Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
अर्थ
  • Home
  • अर्थ
  • कारोबार घटेपछि सुनचाँदी व्यवसायी सङ्कटमा
कारोबार घटेपछि सुनचाँदी व्यवसायी सङ्कटमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २१, २०७९
Hardik health
कैलाली- सुनचाँदीको कारोबार घटेपछि  सुनचाँदी व्यवसायी सङ्कटमा परेका  छन् । कैलालीका सुनचाँदी व्यवसायीले बिक्रीका लागि नयाँ सुन पाउन नसकेपछि सुनचाँदीको कारोबार घटि सुनचाँदी व्यवसाय सङ्कटमा परेकाे बताएका छन् । कारोबारका लागि सुन पाउन समस्या भएपछि यतिखेर कैलालीका सुनचाँदी व्यवसायी पुराना गहना  खरिदबिक्री र मर्मत गरेर व्यवसाय धानिएकाे  छन् ।कोरोना महामारीपछि सुन पाउन सहज नभएका यहाँका व्यवसायी बताउँछन् । “कोरोनाअघि सुदूरपश्चिममा महिनामा पाँच किलो सुन भाग पर्ने गर्दथ्यो ।  आजभोलि दुई महिनामा एक किलो पाउन पनि मुस्किल हुन्छ”, सुनचाँदी व्यवसायी सङ्घ टीकापुरका अध्यक्ष देवबहादुर सुनारले भने, “अनि कहाँबाट कारोबार बढाउनु ? कारोबार बढे पो सुनचाँदी व्यवसायी फस्टाउँछन् । कारोबार नहुँदा कैलालीका सुन व्यवसायी सङ्कटमा छौँ ।” उनका अनुसार यस वर्ष तीज पर्वमा पनि सुनचाँदी व्यवसायीको व्यापार भएन । विगतमा टीकापुरमा मात्रै तीजमा दैनिक रु ५० लाख बढी कारोबार हुन्थ्यो । उनले भने, “यस वर्ष एक तोला सुन बेच्न र किन्न पाउने व्यवसायी पनि खुसी हुनुपर्ने अवस्था छ । यसवर्ष किन्न चाहनेलाई पनि सुन दिन सकिएको छैन ।” सुनार कैलालीका व्यवसायी पुराना गहना खरिदबिक्री र मर्मत गरेर व्यवसाय धानिरहेको बताए । “नयाँ सुन पाउन समस्या छ । हामी पुराना गहना किनबेचबाट मजदुर पाल्न र घरभाडा तिरेर गुजारा गरिरहेका छौँ”, उनले भने, ‘‘कैलालीको टीकापुरमा रहेका ५० पसलमा चार सय कामदार छन् । कैलालीभरि एक हजार बढी कामदारको रोजगारीसमेत सङ्कटमा छ ।” कैलालीमा केही कामदार मासिक तलबमा काम गर्छन् भने केही कामदार ज्यालादारीमा काम गर्छन् । ज्यालादारीमा काम गर्दा कमाइ बढी हुने र इच्छाअनुसार काम गर्न पाइने कामदार आजभोलि काम नपाउँदा थप समस्यामा छन् । सिर्जना सुनचाँदी पसलका सञ्चालक रुपलाल सुनार पनि पुराना गहना मर्मत गरेर व्यवसाय धानिएको बताए । “यस वर्ष झनै कारोबार ठप्प छ । हामीले सुन किन्न समेत पाइरहेका छैनौँ”, उनले भने  “माग आए पनि पूर्ति गर्न सकिएको छैन । रकम पठाउँदा पनि सुन पाउन सकिएको छैन । यस्तै रहे हामी पेसाबाट पलायन हुने निश्चित छ ।” विगतमा चाडपर्व तथा तीजमा दैनिक १८ घण्टा बढी काम गरेर थप रकम कमाउने कैलालीका मजदुरले यस वर्ष कामै पाएनन् । काम नपाएपछि उनीहरुको रोजीरोटीसमेत सङ्कटमा परेको छ । “तीजमा विगतका वर्ष महिनामै रु ५० हजारसम्म कमाइ हुन्थ्यो”, मजदुर सङ्केत सोवले  भने, “यस वर्ष महिनाभरि रु १२ हजार मात्र कमाइ भयो ।” विगतमा मासिक रु ४० हजारसम्म कमाउने तारा सोव पनि आजभोलि मुस्किलले रु १५ हजारसम्म कमाइ हुने गरेको बताए । “आजभोलि कमाइ छैन, पुराना टुटेफुटेका गहना मर्मत गर्ने, सफा गर्ने, सामान्य तिलहरी, मङ्गलसुत्र बनाउने जस्ता काम मात्र पाइन्छन्”, उनले भने, ‘‘काम घटेपछि आजभोलि कमाइ पनि घटेको छ ।” व्यवसायीहरूले करोडौँ ऋण रहेकाले सरकारले व्यवसाय गर्न सहज वातावरण बनाउनुपर्ने माग गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा शुक्रबार, पुस ४, २०८२
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता शुक्रबार, पुस ४, २०८२
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग बुधबार, पुस २, २०८२
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने बिहीबार, मंसिर २५, २०८२
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला मंगलबार, मंसिर १६, २०८२
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता सोमबार, मंसिर १५, २०८२
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP