Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • आयात बढेसँगै सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा वृद्धि
आयात बढेसँगै सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा वृद्धि
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक १८, २०७९
Hardik health
एजेन्सी -  अमेरिकी व्यापार घाटा लगातार पाँच महिनासम्म गिरावट भएपछि सेप्टेम्बरमा ब्यापार घाटा बढेको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ । खाद्य र ऊर्जा निर्यातमा चिसोपन देखिएको छ भने ‘सेमीकन्डक्टर’ र उपभोग्य वस्तुजस्ता उत्पादनको आयातमा वृद्धि भएको छ । कम्पनीहरूले उपभोक्ताहरूको बढ्दो माग पूरा गर्न घट्दो सूचीहरू भर्न हतार गरेपनि विश्लेषकहरूले संयुक्त राज्य अमेरिकामा घरेलु माग कमजोर हुन सक्ने चेतावनी दिएका छन् । बलियो डलर र सुस्त वैश्विक वृद्धिले अमेरिकी निर्यातलाई कम गर्ने उनीहरूले बताएका छन् । वाणिज्य विभागको तथ्याङ्कअनुसार सेप्टेम्बरमा समग्र व्यापार घाटा बढेर ७३ अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ । कच्चा तेल र भटमासजस्ता खाद्य पदार्थ र औद्योगिक आपूर्तिमा आएको गिरावटका कारण निर्यात २५८ अर्ब डलरमा झरेपछि यो आयात वृद्धि विश्लेषकहरूको अपेक्षाभन्दा माथि देखिएको हो । सेमीकन्डक्टर र सेलफोनलगायत उपभोग्य वस्तुको आपूर्तिबाट आयात बढेर ३३१.३ अर्ब डलर पुगेको छ । सेप्टेम्बरमा चीनसँगको अमेरिकी घाटा १.४ अर्ब डलर घटेर ३२.१ अर्ब डलरमा झरेको तथ्याङ्कले देखाएको छ । अमेरिकी उपभोक्ताहरूबाट बलियो माग भए तापनि बढ्दो मुद्रास्फीतिले ग्राहकहरू पछि हट्नसक्ने चिन्ता बढाएको छ । यसले गर्दा अमेरिकी फर्महरू थप सतर्क भएका छन्   अमेरिकी फेडरल रिजर्भले अर्थतन्त्रलाई स्थ्रि बनाउन र बढ्दो मूल्यलाई कम गर्न आक्रामक रूपमा ब्याज दरहरू बढाइरहेको छ । बुधबार लगातार चौथो पटक ब्याज दर वृद्धिको घोषणा गर्दै धेरै परिवारहरूले आफ्नो आयको ठूलो हिस्सा मुख्य सामानहरूमा खर्च गर्नुपरेको छ । उच्च ब्याज दरले अमेरिकी डलरलाई पनि बलियो बनाएको छ, जसले अमेरिकी सामानहरू तुलनात्मक रूपमा बढी महँगो बनाएको छ, जसले निर्यातमा असर पार्न सक्छ । ‘हाई फ्रिक्वेन्सी इकोनोमिक्स’की अर्थशास्त्री रुबेला फारुकीले एक विश्लेषणमा भने, “भविष्यमा व्यापार प्रवाह कमजोर हुने सम्भावना छ ।”
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  ०८:४९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अमेरिकी व्यापार घाटा अपेक्षा गरिएभन्दा बढी
अमेरिकी व्यापार घाटा अपेक्षा गरिएभन्दा बढी शुक्रबार, फागुन २९, २०८२
निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च
निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च आइतबार, फागुन १७, २०८२
 नेपाल राष्ट्र बैंकले नौ अर्ब  लगानी गर्दै
 नेपाल राष्ट्र बैंकले नौ अर्ब लगानी गर्दै सोमबार, फागुन ४, २०८२
करिब दुई हजार तीन सय सहकारीलाई दर्ता अभिलेखीकरण
करिब दुई हजार तीन सय सहकारीलाई दर्ता अभिलेखीकरण बिहीबार, माघ २९, २०८२
आभूषण व्यावसायिक सहायता कक्ष स्थापना
आभूषण व्यावसायिक सहायता कक्ष स्थापना मंगलबार, माघ २७, २०८२
दुई करोड मूल्य बराबरको सुन्तला बिक्री
दुई करोड मूल्य बराबरको सुन्तला बिक्री बिहीबार, माघ २२, २०८२
दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन
दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन बिहीबार, माघ २२, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP