Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
अर्थ
  • Home
  • अर्थ
  • सात वर्षमा पनि कालोपत्र सकिएन चाबहिल–जोरपाटी–थली–साँखु सडक
सात वर्षमा पनि कालोपत्र सकिएन चाबहिल–जोरपाटी–थली–साँखु सडक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ३, २०७९
Hardik health
काठमाडौं- तलमाथि यात्रा गर्दा कालोपत्र भइसकेको सडक, बीचमा केही भागमा अझै चार पाँच वटा साना ठूला पानी जमेको ताल भेटिँदा लाग्छ यो किन बनेन ? कागेश्वरी मनोहरा नगरपालिका–६ तिवारीटोलको यो अवस्था एक दशकअघिदेखि यस्तै छ । जहिले पानी जम्ने यो सडकको समस्या कसैले समाधान गर्न सकेका छैनन् । यही मार्गका धेरै काम भइसक्दा पनि यहाँको अवस्था भने सुध्रिएको छैन । सडकको उपलब्ध चौडाइमा कालोपत्र गर्नु भनी सरकारले निर्णय गरेको लामो समयसम्म पनि चावहिल–जोरपाटी–वाग्मती–साँखु सडकका विभिन्न खण्डका काम अझै अलपत्र छ । मूलपानीका स्थानीयवासी रणेन्द्र फुँयाल तिवारीटोलको सडकमा हुने खाल्डाखुल्डी टाल्न सरोकार भएका निकायलाई पटक–पटक आग्रह गरेपनि पूरा हुन नसकेको बताउनुहुन्छ । वर्षा याममा तिवारीटोलको सडकमा हिँड्दा जुत्ता खोलेर हिँड्नुपर्ने अवस्था आउने गरेको गुनासो गर्नुहुन्छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले केन्द्रबिन्दुबाट ११/११ मिटर बढाएर कालोपत्र गर्ने गरी विसं २०७२ ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेर काम सुरु गरेको सात वर्षसम्म पनि सडक अलपत्र छ । यसबीचमा सडक किनार दायाँबायाँका घर तथा जग्गा धनीले सर्वोच्चमा दायर गरेको मुद्दामा सर्वोच्चले घर जग्गाकै मुआब्जा दिएर मात्र सडक विस्तारगर्नु भनी सरकारका नाममा २०७४ असोजमा आदेश दिएको थियो । सरकारले पुनरावलोकनको माग गरेकामा मुआब्जा नै दिनु भन्ने आदेश भएको थियो । यसपछि सरकारले चावहिल–जोरपाटी–साँखु र त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडकमा उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको पनि पाँच वर्ष बितिसकेको छ । तर सडक भने बन्न सकेको छैन । सडक विस्तारका लागि ‘राइट अप क्लियर’ नगरी ठेक्का गर्दा समस्या आएको हो । एउटा समूह सडक छिटो बनाऊ भन्छ । अर्को समूह सर्वोच्चको आदेश कार्यान्वयन गर भन्छ । उपलब्ध सडकमा छिटो कालोपत्रगर्न सरकारले भनेको वर्षौ वितिसक्दा पनि यात्रु र स्थानीयवासी सास्ती खेप्न बाध्य छन् । वर्षौ चुप लागेर बस्ने निर्माण व्यवसायी सरोकार भएका निकायले अनुगमनगर्ने भनेपछि यन्त्रसहित सडकमा काम गरेझैँ गरी रिझाउन खोज्छन् । चावहिलका स्थानीयवासी शङ्करकुमार श्रेष्ठ अनुगमन टोली फर्कने वित्तिकै काम बन्द हुने गरेको अनुभव सुनाउनुहुन्छ । कालोपत्र गरिएका स्थानको पनि किनारका भागमा अझै अलपत्र छोड्दा सडकमा समस्या भएको उहाँले गुनासो गर्नुभयो । टुसालचोकमा हायात होटलको पौडीपोखरीबाट निस्कने पानी र महाङ्कालबाट वर्षाद्का समयमा आउने बाढीले सडक जीर्ण छ । दुवैको व्यवस्थापन नभएसम्म सडक सुध्रिँदैन । हायात होटलबाट टुसालसम्म गरिएको कालोपत्र पौडी पोखरीको पानी र वर्षाद्को भेलले केही दिनमै बिगारेको थियो । टुसालचोकबाट महाङ्काल निस्कने अमिताभ बुद्ध मार्गमा काठमाडौँ महानगरपालिकाले बनाएको सडक पनि दुई महिना पनि टिकेन । दुवै सडकमा निर्माण व्यवसायीले हायात होटलबाट आउने भेलले सडक बिगारेको दाबी गर्दै आएका छन् । टुसालसम्म २२ मिटरकै हाराहारीको सडक भए पनि त्यसपछि साँघुरो देखिन्छ । महानगरीय प्रहरी वृत्त बौद्धको भवनसमेत काठमाडौँ उपत्यका विकास प्राधिकरणले तोकेको मापदण्डविपरीत छ । मापदण्ड विपरीतको सरकारी भवन पहिलो चरणमा भत्काउनुपर्ने भनी सङ्घीय संसद्को विकास समितिले दिएको निर्देशन अझै कार्यान्वयन भएको छैन । प्रत्येक वर्ष डुबानमा पर्ने गर्छ विश्व सम्पदा क्षेत्र बौद्ध स्तुप विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध स्तुपसहितको सांस्कृतिकस्थल एवं यस वरपरको सडक तीन चुलेबाट आउने बाढीका कारण प्रत्येक वर्ष वर्षाद्मा डुब्ने गरेको छ । यद्यपि यो सडकमा कालोपत्र भइसकेको छ । कालोपत्र गर्दा पनि ढल व्यवस्थित नगर्दा सम्पदा क्षेत्र डुबान हुन नछोडेको हो । डुबानका बेला यस क्षेत्रमा सवारी आवागमनमा समेत बाधा पुग्ने गरेको छ । सवारी घण्टौँ जाममा पर्दा टाढा पुग्ने यात्रुले सास्ती भोग्छन् । बौद्ध पिपलबोटबाट जोरपाटीतर्फ तल्लोपट्टि भागमा सडक बढाउन खोजेपछि स्थानीयवासीले घर भत्काएका छैनन् । प्राधिकरणले पक्षपात गरेर एकातर्फमात्र ‘डिमार्केसन’ गरेको स्थानीय महेन्द्र लामाले बताउनुभयो । केन्द्रबिन्दुबाट दुवैतिर उत्तिकै जग्गा लिए दिन तयार रहेको उहाँले बताउनुभयो । जोरपाटी क्षेत्रका केही घर भत्किए पनि धेरैले मुआब्जा माग गरेका छन् । यस क्षेत्रको सडककोबीच भाग कालोपत्र भए पनि दायाँबायाँ अझै जीर्ण छ । कति ठाउँमा कालोपत्र भएको केही समयमै सडक भत्कन थालिसकेको छ । दक्षिणढोकामा पुलको चौडाइ सानो हुँदा गोकर्ण जङ्गलतिरबाट आउने खोलाको बाढीले वर्षाद्मा यहाँको बस्ती डुब्ने गरेको गोकर्णेश्वर नगरपालिका–७ का अध्यक्ष केशव गुरुङले बताउनुभयो । दशकौँदेखि यो समस्या समाधान हुन नसकेको उहाँले गुनासो गर्नुभयो । तिवारीटोल, थली एवं डाँछी बजारका स्थानीयवासीले घर जग्गाको मुआब्जा माग गर्दै सडक विस्तार गर्न मानेका छैनन् । करिब १२ किमीको यो सडक पाँच खण्डमा काम भइरहेको छ । चावहिलबाट वाग्मती पुलसम्मको ३.६ किमी खण्डमा युनाइटेड विल्डर्स एण्ड इञ्जिनीयर्स प्रालिले काम गरिरहेको छ । दक्षिणढोकाबाट थली उकालोसम्म २.४ किमी दूरीमा बज्रगुरु÷च्याङमिला÷खानी जेभीको ठेक्का छ । थलीबाट डाँछी तीन किमी दूरीमा बज्रगुरु÷बिरुवा÷खानी जेभी, डाँछीबाट सलम्बुटार वनकोबीच सडकसम्म बिटी÷सुनकोसी÷वल्र्डवाइड जेभी र त्यहाँबाट साँखुसम्मको एक किमी सडकमा लामा÷समानान्तर जेभीले ठेक्का पाएका छन् । लामा÷समानान्तर जेभीको केही काम मात्र बाँकी रहेको विस्तार आयोजनाले जनाएको छ । साइड पोष्ट र रोड मार्कको काम मात्र बाँकी छ । आयोजना प्रमुख कृष्णनाथ ओझा यो सडकका लागि पुससम्मको समय दिएको बताउनुहुन्छ । त्यससमयसम्ममा काम सक्न निर्देशन दिइएको छ । करिब दुई किमी क्षेत्रको काममात्र बाँकी रहेको पनि उहाँले सुनाउनुभयो ।-रासस
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा शुक्रबार, पुस ४, २०८२
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता शुक्रबार, पुस ४, २०८२
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग बुधबार, पुस २, २०८२
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने बिहीबार, मंसिर २५, २०८२
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला मंगलबार, मंसिर १६, २०८२
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता सोमबार, मंसिर १५, २०८२
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP