Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • इरानका लागि बेलायती राजदूत फिर्ता
इरानका लागि बेलायती राजदूत फिर्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २, २०७६
Hardik health
तेहरान–तेहरानमा युक्रेनी विमान दुर्घटनामा मारिएका व्यक्तिहरूको सम्झनामा गरिएको एक कार्यक्रममा सहभागी भएर फर्किने बेला इरानको सुरक्षाकर्मीद्वारा पक्राउ परी छुटेका इरानका लागि बेलायती राजदूत इरानबाट फिर्ता भएको छ । ‘राजदूत रोबर्ट मकेयरले तेहरानलाई आफू स्वदेश फिर्ता हुने विषय इरान सरकारलाई यस पहिले नै जानकारी गराएको थियो,’ इरानी राष्ट्रिय समाचार संस्था (आईआरएनए) इरानी अधिकारीलाई उद्धृत गरी बुधबार जनाएको छ । कूटनीतिक कानूनअनुसार कुनै पनि देशको राजदूत वा कूटनीतिज्ञहरूले बिदामा वा अन्य उद्देश्यका लागि स्वदेश फिर्ता हुन चाहेमा सरकारलाई सूचना दिई बाहिरिन सक्ने प्रावधान रहेको छ । ‘मकेयरले इरान सरकारलाई आफू लण्डन फिर्ता हुने विषयमा पहिले नै जानकारी गराई सकेका थिए,’ आईआरएनएले आङ्खनो समाचारमा लेखेको छ । गत मङ्गलबार इरानी न्यायापालिकाका प्रवक्ता गुलामहुसेन इस्माइलीले इरानका लागि बेलायती राजदूत मकेयर सरकारविरोधी कार्यक्रममा ‘सहभागी भएको’ आरोप लगाउँदै उनलाई देश निकाला गर्नुपर्ने बताएको थियो । उनलाई गत शनिबार तेहरानमा युक्रेनी विमानमा मारिएका व्यक्तिहरूको सम्झनामा आयोजित कार्यक्रम, जुनपछि सरकारविरोधी प्रदर्शनमा परिणत भएको थियो, मा सहभागी भई कूटनीतिक मर्यादाविपरीत कार्य गरेको भन्दै इरानी अधिकारीहरूले उनलाई पक्राउ गरी सोधपुछपछि रिहा गरेका थिए । इरानी अधिकारीले तेहरानस्थित एक विश्वविद्यालयमा विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा सहभागी भई सरकारविरूद्ध गतिविधि गर्न प्रोत्साहन गरेको आरोप लगाएका छन् । शनिबार नै इरानी प्रहरीका उच्च अधिकारीले उनलाई पक्राउ गरेको तर सोधपुछका क्रममा बेलायती कूटनीतिज्ञ भएको जानकारी पछि रिहा गरिएको जनाएको थियो । कार्यक्रममा सहभागिता जनाएको आरोपमा सरकारले उनलाई पत्राचार गरी मङ्गलबार जानकारी लिएको थियो । उनले युक्रेनी विमानमा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा विश्वविद्यालयमा आयोजना गरिएको कार्यक्रममा आफूलाई निमन्त्रणा भएअनुसार सहभागी भएको तर कार्यक्रम हुँदै गर्दा आक्रोशित भीडले कुनै छेउबाट सरकारविरोधी नारा लगाउन थालेपछि त्यहाँबाट निस्किएको बताएको थियो । आफूले एक सैलुनमा सेवाका लागि रोकिएका समय इरानी सुरक्षाकर्मीले एक्कासी पक्राउ गरी करिब आधा घण्टा सुरक्षा नियन्त्रणमा राखेको मकेयरले बताएको थियो । (रासस÷सिन्ह्वा)
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  ०८:५९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP