काठमाडौं - काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट श्रृङ्खलावद्ध रुपमा मोटरसाइकल चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेकाे छ ।
विभिन्न स्थानबाट श्रृङ्खलावद्ध रुपमा मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको आरोपमा सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको हाे ।
सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ४ घर भई हाल ललितपुरको इमाडोल बस्ने २८ वर्षीय भूपेन्द्र बहादुर बुढामगरलाई चोरी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
विभिन्न स्थानहरुमा पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी भएको सूचना आएपछि प्रहरी टोलीले एयरपोर्टबाट उनलाई पक्राउ गरेको जनाइएकाे छ ।
उनको साथबाट भक्तपुरको राधेराधे स्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट चोरी भएको मोटरसाइकल बरामद भएको छ ।
यस्तै विभिन्न मितिमा उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङबाट ३ थान मोटरसाइकल चोरी गरेको खुल्न आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ १७:१३