Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्थानीय तहको निर्वाचनमा पराजित चार उम्मेदवारले बुझाए १७ लाख जरिवाना
स्थानीय तहको निर्वाचनमा पराजित चार उम्मेदवारले बुझाए १७ लाख जरिवाना
आइतबार, असोज ३०, २०७९
vote
Hardik health
भैरहवा– रुपन्देहीमा गत स्थानीय तहको निर्वाचनमा पराजित बनेका चारजना उम्मेदवारले १७ लाख जरिवाना बुझाएका छन् । ३० वैशाखमा भएको निर्वाचनमा पालिका अध्यक्ष तथा मेयरको प्रतिस्पर्धामा होमिएका ती उम्मेदवार आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी हुन जरिवाना रकम बुझाएका हुन् । स्थानीय तहको निर्वाचनमा आफूले गरेको खर्चको फाँटवारी परिणाम आएको ३० दिनभित्र आयोगलाई बुझाउनुपर्नेमा अधिकांश उम्मेदवारले सो कार्यान्वयन नगरेपछि जरिवाना तोकेको हो । आयोगले आगामी निर्वाचनमा सहभागी हुन जरिवाना बुझाएर मात्रै उम्मेदवार हुन पाउने व्यवस्था गरेपछि रुपन्देहीबाट सांसद हुने आकांक्षा भएका चारजनाले आयोगले तोकेको जरिवाना शुल्क बैंक दाखिला गरेका हुन् । जरिवाना रकम नबुझाएसम्म उम्मेदवारी दर्ता नहुने भएपछि बाध्य भएर उनीहरूले जरिवाना बापतको रकम बुझाएका हुन् । रकम बुझाउनेमा बुटवल उपमहानगरपालिकाबाट मेयरका लागि राप्रपाबाट उम्मेदवार रहेका मृगेन्द्रकुमार शेरचनले पाँच लाख ५० हजार जरिवाना बुझाएका छन् । उनी स्थानीय तहको निर्वाचनमा ४३ सय ७९ मत प्राप्त गरी तेस्रो स्थानमा थिए । लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट मेयरका लागि जनमत पार्टी नेपालबाट उम्मेदवार बनेका चन्द्रकेश गुप्ताले चार लाख ५० हजार जरिवाना बुझाएका छन् । उनी स्थानीय तहको निर्वाचनमा ५५ सय ९६ मत ल्याई दोस्रो स्थानमा थिए । रोहिणी गाउँपालिकाबाट अध्यक्षका लागि राप्रपाबाट उम्मेदवार बनेका ताहिर अलिले तीन लाख ५० हजार जरिवाना बुझएका छन् । उनी स्थानीय तहको निर्वाचनमा पराजित भएका उनी ६४ सय ५८ मत ल्याई दोस्रो स्थानमा थिए । सम्मरीमाई गाउँपालिकाबाट अध्यक्षका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट उम्मेदवार बनेका जितेन्द्रनाथ शुक्ल ९बब्लु० ले तीन लाख ५० हजार जरिवाना बुझाएका छन् । उनी स्थानीय तहको निर्वाचनमा पराजित भई ३५ सय दुई मत ल्याई दोस्रो स्थानमा थिए । जरिवाना बुझाएकाहरू चारैजना अहिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा होमिएका छन् । बुटवलका शेरचन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संघको समानुपतिकबाट, लुम्बिनी सांस्कृतिकका गुप्ता जनमतबाट सोही क्षेत्र लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ को ख बाट प्रत्यक्षतर्फ, रोहिणीका अलि राष्ट्रिय प्रजातन्त्र पार्टीबाटै संघको समानुपतिकबाट र शुक्ल मर्चवार क्षेत्रबाट पार्टी परिवर्तन गरी जनमतबाट लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ को ख बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । स्थानीय तहका उम्मेदवारहरूले निर्वाचन आयोगले लिएको जरिवाना व्यावहारिक नभएकाले अन्यायपूर्ण निर्णयलाई खारेज गर्नुपर्ने अवाज उठाउँदै आएका छन् । जरिवाना नबुझाएसम्म आयोगको प्रणलीमा जान नसक्ने भएपछि आगामी निर्वाचनमा उम्मेदवार हुनेले मात्रै बाध्य भएर जरिवाना रकम बुझाएका हुन् । उम्मेदवार हुनबाट वञ्चित हुन डरले रकम बुझाएका छन् । आयोगले खर्चको फाँटवारी नबुझाएका जरिवानाबापत एक लाख २३ हजार ६ सय २४ उम्मेदवारबाट २४ अर्ब ६३ करोड ३६ लाख रुपैयाँ जरिवाना तोकेको छ । निर्वाचन खर्चको पाँच गुणा बढी जरिवाना तोक्नु भनेको सरकारलाई करोडौ करिब १९ अर्ब बढी राजस्व उठ्नु हो । आयोगका अनुसार अहिले सय बढीले जरिवाना बुझाएर आगामी निर्वाचनमा उम्मेदवार बनेका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीका अनुसार रुपन्देहीमा पाँच हजार ११ जनाले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएकोमध्ये ३० जनाले मात्रै खर्चको विवरण समयमा बुझाएका थिए । खर्चको विवरण नबुझाउनेमा निर्वाचित र पराजित भएका दुवै उम्मेदवारहरू जिल्लामा ४९ सय ८१ जना छन्, जसमध्ये चारजनाले मात्रै अहिलेसम्म जरिवाना बुझाएको भण्डारीले जानकारी दिए । निर्वाचन आयोग ऐन २०७३ को दफा २५ अनुसार निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको ३० दिनभित्र खर्चको विवरण पेस गर्नुपर्ने प्रावधान छ । आयोगले जरिवानाबापतको रकम ६ महिनाभित्र १८ फागुनभित्र बुझाउन उम्मेदवारहरूलाई निर्देशन दिएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा ३ बमोजिम ६ महिनाभित्र निर्वाचन आयोगको कार्यालय कोड नम्बर २१२००३५०१ राजस्व शीर्षक नम्बर १४३१२ मा दाखिला गरी दाखिला गरेको भौचरसहितको निवेदन प्रदेश र जिल्ला निर्वाचन कार्यालय वा आयोगमा पेस गर्न आयोगले भनेको छ । जरिवाना रकम नबुझाएमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नपाउने, निर्वाचित भएको भए पद बदर हुने र सरकारी बाँकी सरह हुने प्रावधान छ । आयोगले कारबाहीमा परेका उम्मेदवारको विवरण एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्ने, आयोगको वेबसाइट, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ । महानगरपालिका प्रमुख उपप्रमुखलाई सात लाख ५० हजार र वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यलाई तीन लाख जरिवाना तोकिएको छ । उपमहानगरपालिका प्रमुख उपप्रमुखलाई पाँच लाख ५० हजार, वडाध्यक्ष, महला सदस्य, दलित महिला सदस्य र सदस्यलाई दुई लाख ५० हजार जरिवाना तोकिएको छ । नगरपालिकाको प्रमुख र उपप्रमुखलाई चार लाख ५० हजार, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यलाई दुई लाख सीमा तोकिएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई तीन लाख ५० हजार, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यलाई एक लाख ५० हजार जरिवानाको सीमा तोकिएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP