काठमाडौं-जुवातास खेलिरहेको अवस्थामा नाै जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ४५ वर्षीय माधव लाल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा चितवन घर भई काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने २८ वर्षीय रमेश घिमिरे लगायत ८ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ५ सय २९ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ १६:२८