काभ्रे- काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद बास्कोटा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य शिव प्रसाद हुमागाईंलाई ५८६३ मतले पछि पार्दै बास्कोटा विजयी भएका हुन् ।
बास्कोटाले ४५३४५ मत पाउनुभएको छ भने उहाँका निकटतम प्रस्पिर्धी हुमागाईंले ३९४८२ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी १०५७३ ल्याएका छन् ।
बास्कोटा यस अघिको २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नं २ बाटै निर्वाचित भएका थिए । बास्कोटाले निर्वाचित भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए ।
प्रतिनिधि सभा क्षेत्र नं २ मा बास्कोटासँग १६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । काभ्रेका कूल मतदाता ३ लाख १० हजार ६३ मतदातामध्ये क्षेत्र नं १ लाख ५७ हजार ४ सय ४२ छन् ।
मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा जिल्लामा खसेको कूल मत १ लाख ८७ हजार ३ सय ३० मतमध्ये क्षेत्र नं २ मा १ लाख ३ हजार ३ सय ९१ मत खसेको थियो ।
काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं १ मा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काभ्रेका प्रदेशका चारै निवार्चन क्षेत्रको मतगणना भने सम्पन्न भइ मतपरिणाम सार्वजनिक भइसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ १४:५१