Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चुनावी गतिविधि तीव्र बन्दै दाङ– ३ मा
चुनावी गतिविधि तीव्र बन्दै दाङ– ३ मा
बुधबार, कात्तिक १६, २०७९
vote
Hardik health
काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा दाङका राजनीतिक दलका उम्मेदवार यतिखेर मतदाता रिझाउनका लागि गाउँ–गाउँमा पुगेका छन् । उम्मेदवार आ–आफ्ना पक्षमा मत माग्नका लागि विकासका एजेण्डा लिएर घर–घरमा पुगी मतदातासँग मत मागिरहेका छन् । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा तीन र प्रदेशसभा सदस्यमा छ जना यो निर्वाचनबाट चुनिँदै छन् । यसैबीच दाङ निर्वाचन क्षेत्र नं ३ मा चुनावी रौनक बढेको छ । सो क्षेत्रमा गठबन्धनअन्तर्गत कांग्रेसका उम्मेदवार र एमालेका उम्मेदवारबीच मुख्य चुनावी प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसबाट केन्द्रीय सदस्य दीपक गिरी, एमालेबाट कोमल वलीसहित सो निर्वाचन क्षेत्रमा अन्य साना दल र स्वतन्त्र गरी १७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहनुभएको छ । त्यस्तै राष्ट्रिय प्रजाजन्त्र पार्टीबाट ओजबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी, नागरिक उन्मुक्ति पार्टीबाट कुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट कृष्णवीर नेपाली, मङ्गोल नेशनल अर्गनाइजेशनबाट घनश्याम चौधरी, जनता समाजवादी पार्टीबाट देवीलाल डाँगी, लोकतान्त्रिक समाजवादी पार्टीबाट रणेन्द्रविक्रम केसी र नेपाल मजदुर किसान पार्टीबाट वीरबहादुर चौधरी प्रतिस्पर्धामा छन् । यस्तै स्वतन्त्रबाट घनश्याम डाँगी, टोपेन्द्र बस्नेत, तिलक खड्का, भूपबहादुर भण्डारी, लीलाधर न्यौपाने, हेमन्तबहादुर मल्ल र नेपाल कम्युनिष्ट पार्टीबाट शालिकराम चौधरी चुनावी मैदानमा छन्। विद्यार्थी जीवनदेखि कांग्रेसको राजनीतिमा सक्रिय गिरी २०५१ सालयता यो क्षेत्रमा तीनपटक निर्वाचन लडिसकेकोछ । चौथोपटक संसद्को यात्राका लागि प्रतिस्पर्धामा रहनुभएका गिरी यसअघि २०७४ सालमा एमालेका हीराचन्द्र केसीसँग पराजित भएको थियो । उनी २०७० सालमा विजयी हुँदै सिँचाइमन्त्री बनेको थियो । पूर्व पूर्वसञ्चारकर्मी वली भने र राष्ट्रिय सभासदस्य भइसकेको छ । यो निर्वाचन क्षेत्रमा तुलसीपुर उपमहानगरपालिका वडा नं १ देखि १५ वडा, बबई, शान्तिनगर, दङ्गीशरण गाउँपालिका पर्दछन् । गत जेठमा सम्पन्न स्थानीय तह निर्वाचनमा तुलसीपुरका आठवटा वडामा गठबन्धनले जित हासिल गरेका छन् भने अन्य वडा र प्रमुख र उपप्रमुखमा एमालेले जितेको छ । त्यस्तै शान्तिनगर, बबई र दङ्गीशरणमा कांग्रेसले गठबन्धन नगरी आफ्ना उम्मेदवार उठाएको थियो । ती पालिकामा कांग्रेसले विजयी भएको थियो । “सिँचाइमन्त्री हुँदा गरेका विकास निर्माणका कामको जनताले मूल्याङ्कन गरिसकेकाले मत पाउनेमा ढुक्क छु”, उनले भने । आफू गठबन्धनको साझा उम्मेदवार भएकाले पनि जित सुनिश्चत रहेको गिरीको भनाइ छ । एमालेका उम्मेदवार वली गठबन्धन हुँदा स्थानीय तह निर्वाचनमा एमालेले तुलसीपुर उपमहानगरपालिकामा जितेकाले आफू चुनाव जित्नेमा ढुक्क छन् । उनी भन्छन्, “यस क्षेत्रको विकासका आफू लागिरहेको र राष्ट्रियसभा सदस्य हुँदा यहाँको विकासका लागि सक्दो प्रयास गरेकाले मेरो जित निश्चित छ ।” यो क्षेत्रमा वली पहिलोपटक उम्मेदवार बनेको हो । क्षेत्र नं ३ मा एक लाख ४८ हजार चार सय ७५ मतदाता छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP