Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • उद्यान पर्यटकले भरिभराउ टीकापुर
उद्यान पर्यटकले भरिभराउ टीकापुर
आइतबार, कात्तिक २०, २०७९
Hardik health
काठमाडौं– दसैँ–तिहारपछि कैलालीको टीकापुर उद्यान पर्यटकले भरिभराउ भएको छ । पार्कमा विशेष गरी देउसीभैँलो खेलेर वनभोज (पिकनिक) खान आउने बढी भरिन्छन् । यसका साथै देशका विभिन्न जिल्लाका आन्तरिक पर्यटक एकपटक घुम्नैपर्ने ठाउँ भन्दै पार्क हेर्न आउने गर्दछन् । आज भोलि पार्कमा दैनिक एक हजारदेखि तीन हजारसम्म पर्यटक पुग्ने गरेका छन् । पार्कमा देशका अधिकांश जिल्लाका मानिस पुग्छन् । पार्कमा पूर्व झापासम्मका पर्यटक आउने गर्दछन् । झापाबाट पार्क घुम्न आउनुभएका सुभाष शर्माको परिवारले पार्क निकै रमाइलो मानेको बताए । “तिहारमा जम्मा भएका परिवार घुम्न भनेर आएका हौँ, टीकापुर पार्क र कर्णाली पुल चिसापानी हेर्नकै लागि यहाँ पुगेका हौँ”, उनले भने, “पार्कमा पुगेपछि स्व राजा महेन्द्र बसेको आवास पनि हेर्यौँ, पार्क किनारमा कर्णाली बगिरहेको रहेछ, यहाँ पुगेपछि शान्त महसुस हुनुका साथै रमाइलो भयो ।” कपिलवस्तुको चन्द्रौटका हरिप्रसाद सुवेदीको परिवार पनि पार्कमा रमाइरहेका थिए । “कति रमाइलो ठाउँ रहेछ, राज्य सञ्चालन भएको यो ठाउँ त्यत्तिकै शान्त र सुन्दर रहेछ”, उनले भने, “राजा बसेको घरभित्र अवलोकन गर्न पाउनुपर्ने थियो, गर्न पाइएन । साथै घरहरू रङ्गरोगन गरेको भए हुन्थ्यो ।” नेपालगञ्जबाट कृष्ण रानासहित ४० जनाको समूह पिकनिक खान आएको थियो । उनीहरूले पार्कमै पकाउने खाने गरे । पार्कमा पकाएर खानेहरू त्यही नाचगान गर्ने, फोटो खिच्ने र रमाइलो गर्ने गर्दछन् । यसका साथै कर्णाली नदीमा र्याफ्टिङको आनन्द लिएर फर्कन्छन् । निशा उखेडा र उनका ४५ साथी कञ्चनपुरको बेल्झाडीबाट पार्क घुम्न आएका थिए । उनीहरूले पार्कमा अलौकिक आनन्द मिलेको महसुस भएको बताए । “स्वर्गजस्तै लाग्यो, शान्त वातावरणमा चिरबिर चराको आवाज, कलकल कर्णाली बगेको आवाज, चिटिक्क सजाएका घर, फूल बगैँचा देख्दा छुट्टै आनन्द लाग्यो”, उखेडाले भनिन्, “त्यसैमाथि र्याफ्टिङको आनन्द । धेरै साथीको यात्रामा टाउको दुखेको थियो, यहाँ पुगेपछि सञ्चो भयो ।” बाँके जिल्लाको बासगढीका रामबहादुर चौधरी सिराहा र सप्तरीबाट आएका सम्धी–सम्धिनी घुमाउन पार्क आएका थिए । उनीहरूले दिनभरि पार्कमा रमाइलो गरे। “पार्क सुन्दर छ । उहाँहरूलाई घुमाउनकै लागि यहाँ ल्याएको हुँ”, रामबहादुर भन्छन्, “पार्कमा रहेका रेलिङ मर्मत आवश्यक छ, बगैँचामा फूल थप्न आवश्यक छ, पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ ।” स्थानीय भुवनेश्वर अधिकारी पार्कको विकासमा सबैको ध्यान जानुपर्ने बताउँछन् । “पार्कमा भीड हेर्दा रमाइलो लाग्छ, फर्कँदा पीडा हुन्छ”, उनी भन्छन् “पार्कमा पूर्वाधार विकास गर्न सकिएन, गेट हेर्दा राम्रो छ तर भित्र सरसफाइलगायतका कार्यमा पछाडि छौँ । राजनीतिक दलले पनि पार्क विकासमा ध्यान दिएको देखिँदैन ।” गुलाबको बगैँचा भनेर चिनिने टीकापुर पार्कमा यतिखेर स्थानीय तथा बाह्य पर्यटक भरिभराउ भएका छन् । दसैँ–तिहारपछि टीकापुर पार्कमा दैनिक सयौँ नागरिक पिकनिक खान र घुम्न आउने गरेका छन् । पार्कमा आउनेहरू पार्कमा पकाउने खाने, नाचगान गर्ने, फोटो खिच्ने र बेलुका घर फर्कने गर्दछन् । कतिपय नागरिक पार्क हेर्नकै लागि यहाँ पुग्छन् । शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमी–बेमौसमी फूलहरू टीकापुर पार्कका आकर्षण हुन् । मुटुरोगबाट पीडित भएका राजा महेन्द्रले विसं २०२४ मा टीकापुरमा आएर करिब डेढ महिना शयन गरेका थिए । टीकापुर बसेर राज्य चलाउन अप्ठ्यारो भएपछि राजा काठमाडौं फर्किएर टीकापुर क्षेत्रमा सहर विकास गर्न र कर्णाली किनारमा पार्क बनाउन उनले निर्देशन दिएको स्थानीय बताउँछन् । विसं २०२८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गत टीकापुर विकास समिति स्थापना गरी तीन हजार एक सय ७३ बिघा जमिन दिएर सहर विकास गर्ने अधिकार सरकारले दिएको थियो । लाखौँ लगानी भएका र करोडौँ खर्च भइसकेका यी पूर्वाधार टीकापुर विकास समिति हटेपछि नगरपालिकाको स्वामित्वमा छन् । त्यतिखेर विकास समितिले आफूसँग भएको जग्गा घडेरीका रूपमा बिक्री गर्दै पार्क संरक्षणका लागि खर्च जुटाउँदै आएको थियो । विकास समिति हटेपछि विसं २०६४ मङ्सिर ५ गतेबाट पार्क नगरपालिकाको स्वामित्वमा आएको हो । नगरपालिकाको स्वामित्वमा गएपछि बजेटको अभावमा लगानी भने सोचेजति हुनसकेको छैन । टीकापुर बजारबाट चार किलोमिटर टाढा कर्णाली नदी किनारमा पार्क छ । पार्क ८५ बिघा क्षेत्रफलमा फैलिएको छ जसमध्येको बङ्गला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा जमिन ओगटेको छ । टीकापुर विकास समितिले नै पार्क क्षेत्रमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यानलगायत करोडौँ रुपैयाँ लागतका पूर्वाधार खडा गरेको हो । पार्कमा बनाइएको काठका रेलिङ कुहिनु र भत्किनुका साथै आरोग्य गृह र विश्राम बाटिका पनि जीर्ण हुँदै गएपछि हरेक वर्ष नगरपालिकाले मर्मत गर्दै आएको छ । करिब चार दशकसम्म टीकापुर विकास समितिको सहयोगमा चलेको टीकापुर बृहत् उद्यान नगरपालिकाले सञ्चालन गरेपछि पार्कको गेट निर्माण, टिकट काउण्टर, पिकनिकस्थल बस्ने चौतारीलगायतका केही पूर्वाधार बने तर, बजेट अभावमा ठूला पूर्वाधार र लगानी भने गर्न सकेको देखिएन । प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाही पार्क व्यवस्थापनमा असुविधा नहोस् भनी टीकापुर नगरपालिका लागिरहेको बताउछन् । “पूर्वाधार निर्माणमा प्रयासरत छौँ, पार्क हाम्रो गौरव मात्र होइन पहिचान पनि हो । पूर्वाधार विकास गर्दै लैजाने हो”, शाहीले भने, “गत वर्ष महेन्द्र आरोग्य गृह पुनःनिर्माण गर्यौ । यस वर्ष ऐश्वर्य उद्यान पुनःनिर्माण हुन्छ ।” उनी पार्क प्रदेश, सङ्घको पनि गौरव भएकाले पार्कमा सङ्घ, प्रदेशको पनि सहयोग हुनुपर्ने बताउछन् । “सबैले सहयोग गरुन् भनी नगरपालिका लागिरहेको छ”, उनले भने, “लगानी भएमा पार्कलाई थप व्यवस्थित गर्न सकिन्छ ।”
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु शुक्रबार, चैत ६, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो शुक्रबार, चैत ६, २०८२
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP