Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
अर्थ
  • Home
  • अर्थ
  • एमसीसीको ठेक्का आह्वान
एमसीसीको ठेक्का आह्वान
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १२, २०७९
Hardik health
काठमाडाैं - मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको अनुदानमार्फत बन्ने विद्युत् प्रसारण लाइनको लागि अन्तर्राष्ट्रिय ठेक्का आह्वान भएको छ । मिलेनियम च्यालेन्ज एकाउण्ट एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो प्रसारण लाइन निर्माणको लागि ४४ अर्ब रुपैयाँको ठेक्का आह्वान गरेको हो । ४ सय केभी क्षमताको प्रसारणलाइनको लागि तीन वटा खण्ड बनाएर ठेक्का आह्वान भएको छ । लप्सीफेदी–रातमाटे–हेटौंडा, लप्सीफेदी-दमौली र दमौली-न्यु बुटवल गरी तीन वटा खण्डको लागि एमसीए नेपालले ४ महिनाको समय राखेर ठेक्का निकालेको छ । इ च्छुक कम्पनीले २७ मार्चसम्म आवेदन दिन सक्नेछन् । २९ अर्ब ६४ करोड रुपैयाँ प्रसारणलाइन र १४ अर्ब ८२ करोड रुपैयाँ सब-स्टेशनको लागि खर्च हुनेछ । आयोजनाको काम आउँदो भदौमा सुरु हुनेछ । काम सुरु भएको मितिले ५ वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने विषय संसदबाटै पारित भइसकेको छ । आयोजना समयमै सक्नको लागि र कुनै विवाद आएमा तत्कालै समाधान गर्नको लागि एमसीसी सम्झौतालाई संसदले नै अनुमोदन गरेको छ । एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड डलर गरेर ६३ करोड अमेरिकी डलरमा विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिको काम हुन लागेको हो । काठमाण्डौको लप्सीफेदीबाट सुरु भएको तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन नुवाकोटको रातामाटे पुग्नेछ । त्यहाँबाट एउटा लाइन हेटौंडा र अर्को दमौली हुँदै बुटवल पुग्नेछ । प्रसारण लाइन र सबस्टेशनमा तामाकोसी, सुनकोसी, भोटेकोसी, त्रिशुली, मर्स्याङ्दी र कालीगण्डकी नदी बेसिनका कैयौँ आयोजनाको बिजुली जोडिनेछ । यो लाइनले तीन हजार मेगावाट बिजुली बोक्नेछ ।बुटवल पुगेको लाइनलाई भारतको गोखरपुरसम्म पुर्‍याउनका लागि नेपाल र भारतले संयुक्त कम्पनी बनाएर न्यु बुटवल–गोरखपुर प्रसारण लाइन बनाउँदैछ । यस्तै सडक स्तरोन्नतितर्फ दाङ र कपिलवस्तुको धानखोलाबाट दाङ र बाँकेको सीमाना शिवखोलासम्मको ७७ किलोमिटर सडकलाई अत्याधुनिक प्रविधिमार्फत स्तरोन्नति गरिनेछ । यो प्रविधि नेपालमै पहिलो हुने एमसीए नेपालले जनाएको छ ।  
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १९:३१
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा शुक्रबार, पुस ४, २०८२
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता शुक्रबार, पुस ४, २०८२
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग बुधबार, पुस २, २०८२
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने बिहीबार, मंसिर २५, २०८२
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला मंगलबार, मंसिर १६, २०८२
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता सोमबार, मंसिर १५, २०८२
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP