारको संसार हो जहाँ क्यानाडाजस्ता देशहरू खुम्चिएर खतरामा बाँच्नु परिरहेको छ ।’ (रासस÷एपी)
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  ०९:११
प्रतिक्रिया दिनुहोस्
थप विश्व
डेमोक्र्याटिक पार्टीका सांसदलाई ट्रम्पद्वारा माफीको घोषणा
डेमोक्र्याटिक पार्टीका सांसदलाई ट्रम्पद्वारा माफीको घोषणा शुक्रबार, मंसिर १९, २०८२
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द शुक्रबार, मंसिर १९, २०८२
बेलायती पोर्न कम्पनीलाई १० लाख पाउन्ड जरिवाना
बेलायती पोर्न कम्पनीलाई १० लाख पाउन्ड जरिवाना शुक्रबार, मंसिर १९, २०८२
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी बिहीबार, मंसिर १८, २०८२
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’ बिहीबार, मंसिर १८, २०८२
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो बुधबार, मंसिर १७, २०८२
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP