Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • लिबिया सम्मेलनका सहभागीहरू शान्ति स्थापनामा सहमत
लिबिया सम्मेलनका सहभागीहरू शान्ति स्थापनामा सहमत
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ७, २०७६
Hardik health
बर्लिन–जर्मनीको बर्लिनमा आइतबार शुरु भएको लिबिया सम्मेलनका सहभागीहरू लिबियामा जारी द्वन्द्वको अन्त्यका लाागि हतियारको प्रयोग निषेध गर्ने विषयमा सहमत भएका छन् । उक्त सम्मेलनका सहभागीहरूबीच द्वन्द्व समाधान गर्न विषयमा छलफल भएको जर्मन चान्सलर एञ्जेला मर्केलले जानकारी दिनुभयो । उनले भने, हामी यस सम्मेलनमा हतियारको प्रयोग रोक्ने र शान्ति स्थापनाका लागि सबैले पहल गर्ने एक गम्भीर विषयमा सहमति जनाएका छौँ । उनले बर्लिन सम्मेलनले अघि सारेको यस सहमतिले आगामी दिनमा लिबियामा शान्ति स्थापनाका लागि सहयोग पुर्याउने धारणा उक्त सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा राखे । यस सहमतिले लिबियामा शान्ति स्थापनाका लागि जारी प्रयासहरूमा एक ठूलो योगदान पुर्याउने धारणा पनि जर्मन चान्सलर मर्केलले राखेको हो । आइतबार बर्लिलनमा शुरु भएको यस सम्मेलनमा टर्की, रसिया र फ्रान्सका राष्ट्रपतिहरूलगायत विश्वका नेताहरू सहभागी भएको छ । लिबियामा युद्ध अन्त्य गर्ने उद्देश्यले जर्मन चान्सलर मर्केलको संयोजकत्वमा उक्त सम्मेलनको आयोजना गरिएको हो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेससँग परामर्श गरेर सम्मेलनको आयोजना गरिएको थियो । सो सम्मेलनमा मध्यस्थताका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रो र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सहभागी छन् । लिबियामा जारी द्वन्द्व अन्त्यका लागि आवश्यक सहयोग जुटाउने विषयमा पनि छलफल भएको थियो । हाल लिबियाका प्रधानमन्त्री फायज अल–साराजलाई राष्ट्रसङ्घले मान्यता दिएको छ । उक्त सम्मेलनमा सहभागिता जनाउन लिबियाली प्रधानमन्त्री साराज र त्यहाँका विद्रोही नेता हङ्खतार पनि बर्लिन पुगेको समाचारमा जनाइएको थियो । सो पत्रकार सम्मेलनमा मर्केलले भने, यो सम्मेलनबाट हामी निकै खुशी भएका छौँ र मलाई लाग्छ अब आगामी दिनमा यहाँ शान्ति स्थापना गरी सबै पक्ष मिलेर अघि बढ्ने बाटो खुलेको छ । उनले लिबियामा शान्ति प्रक्रियाका लागि यो पहिलो पाइला भएको पनि बताए । यही हतियारको प्रयोग निषेधित भएको समयको सदुपयोग गरेर आगामी दिनमा अघि बढ्नुपर्ने उनले बताए । उक्त सम्मेलनपछि ५५ बुँदे सहमति पत्र पनि जारी गरिएको छ । सम्मेलनका सबै सहभागीहरूले ती ५५ बुँदामा सहमति जनाएका छन् । उक्त सहमतिअनुसार हतियारको प्रयोग निषेध गरिएको अवस्थाको निरीक्षणका लागि पनि एक समूह गठन गरिने छ र त्यसका आधारमा त्यहाँ हतियारको दुरूपयोग भए नभएको बारेमा निरीक्षण गरिने छ । यस सहमतिको संयुक्त राष्ट्रसङ्घले पनि सहमति जनाएको छ । संयुक्त राष्ट्रसङ्घ महासचिव गुटेर्रेसले यस सहमतिले लिबियामा शान्ति स्थापनाका लागि सहयोग पुर्याउने धारणा राखेका छन् । (रासस÷सिन्ह्वा)
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  ०८:४६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP