Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चुनावी गतिविधि तीव्र बन्दै दाङ– ३ मा
चुनावी गतिविधि तीव्र बन्दै दाङ– ३ मा
सम्झना राई
सम्झना राई बुधबार, कात्तिक १६, २०७९
vote
काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा दाङका राजनीतिक दलका उम्मेदवार यतिखेर मतदाता रिझाउनका लागि गाउँ–गाउँमा पुगेका छन् । उम्मेदवार आ–आफ्ना पक्षमा मत माग्नका लागि विकासका एजेण्डा लिएर घर–घरमा पुगी मतदातासँग मत मागिरहेका छन् । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा तीन र प्रदेशसभा सदस्यमा छ जना यो निर्वाचनबाट चुनिँदै छन् । यसैबीच दाङ निर्वाचन क्षेत्र नं ३ मा चुनावी रौनक बढेको छ । सो क्षेत्रमा गठबन्धनअन्तर्गत कांग्रेसका उम्मेदवार र एमालेका उम्मेदवारबीच मुख्य चुनावी प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसबाट केन्द्रीय सदस्य दीपक गिरी, एमालेबाट कोमल वलीसहित सो निर्वाचन क्षेत्रमा अन्य साना दल र स्वतन्त्र गरी १७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहनुभएको छ । त्यस्तै राष्ट्रिय प्रजाजन्त्र पार्टीबाट ओजबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी, नागरिक उन्मुक्ति पार्टीबाट कुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट कृष्णवीर नेपाली, मङ्गोल नेशनल अर्गनाइजेशनबाट घनश्याम चौधरी, जनता समाजवादी पार्टीबाट देवीलाल डाँगी, लोकतान्त्रिक समाजवादी पार्टीबाट रणेन्द्रविक्रम केसी र नेपाल मजदुर किसान पार्टीबाट वीरबहादुर चौधरी प्रतिस्पर्धामा छन् । यस्तै स्वतन्त्रबाट घनश्याम डाँगी, टोपेन्द्र बस्नेत, तिलक खड्का, भूपबहादुर भण्डारी, लीलाधर न्यौपाने, हेमन्तबहादुर मल्ल र नेपाल कम्युनिष्ट पार्टीबाट शालिकराम चौधरी चुनावी मैदानमा छन्। विद्यार्थी जीवनदेखि कांग्रेसको राजनीतिमा सक्रिय गिरी २०५१ सालयता यो क्षेत्रमा तीनपटक निर्वाचन लडिसकेकोछ । चौथोपटक संसद्को यात्राका लागि प्रतिस्पर्धामा रहनुभएका गिरी यसअघि २०७४ सालमा एमालेका हीराचन्द्र केसीसँग पराजित भएको थियो । उनी २०७० सालमा विजयी हुँदै सिँचाइमन्त्री बनेको थियो । पूर्व पूर्वसञ्चारकर्मी वली भने र राष्ट्रिय सभासदस्य भइसकेको छ । यो निर्वाचन क्षेत्रमा तुलसीपुर उपमहानगरपालिका वडा नं १ देखि १५ वडा, बबई, शान्तिनगर, दङ्गीशरण गाउँपालिका पर्दछन् । गत जेठमा सम्पन्न स्थानीय तह निर्वाचनमा तुलसीपुरका आठवटा वडामा गठबन्धनले जित हासिल गरेका छन् भने अन्य वडा र प्रमुख र उपप्रमुखमा एमालेले जितेको छ । त्यस्तै शान्तिनगर, बबई र दङ्गीशरणमा कांग्रेसले गठबन्धन नगरी आफ्ना उम्मेदवार उठाएको थियो । ती पालिकामा कांग्रेसले विजयी भएको थियो । “सिँचाइमन्त्री हुँदा गरेका विकास निर्माणका कामको जनताले मूल्याङ्कन गरिसकेकाले मत पाउनेमा ढुक्क छु”, उनले भने । आफू गठबन्धनको साझा उम्मेदवार भएकाले पनि जित सुनिश्चत रहेको गिरीको भनाइ छ । एमालेका उम्मेदवार वली गठबन्धन हुँदा स्थानीय तह निर्वाचनमा एमालेले तुलसीपुर उपमहानगरपालिकामा जितेकाले आफू चुनाव जित्नेमा ढुक्क छन् । उनी भन्छन्, “यस क्षेत्रको विकासका आफू लागिरहेको र राष्ट्रियसभा सदस्य हुँदा यहाँको विकासका लागि सक्दो प्रयास गरेकाले मेरो जित निश्चित छ ।” यो क्षेत्रमा वली पहिलोपटक उम्मेदवार बनेको हो । क्षेत्र नं ३ मा एक लाख ४८ हजार चार सय ७५ मतदाता छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का सोमबार, भदौ २, २०८२
रुपन्देहीबाट नक्खुमा सारिए रवि 
रुपन्देहीबाट नक्खुमा सारिए रवि  आइतबार, भदौ १, २०८२
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP