Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
अर्थ
  • Home
  • अर्थ
  • माग सम्बोधन गर्न सरकार तयार : अर्थमन्त्री शर्मा
माग सम्बोधन गर्न सरकार तयार : अर्थमन्त्री शर्मा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २१, २०७९
Arthamantri - Copy
Hardik health
काठमाडाैं - निर्यात प्रवद्र्धन सम्बन्धमा व्यवसायी एवं सरोकारवालासँगको छलफल कार्यक्रममा उद्योगी–व्यवसायीको माग सम्बोधन गर्न सरकार तयार रहेकाे  अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्  ।  मन्त्रालयमा भएको निर्यात प्रवद्र्धन सम्बन्धमा व्यवसायी एवं सरोकारवालासँगको छलफल कार्यक्रममा अर्थमन्त्री  शर्माले साे बताएका हुन् । कार्यक्रममा व्यवसायीहरूले सिमेन्ट, स्टिल, जुत्ता, धागो, चियालगायतका वस्तु निर्यात गरी लाभान्वित हुनसक्ने अवस्था भए पनि लगानीमैत्री वातावरण अभावका कारण मुलुकले ठूलो लगानी गुमाउनुपरेको धारणा व्यक्त गरेका छन् । उद्योगी व्यवसायीले जारी आर्थिक तथा मौद्रिक नीतिमा रहेको अस्पष्ट र एकापसमा बाझिएको अवस्था, सङ्घीय र प्रदेश सरकार तथा स्थानीय तहको कर नीति, घोषित अनुदान रकम समयमै प्राप्त नभइरहेको अवस्था, सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनी व्यवस्था, बैंकको चर्काे ब्याजदर तथा नाफामुखी प्रवृत्ति, तरलता अभाव, खुला सिमाना र चोरी निकासी समस्या, जग्गा प्राप्तिसम्बन्धी नियमावलीको अभावलगायतका समस्याका कारण व्यवसायी प्रताडित भएको बताए । उद्योग व्यवसायमा सङ्घ, संस्थाका प्रतिनिधिले सस्तो ब्याजदरसहित लगानीमैत्री वातावरण बनाइदिन सरकारसँग अनुरोध गरेका छन् । सरकारको नीति तथा कार्यक्रम उद्योगी–व्यवसायीको पक्षमा दखिए पनि अक्षरशः कार्यान्वयन नहुँदा आफूहरूले अनावश्यक दुःख झेल्नुपरेको भन्दै व्यवसायीले लगानीमैत्री वातावरणसहित उद्योगी व्यवसायीलाई साथमा लिएर अघि बढ्न सरकारसँग अनुरोध गरे । अर्थमन्त्री शर्माले उद्योगी–व्यवसायीसम्बद्ध सङ्घ, संस्थाले झेल्नुपरेको समस्या समाधानका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था तर्जुमा गरी व्यवसायीको पक्षमा काम गर्न कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरे । सरोकारवाला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित नेपाल राष्ट्र बैंकसँग समन्वय गरी व्यवसायीका जायज माग यथासक्य छिटो सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँँले स्वदेशमै गुणस्तरीय वस्तु उत्पादनसहित आयात कम गरी निकासी वृद्धि गर्ने पक्षमा अघि बढेको सरकारलाई सहयोग गर्न व्यवसायीसँग अनुरोध गरेका छन्  । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले भारतलाई बेचेको दरमा ऊर्जा उपलब्ध गराउन, चालु आवको बजेटमा उल्लेख गरिएबमोजिमको आठ प्रतिशतले हुने रकम अनुदानस्वरूप दिन, चर्काे ब्याजदरसहित तरलताको अभाव अन्त्य गर्न, उत्पादनमूलक उद्योगलाई तुलनात्मकरूपमा सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरेका छन्  ।
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १९:११
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
मेची भन्सार कार्यालयबाट २५ अर्ब तीन करोडको सामग्री आयात
मेची भन्सार कार्यालयबाट २५ अर्ब तीन करोडको सामग्री आयात मंगलबार, माघ ६, २०८२
बागमती प्रदेश सरकारद्वारा छ महिनामा  १७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन
बागमती प्रदेश सरकारद्वारा छ महिनामा  १७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन सोमबार, माघ ५, २०८२
मेची भन्सारबाट छ महिनामा रु. सात अर्ब १९ करोडको अलैँची निर्यात
मेची भन्सारबाट छ महिनामा रु. सात अर्ब १९ करोडको अलैँची निर्यात सोमबार, माघ ५, २०८२
कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून
कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून आइतबार, माघ ४, २०८२
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत बिहीबार, माघ १, २०८२
चिसापानी बजारको सडक निर्माण तीव्र
चिसापानी बजारको सडक निर्माण तीव्र बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP