Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • विचार पुष्पलालको तर नेतृत्व ?
विचार पुष्पलालको तर नेतृत्व ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २९, २०७६
Hardik health
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिले ०७६ साउन १० गते नेपाल सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयमा एक पत्र दर्ता गरायो । जसमा भनिएको छः विश्व कम्युनिस्ट पार्टीको घोषणापत्रका नेपाली अनुवादक, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव एवं समकालीन क्रान्तिको कार्यदिशा र मुख्यतः संयुक्त जनआन्दोलनका विचारक कमरेड पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गरी सम्मानित गरियोस् । नेपाली कम्युनिस्ट आन्दोलनमा उनीजस्तो स्वतन्त्र राष्ट्रिय चिन्तक, विचार, राजनीति, पार्टी संगठन, भौतिकवादी खोज अनुसन्धान तथा साहित्य निर्माणमा वैज्ञानिक योगदान गर्ने क्रान्तिकारी नैतिकताको नेता बिरलै पाइन्छ । समाजको गुणात्मक परिवर्तनका लागि आङ्खनो सम्पूर्ण जीवन पार्टी र क्रान्तिलाई समर्पित गरेका कमरेड पुष्पलाल पारिवारिक सहादतको इतिहासमा ‘नेपाली लेनिन’ हुन् । अतः उनका वैज्ञानिक योगदानको वस्तुगत मूल्यांकन गरी उनलाई राष्ट्रिय विभूति घोषित गर्दा गणतन्त्र नेपालको सुदृढीकरण तथा वैज्ञानिक समाजवाद हुँदै साम्यवादको लक्ष्यमा अघि बढ्न देशभक्त कम्युनिस्टहरूलाई मात्र होइन, लोकतान्त्रिक पुस्तालाई समेत सर्वत्र उत्प्रेरित गर्नेछ । ४१औँ पुष्पलाल स्मृति दिवस, ७ साउन ०७६ मा आयोजित सभामा कमरेड पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणाका लागि संघर्ष गर्ने निर्णय गरियो । जसलाई, कार्यरूप दिलाउन संस्कृति मन्त्रालयमा मागपत्र दर्ता गरिएको हो । पुष्पलालप्रतिको न्याय तथा गणतन्त्रलगायत जनयुद्ध र जनआन्दोलनका उपलब्धि रक्षार्थ राज्यले यो माग पूरा गर्नै पर्छ । अन्यथा कम्युनिस्ट खोल ओढेर देश र जनता लुट्ने खड्ग ओली सरकारको दिन गन्ति यहीँबाट सुरु हुनेछ । “श्रेष्ठ” लेख्न प्रतिबन्ध ‘पुष्पलाल मात्र भन्नुपर्छ, ‘श्रेष्ठ’ भनेर उहाँलाई जातमा कैद गर्नु हुँदैन’ भन्ने केही साथीहरू पनि छन् । परन्तु, श्रेष्ठ लेख्न प्रतिबन्धित गर्नेमध्ये कसैले पनि आङ्खनो परम्परागत थर, जात, जाति छाडेको पाइँदैन । सुरुतिर हामीले पनि ‘पुष्पलाल’ मात्र भन्ने र लेख्ने गरेका हौँ । क्रमशः ज्ञात भयो कि प्रथम महाधिवेशन वरपर पार्टी केन्द्रीय समितिमा नेवारी मूलका धेरै कमरेड देखिएपछि मनमोहन अधिकारी र शैलेन्द्रकुमार उपाध्यायहरू ‘यो नेवारको पार्टी हो ?’ भनेर खुब चिच्याउँदै आङ्खनो जातवादी अहंकार प्रदर्शनमा लागे । प्रतिक्रियामा पुष्पलालले भने, ‘अब म श्रेष्ठ छाडेर पुष्पलाल मात्र लेख्छु ।’ त्यसरी ‘श्रेष्ठ’ हटाउन आहत तुल्याउने जातवादीहरूले चाहिँ मर्ने बेलासम्म आङ्खनो जात थर किन छाडेनन् र प्रधानमन्त्री निवासमा प्रवेश गर्दा कालो बोका काटेर झण्डामा भोग चढाए ? अतः नेपाली कम्युनिस्ट आन्दोलनमा सुरुदेखि नै ‘जो चोर, उसैको ठूलो स्वर’ चरितार्थ गर्दै जातिवादी हिंसा थोपरिएको प्रतिवादमा हामीले भन्ने र लेख्ने क्रममा पुष्पलालको ‘श्रेष्ठ’ अनिवार्य गर्नुपरेको छ । जहाँसम्म ‘श्रेष्ठ’ लेख्दा कमरेड पुष्पलाल सर्वहारा अन्तर्राष्ट्रवादी नहुने चिन्ता छ, त्यसमा खास कुनै सैद्धान्तिक अर्थ छैन । क.मोहन वैद्यको एउटा आलेखमा पुष्पलाल श्रेष्ठलाई ‘संसदवादी’ करार गरिएको छ, जुन गलत र वस्तुतः आनन्दबहादुर क्षत्री उपनामका मोहनविक्रम सिंहको निरन्तरता मात्र बन्न पुग्छ । जहानिया राणाशासन र राजतन्त्रात्मक निर्दलीय पञ्चायतविरुद्ध संसदीय प्रजातन्त्र प्रगतिशील तत्व हो, जसरी आज सामन्ती राजतन्त्रको सट्टा पुँजीवादी गणतन्त्रलाई प्रगतिशील मान्नु पर्दछ । मोहन वैद्यको यान्त्रिकता क. मोहन वैद्यको एउटा आलेखमा पुष्पलाल श्रेष्ठलाई ‘संसदवादी’ करार गरिएको छ, जुन गलत र वस्तुतः आनन्दबहादुर क्षेत्री उपनामका मोहनविक्रम सिंहको निरन्तरता मात्र बन्न पुग्छ । जहाँनिया राणाशासन र राजतन्त्रात्मक निर्दलीय पञ्चायतविरुद्ध संसदीय प्रजातन्त्र प्रगतिशील तत्व हो, जसरी आज सामन्ती राजतन्त्रको सट्टा पुँजीवादी गणतन्त्रलाई प्रगतिशील मान्नु पर्दछ । नेपाली क्रान्तिको सामरिक कार्य्दिशाको प्रश्नमा, प्रधान दुस्मनका विरुद्ध संयुक्त जनआन्दोलनको पुष्पलाल रणनीति माओ विचार आधारित थियो । राजतन्त्रात्मक मण्डले निरंकुशताविरुद्ध संसदवादी नेपाली कांग्रेस समेतलाई लिएर संयुक्त जनआन्दोलन तत्कालीन परिस्थितिको वस्तुगत आवश्यकता थियो । आङ्खनो नयाँ जनवादी कार्यक्रममार्फत दीर्घकालीन सशस्त्र किसान संघर्षको अपरिहार्यता जाहेर गरेका पुष्पलाल श्रेष्ठ संयुक्त जनआन्दोलन विकसित गर्दै त्यसको उत्कर्षमा सशस्त्र विद्रोहद्वारा नयाँ जनवादी गणतन्त्र स्थापनाको रणनीतिमा थिए । परन्तु, कम्युनिस्ट विरोधी बीपी कोइरालाको निधनपछि मात्र ०४६ मा निर्दलीयता विरोधी संयुक्त जनआन्दोलनमा पुष्पलाल विचार अभिव्यक्त भयो । नयाँ जनवादी क्रान्तिका निमित्त संयुक्त जनआन्दोलनको पुष्पलाल रणनीति माले हुँदै एमाले तथा मनमोहन अधिकारीको संसदीय विसर्जनवादका कारण बहुदलीय प्रजातन्त्रमा सीमित गर्ने धृष्टता बढ्यो । परन्तु, अघि बढेर नेपाली कम्युनिस्ट आन्दोलन महान जनयुद्ध हुँदै पुँजीवादी गणतन्त्रसम्म पुगेको छ । यसमा पुष्पलाल विचारको संयुक्त जनआन्दोलनले महत्त्वपूर्ण योगदान गरेको छ र समाजवादी गणतन्त्रका लागि संयुक्त जनआन्दोलनको ऐतिहासिक महत्त्व अझ बढेको छ । अतः राजतन्त्रात्मक निर्दलीय शासनविरुद्ध बहुदलीय संसदको पुष्पलाल कार्यनीति, जसमा नेपाली काग्रेससँग जसरी माओवादीले बाह्रबुँदे समझदारी गरियो, लाई ‘संसदवादी करार’ गर्न मिल्दैन । त्यसो गर्दा पुष्पलालप्रतिको पूर्वाग्रह, संयुक्त जनआन्दोलनको रणनीतिबारे अज्ञानता र यान्त्रिकता मात्र हुन पुग्छ । नेपालमा नयाँ जनवादी क्रान्तिको प्रणेता पुष्पलालको नेतृत्व अस्विकार गर्नुपर्ने कारण के थियो, जसले गर्दा नयाँ जनवाद नै भन्ने माले र एमालेको पुर्खा झापाली समूह, नयाँ जनवाद नै भन्ने मोहनविक्रम सिंहको चौथो महाधिवेशन समूह तथा मनमोहन अधिकारीले पुष्पलाल नेतृत्व अस्विकार गर्दै उल्टै भण्डाफोरमा उत्रनु प¥यो ? विचार पुष्पलालको तर नेतृत्व ? महान् जनयुद्ध र जनआन्दोलनको बलमा गणतन्त्र घोषणायताको अर्थ–राजनीतिक परिस्थतिमा नेपाली क्रान्तिको राजनीतिक कार्यदिशाबारे बहस घनिभूत बनेको छ । राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र जनजीविकाजस्ता नयाँ जनवादी क्रान्तिका कार्यभारहरू सहितको समाजवादी क्रान्तिको राजनीतिक कार्यदिशा वैज्ञानिक हुनेमा नेकपा (माओवादी केन्द्र) दृढ स्पष्ट छ । तर लोकतान्त्रिक गणतन्त्र घोषणायताको परिस्थिति र पुष्पलाल श्रेष्ठले ०२५ मा पार्टी पुनर्गठन गर्दाको परिस्थितिमा गुणात्मक भिन्नता छ । पुष्पलाल श्रेष्ठलाई ‘गद्दार’ र ‘अनपढ’ जस्ता वर्गशत्रु समान अभियोग खडा गर्नेहरूले कम्युनिस्ट आन्दोलन विसर्जन गरिसकेको पृष्ठभूमिमा ०२५ मा पुष्पलाल श्रेष्ठले पार्टी पुनर्गठन गरी व्यवस्थित ढंगले ‘नयाँ जनवादी क्रान्तिको कार्यक्रम’ अघि सारे । कम्युनिस्ट आन्दोलनमा ‘जसको विचार, उसको नेतृत्व’ अभ्यास हुँदै आएको छ । अतः प्रश्न खडा हुन्छ, नेपालमा नयाँ जनवादी क्रान्तिको प्रणेता पुष्पलालको नेतृत्व अस्विकार गर्नुपर्ने कारण के थियो, जसले गर्दा नयाँ जनवाद नै भन्ने माले र एमालेको पुर्खा झापाली समूह, नयाँ जनवाद नै भन्ने मोहनविक्रम सिंहको चौथो महाधिवेशन समूह तथा मनमोहन अधिकारीले पुष्पलाल नेतृत्व अस्विकार गर्दै उल्टै भण्डाफोरमा उत्रनु पर्याे ? व्यवहारले जवाफ स्पष्ट गरेको छ कि पुष्पलाल दृढ इमानदार कम्युनिस्ट थिए भने उनका ती विरोधीहरू चरम अवसरवादी प्रमाणित भए । त्यसमध्ये कम्युनिस्ट शासनमा निजी सम्पत्ति राष्ट्रियकरण गरिने प्रचारबाट आतङ्कित हुँदै पैत्रिक सम्पत्ति सुरक्षित गर्न कम्युनिस्ट आन्दोलनमा लागेकाहरू सम्पूर्ण शक्तिसाथ पुष्पलालको क्रान्तिकारी नेतृत्व ध्वंश गर्दै घोर अवसरवादमा पतन भए । पार्टी नेतृत्व कब्जा गर्न दौडेका ती अवसरवादीहरूमा पुष्पलाल श्रेष्ठलाई हेर्ने दृष्टिकोण जातवादी हुनु पनि गम्भीर कारण बन्यो । जसले पुष्पलालको नेतृत्व विखण्डित गरेर साम्राज्यवाद तथा विस्तारवाद र घरेलु प्रतिक्रियावादको साक्षात चाकडी बजाए । पुष्पलाल श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनका सर्वस्विकृत नेता र लोकतान्त्रिक आन्दोलनका प्रभावशाली अगुवा हुन् । यस आधारमा उनी राष्ट्रिय विभूति घोषणा योग्य छन् । गणतन्त्र नेपालका सारथिहरूले यो तथ्य बोध गर्नै पर्छ । पुष्पलाल अर्थात सर्वहारा स्कुलिङ लेनिनको जुन उमेरमा दाजु अलेक्जेन्डरको सहादत भयो, पुष्पलालको त्यही उमेरमा दाजु गंगालाल श्रेष्ठ सहिद बनेका हुन् । व्यापार, व्यवसाय, कला, वास्तुकला, काष्ठकला उद्योगमा नेवाः समुदाय नेपालमा अग्रणी मानिन्छ । त्यही समुदायमा जन्मेका पुष्पलाल औद्योगिक संस्कृतिमा हुर्के र कम्युनिस्ट पार्टी स्थपनामा केन्द्रित भए । विश्व कम्युनिस्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवादसँगै क्रान्तिका निमित्त जेजति सिद्धान्त रचना गरेका छन्, त्यही अनुरूप उनले आङ्खनो राजनीतिक जीवन सञ्चालन गरे । जसरी कार्ल माक्र्सले प्राज्ञिक कर्ममा सर्वहारा मजदुरको जीवन बाँचेर सिद्धान्त र व्यवहार दुवैमा एकरूपता प्रदर्शन गरे, पुष्पलालमा पनि सिद्धान्त र व्यवहारबीच त्यही उँचाइको एकरूपता प्रदर्शन भयो । अतः दार्शनिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा पुष्पलाल श्रेष्ठ ‘नेपाली माक्र्स’ हुन् । नेपाली माक्र्सको दृढ व्यक्तित्वबाट अवसरवादीहरू भयाक्रान्त हुने नै भए । परिणाम, पुष्पलालविरुद्ध अन्तरपार्टी षड्यन्त्र र गुटगत आक्रमण बढ्यो । आफ्नो आठौँ महाधिवेशनको राजनीतिक प्रतिवेदनमा नेकपा (माओवादी केन्द्र) ले भनेको छ, ‘... नेतृत्वबारे उदारताको कमजोरीबाहेक पुष्पलाल श्रेष्ठ नै नेपाली कम्युनिस्ट आन्दोलनका भरोसायोग्य नेता र स्वाधीन राष्ट्रिय चिन्तक हुन् ।’ निष्कर्षमा, पुष्पलालको जीवनी अध्ययन र उनका सहयोद्धाहरूको अनुभवको विश्लेषण गर्दा पुष्पलाल श्रेष्ठ सच्चा कम्युनिस्ट क्रान्तिकारी थिए । आफूसँग भएको सबै कुरा पार्टी र आन्दोलनमा समर्पित गर्नु तर जस र सुख भने कहिल्यै नपाउनु, परन्तु कम्युनिस्ट विचार र राजनीतिमा दृढ निरन्तर डटिरहनु पुष्पलालका मौलिक विशेषता हुन् । नयाँ पुस्ताले पुष्पलालबाट सिक्नैपर्ने यी तीन विशेषताको एकीकृत अभ्यास हो । नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी र दक्षिणपन्थी अवसरवादीसहित दुईवटा स्कुलिङ देखिन्छन् । पहिलो, पुष्पलालको देश, जनता र उत्पीडितवर्गका निमित्त आजीवन दुःख कष्ट उठाउने सर्वहारा स्कुलिङ र दोस्रो, मदन भण्डारीको कम्युनिस्ट आवरणमा दलाल तथा नोकरशाही पुँजीपतिवर्गका निमित्त संसदवादी स्कुलिङ हुन् । जनयुद्धमा प्रचण्डपथको विशिष्ट स्कुलिङ सुरु गरिए पनि अन्ततः त्यो संसदवादमा विसर्जन हुन पुग्यो । संसदवादी स्कुलिङको भविष्य ज्योति बसुपथ मात्र हो, भनिरहनु पर्दैन । माओवादी कम्युनिस्टले पुष्पलालको सर्वहारा स्कुलिङको निरन्तरतामा विशेष जोड दिनुपर्छ । अन्त्यमा, पुष्पलाल श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनका सर्वस्वीकृत नेता र लोकतान्त्रिक आन्दोलनका प्रभावशाली अगुवा हुन् । यस आधारमा उनी राष्ट्रिय विभूति घोषणायोग्य छन् । गणतन्त्र नेपालका सारथिहरूले यो तथ्य बोध गर्नै पर्छ । रातोपाटी
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  ०७:०६
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP