Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
विचार
  • Home
  • विचार
  • कानुनी शिक्षामा वैज्ञानिक पाठ्यक्रमको आवश्यकता
कानुनी शिक्षामा वैज्ञानिक पाठ्यक्रमको आवश्यकता
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १२, २०७९
Hardik health
पाठ्यक्रममा रहेका विषयवस्तु के साँच्चिकै अनुसन्धानमा आधारित छन् ? व्यावहारिक शिक्षण सिकाइ छ, यस्तो पठनपाठनले न्याय प्रणाली सुधार गर्न सक्छ कि सक्दैन भन्ने विषयमा कसैको चासो नभएकोमा आपत्ति छ । अध्ययन गर्ने हो भने नवोदित कानुन व्यवसायी कानुनी लिखत गराउन, बहस प्रस्तुति गर्न र मुद्दामा मस्यौदा गर्न पोख्त छैनन् । न्यायलयजस्तो महत्वपूर्ण र संवेदनशील राज्यको अंगमा यस्तो उदासीनता किन ?
मानव सभ्यताको विकास र विस्तारसँगै सामाजिक परिवेश र सामाजिक सहअस्तित्व कायम गर्न कानुनको आवश्यकता महसुस गरिएको हो । मानव सभ्यताको सुरुआतसँगै यहाँसम्म आइपुग्नुमा कानुनी संरचनाले खेलेको महत्वपूर्ण भूमिकालाई कम आकलन गर्न सकिँदैन । मानव व्यवहारलाई नियन्त्रण र नियमन गर्ने महत्वपूर्ण साधनको रुपमा कानुनलाई लिइन्छ । त्सबल र सभ्य समाज निर्माणका लागि कानुनको आवश्यकतालाई भुल्नु हुँदैन । कानुनी ज्ञानको उपलब्धता प्रभावकारी बनाउने कडीको रुपमा कानुनी शिक्षालाई लिन सकिन्छ । विधिशास्त्रीहरूले कानुन समाजमा अभ्यास गरिने साधन हो भन्छन् । कानुनको मुख्य उद्देश्य मानव जीवनलाई शासित गर्ने हो । मानवलाई आफू नियन्त्रित र चलायमान हुने साधनको बारेमा ज्ञान हुन जरुरी छ । भनिन्छः जहाँ मानव हुन्छन्, त्यहाँ कानुन हुन्छ (इट क्याननट रन इन भ्याकुम) । त्यसैले कानुनी शिक्षाको महत्व व्यापक छ । नेपाली कानुन प्रणालीमा धर्म, संस्कृति, मूल्यमान्यताले प्रभाव जमाउँदै आएको छ । मनुस्मृति, नारदस्मृति, शुक्रनीति, याज्ञवाल्ल्क्यस्मृति आदिले नेपाली कानुनी प्रणालीको विकासमा टेवा पु¥याएका छन् । हामी धर्मशास्त्रबाट नै शासित भएको हुनाले यसमा कानुनी शिक्षा पनि समाहित हुने गर्दथ्यो । प्राकृतिक कानुन, मौलिक हक, मानवअधिकार, मानव अस्तित्व रक्षाजस्ता नयाँ आयामको सुरुआतसँगै धर्म र संस्कृतिलाई अलग्गै हेर्न थालियो । नेपाली इतिहासको विभिन्न कालखण्डमा अपराध रोकथाम, दण्ड–सजाय, न्याय व्यवस्थाका लागि विभिन्न कार्य भएको पाइन्छ । अपराधको प्रकृति, विवाद समाधान, साक्षी परीक्षण, दण्ड–सजाय आदिमा काम गर्न विभिन्न तह र विभाग सक्रिय थिए । कानुनी दस्तावेजहरूको प्रकाशनपश्चात् कानुनलाई धर्मशस्त्रबाट अलग राखेर हेर्न थालियो । नेपालमा कानुनी शिक्षाको सुरुआत भने श्रेस्ता पाठशालाबाट भएको पाइन्छ । श्रेस्ता पाठशालाको स्थापना वि.सं. १९६२ सालमा भएको थियो । वि.सं. १९१० को मुलुकी ऐन जारी भएपछि १९६२ सालसम्म कानुनी जटिलता समाधान गर्न अनुभवको आधारमा र केही कानुनका जानकार व्यक्तिहरूको सहयोगमा अड्डाबाट कार्य गरिन्थ्यो । कानुनी शिक्षाको थालनी र विकासमा श्रेस्ता पाठशालाको योगदान अतुलनीय रहेको कुरामा कुनै शंका रहेन । निजामती कर्मचारीको परीक्षाका लागि अध्ययन गराउने र पासको प्रमाणपत्र दिने व्यवस्था गरियो । कानुनी शिक्षाको लामो इतिहास हाम्रसामु रहँदा पनि कानुनी शिक्षाको गुणस्तरीयता र यसको सम्वद्र्धन भने त्यति सन्तोषजनक छैन । समाज परिचालन, सामाजिक व्यवहार र जीवनयापनमा महत्वपूर्ण रहेको कानुनी शिक्षा यो अवस्थामा आउनुमा सरोकारवाला निकायको उदासीनताको गुञ्जायस देखिन्छ । नेपालमा कानुनी शिक्षाको इतिहाससम्बन्धी विभिन्न अनुसन्धानमूलक लेखहरू प्रकाशित छन् । कानुनी शिक्षाको निरन्तरताका लागि वि.सं. २०११ सालमा नेपाल ल क्याम्पसको स्थापना भयो । कानुनी शिक्षा प्रदान गर्ने विशिष्टीकृत संस्थाको रुपमा नेपाल ल क्याम्पसलाई लिन सकिन्छ । अहिले न्याय क्षेत्रका दिग्गज व्यक्ति र कानुन निर्माण गर्ने क्षेत्रमा यही क्याम्पसबाट अध्ययन गरेका व्यक्तित्वहरूको उपस्थिति रहेको छ । त्यसैगरी अधिकांश कानुन व्यवसायमा संलग्न कानुन व्यवसायीहरू पनि यसै ल क्याम्पसका हुन् । स्थापनाका बखत भारतको पटना विश्वविद्यालयबाट सम्बन्धन लिई कानुनी शिक्षाको अध्ययन विश्वविद्यालयस्तरबाट थालनी भएको हो । वि.सं. २०११ सालमा स्थापना भएको यो क्याम्पस त्रिभुवन विश्वविद्यालयभन्दा पनि पाँच वर्ष पुरानो अध्ययन संस्थान हो । पछि त्रिभुवन विश्वविद्यालय ऐन २०१६ कार्यान्वयनमा आएपछि नेपाल ल क्याम्पसले यसै विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्‍यो । यसरी हेर्दा नेपाल ल क्याम्पस नेपालको जेठो कानुनी शिक्षा प्रदान गर्ने शैक्षिक संस्था हो भन्न सकिन्छ । विभिन्न अभिलेखबाट प्राप्त जानकारी अनुसार वि.सं. २०११ कात्तिक ५ गते ल क्याम्पस उद्घाटन समारोहमा प्राचार्य रामराज पन्तले गरेको भाषणमा ‘सुरुआती दिनमा २५ जना विद्यार्थी लिई पठनपाठन सुरु भएकोमा हाल ७२ जना विद्यार्थी रहेको’ भनी उल्लेख छ । यस भाषणबाट उक्त समयमा पनि कानुन अध्ययन गर्न चाहने विद्यार्थीको संख्या उत्कृष्ट रहेको थाहा पाउन सकिन्छ । यसरी कानुनी शिक्षाको थालनीको इतिहासमा महत्वपूर्ण भूमिका खेलेको नेपाल ल क्याम्पसका उत्पादकहरूले नेपालको समग्र कानुन प्रणालीको विकास र न्यायिक प्रक्रियामा सामेल भई यसको सुधारमा पनि लागिपरेका छन् । बर्सेनि दक्ष जनशक्ति उत्पादनमा नेपाल ल क्याम्पसले योगदान गरे पनि कानुनी शिक्षाको गुणस्तरमा भने प्रश्न खडा भएको देखिएको छ । हाल विभिन्न विश्वविद्यालयअन्तर्गत कानुन विषयको अध्ययन अध्यापन हुन्छ र माध्यमिक तहको ११ र १२ मा पनि कानुन अध्ययन अध्यापन हुन्छ । माध्यमिक तहको ११ र १२ मा कानुन अध्ययन गर्ने विद्यार्थीले पूरै कानुनका विषय पढ्नुपर्छ भने स्नातकमा कला (आर्टस्)का विषयहरू समेत अध्ययन गर्नुपर्छ । ११ र १२ मा कानुन पढेका विद्यार्थीलाई फेरि स्नातकमा अरू विषय पढ्नुपर्ने बाध्यता छ । अध्ययनको औचित्यतासम्बन्धी अध्ययन गरेर विद्यार्थीलाई अन्योलमा राख्नुहुँदैन । स्नातक तहको सेमेस्टर प्रणालीअन्तर्गतको बिएएलएलबी प्रवेश परीक्षामा बढ्दो आकर्षणसँगै अपेक्षित मात्रामा विद्यार्थी भर्ना गर्न सकिएको छैन । देशमा कानुन निर्माण, सरकार सञ्चालन, न्याय सम्पादन, प्रशासनिक काम कारबाहीमा पनि अब्बल देखिएका यस्ता उत्पादनहरूको प्रतिस्पर्धाले कानुनी शिक्षाको स्तर मापन गर्ने र समग्र न्याय प्रणालीको क्षमता पनि निर्धारण गर्ने हुँदा यसको प्रभावकारिता अभिवृद्धि गराइ गुणस्तरीयतामा ध्यान दिन जरुरी छ । कानुनी शिक्षालाई यसरी जीवनोपयोगी बनाउन सकिन्छ भन्ने विषयमा सरोकारवाला निकाय जागरूक हुनुपर्दछ । नेपालमा विश्वविद्यालयस्तरमा कानुनको पाठ्यक्रम बनाउने जिम्मा नेपाल बार काउन्सिललाई दिइएको छ । नेपाल बार काउन्सिलको अध्यक्ष महान्यायाधिवक्ता हुने र उपाध्यक्ष नेपाल बार एसोसिएसनका अध्यक्ष हुने व्यवस्था छ । त्यसैले नेपाल बार एसोसिएसन र महान्यायाधिवक्ता कार्यालयको भूमिका महŒवपूर्ण छ । केही विद्यार्थी संगठनको दबाब र सर्वाेच्च अदालतको आदेशसमेतको आधारमा १० हजारभन्दा विद्यार्थी भर्ना गरेर कानुनी शिक्षाको गुणस्तरमा प्रश्न चिह्न खडा भएको छ । न्याय सेवामा कानुनमा स्नातक गरेको भनेर शैक्षिक योग्यता राखिएको छ र गुणस्तरीय कानुनी शिक्षाको अभावमा त्यस्ता जनशक्तिले कस्तो योगदान गर्छन् र न्याय व्यवस्था सुध्रिन सक्छ ? लामो समयदेखि पाठ्यक्रम परिमार्जन नहुने र शिक्षण सिकाइ विधि विद्यार्थीकेन्द्रित नहुनुले पनि कानुनी शिक्षाको गुणस्तरीयतामा प्रश्न चिह्न खडा भएको छ । कानुनी शिक्षालाई अनुसन्धानमा आधारित बनाइ विश्लेषणात्मक अध्ययनद्वारा व्यावहारिक ज्ञानमा आधारित न्यायपालिकामा टेवा पु¥याउनसक्ने जनशक्ति उत्पादनमा केन्द्रित गर्न नसकिनु, त्यसैगरी तोकिएको शैक्षिक सत्रभित्र विद्यार्थीले आफ्नो अध्ययन पूरा गर्न नपाउनु र उनीहरूलाई सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञानको शिक्षा कम उपलब्ध गराइनुले नेपालमा कानुनी शिक्षाको गुणस्तरीयताको विस्तारमा अवरोध सिर्जना भएको छ भन्ने आभाष हुन्छ । नेपाल ल क्याम्पसको स्थापना दिवस विशेषांक २०७९ मा कानुनी शिक्षासम्बन्धी अनुसन्धानात्मक लेखमा समग्र नेपालको कानुनी शिक्षाको इतिहासको चर्चा गरिएको छ । यति लामो इतिहास बोकेको कानुनी शिक्षाको वर्तमान अवस्था सन्तोषजनक नहुँदा भावी कार्यदिशा कस्तो हुने भन्ने विषयमा खासै छलफल भएको छैन । कानुनी शिक्षा हासिल गर्ने माध्यम के साँच्चिकै प्रभावकारी छन् ? र, उनीहरूले सिकेका कुराले नेपाली न्याय प्रणालीमा कस्तो योगदान गरेका छन् वा कत्तिको उपयोगसिद्ध भएका छन् भनेर लेखाजोखा भएको पाइँदैन । अर्कातिर नेपालमा कानुनी शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरूले लिने शुल्क उच्च रहेको छ । मध्यम आय वर्ग भएका परिवारका सन्तानले नेपालमा कानुनी शिक्षा लिन नसक्ने स्थिति देखापरेको छ । कानुनी क्षेत्र बौद्धिकता र कुशलता देखाउने स्थान हो र यो विषय अध्ययन गर्न आर्थिक अवस्थाले फरक पार्नु हुँदैन । राज्यको प्रमुख अंगको रुपमा रहेको र न्याय सम्पादनजस्तो महŒवपूर्ण जिम्मेवारी बहन गर्ने न्यायपालिकामा सक्षम र कुशल न्यायमूर्ति हुन आवश्यक छ र यसको निक्र्याेल उसले प्राप्त गर्ने कानुनी शिक्षामा निर्भर गर्दछ । संविधानको मर्म भावनाअनुसार काम गर्नु र जनहितको पक्षमा काम गर्नु नै सरकारको उद्देश्य र विधिको शासन, शान्ति सु–व्यवस्था, सामाजिक न्यायको सुनिश्चितता र समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्नु सरकारको लक्ष्य हुनुपर्दछ । जब कानुनी शिक्षा नै भरपर्दाे, जनमुखी र व्यावहारिक हुँदैन आमनागरिकले कानुनी शासनको प्रत्याभूत गर्न सक्दैनन् । गुणस्तरीय कानुनी शिक्षाको माध्यमबाट नै देशमा स्वतन्त्र न्यायपालिका, मानवअधिकार र कानुनी राज्यको परिकल्पना गर्न सकिन्छ । अधिवक्ता यज्ञमणि न्यौपानेविरुद्ध त्रिभुवन विश्वविद्यालयसमेत विपक्षी रहेको मुद्दामा सम्मानित सर्वाेच्च अदालतले सफल कानुनी राज्यका लागि दक्ष र असल कानुनकर्मी उत्पादन गर्न प्रभावकारी कानुनी शिक्षा प्रणाली आवश्यक हुन्छ भनी उल्लेख गरेको स्थिति छ । त्यसैले कानुनी शिक्षा महŒवपूर्ण विषय हो, यसबाट सम्बन्धित सरोकारवाला निकाय पन्छिन मिल्दैन । सबै सरोकारवाला निकायको गहन बहस जरूरी छ, जसमा कानुनी शिक्षाको विकास विस्तारमा सार्थक संलग्नता आवश्यक छ । कानुनी शिक्षा कानुन अध्ययन गर्ने विद्यार्थी, न्यायाधीश, कानुन निर्माता, कानुन व्यवसायी, प्राज्ञिक र अनुसन्धानकर्ताका लागि मात्र उपयोगी होइन आफ्नो जीवनमा आइपर्ने कानुनी झण्झटबाट मुक्त हुन र सामाजिक सहिष्णुता कायम गर्न पनि कानुनी ज्ञान आवश्यक छ । कानुनको अनभिज्ञता क्षम्य हुँदैन भन्ने कानुनको सर्वमान्य सिद्धान्त रहेको छ । व्यक्तिले कानुनको उल्लंघन गर्दा राज्यले उक्त कार्यलाई कानुनको दायरामा ल्याई कारबाही गर्दछ । कानुनको उल्लंघन गर्दा सजायको कुरामा सर्वप्रथम सरकारले उक्त कानुन जनतालाई बुझाउन के ग¥यो, कस्तो संयन्त्रले जनतालाई कानुन सिकायो र कानुनको उल्लंघनमा सजाय ग¥यो भन्ने प्रश्न विद्यमान छ । संविधान जारी भएको सात वर्ष पुग्न लाग्दा पनि यसको पर्याप्त प्रकाशन हुन सकेको छैन । यथेष्ट मात्रामा कानुनको प्रकाशन र शिक्षा उपलब्ध गराउन सकियो भने मात्र हामीले खोजेको समृद्ध नेपालको चाहना पूरा गर्न सकिन्छ । कानुनी शिक्षामार्फत जनतालाई सचेत गराई दण्डहीनतारहित समाजको निर्माण गर्न सकिने कुरामा कुनै द्विविधा छैन । जनसंख्याको अनुपातमा आवश्यक पर्ने संख्याको अनुमान गरी प्रकाशन गर्न र कानुनको प्रचारप्रसार हुन सकेको छैन । राज्यको स्रोतले नभ्याउने हो भने विद्यालयस्तरबाट कानुनी शिक्षा उपलब्ध गराउन सकिन्छ । पन्ध्रौं योजनामार्फत कानुनी शिक्षा र शिक्षण प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र आधुनिक बनाउने रणनीति तय गरी कानुनी शिक्षा र शिक्षण प्रणालीलाई प्रविधियुक्त बनाई नागरिक शिक्षासँग जोड्ने र आधुनिकीकरणसँगै विधागत रुपमा विशिष्टीकृत गर्दै व्यावसायिक र आकर्षित बनाउन कार्यनीति जारी गरिएको अवस्था छ । आवश्यकता महसुस गरिएको विषय भए पनि सरोकारवाला निकायको बेवास्ता कायम छ । वर्तमान समयमा आपराधिक घटनामा बालबालिकाको बढ्दो संलग्नताले गम्भीर समस्या निम्त्याउँदै छ । विद्यालय शिक्षामा कानुनी शिक्षाको अभावले त्यस्ता घटना बढ्दै गएका हुन् कि भन्ने शंका गर्न सकिन्छ । महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन २०७७÷७८ मा उल्लेख भएअनुसार कानुनको विवादमा परेका बालबालिकाको संख्या एक हजार ८०३ रहेको छ । कानुनी शिक्षाको क्षेत्र व्यापक छ र यसलाई विश्वविद्यालयले प्रदान गर्ने शिक्षासँगै कानुनी सचेतनासँग पनि जोड्न सकिन्छ । विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गरी केही आपराधिक घटनामा कानुनी व्यवस्थाबारे सन्दर्भ सामग्रीमा उल्लेख गर्न सकिन्छ । हाम्रो शिक्षा पद्धति व्यवहारमुखि र व्यावसायिक नरहेको भनेर आलोचना भइरहन्छ । शिक्षण सिकाइ विधिमा कक्षाकोठामा साँच्चिकै शिक्षकले अभ्यास गराए कि गराएनन् भनेर जाँच गर्ने संयन्त्रको व्यवस्था छैन । त्यसैले विद्यालय तहका पुस्तकमा पाठ्यक्रमभित्र समावेश गरेर कानुनी शिक्षा प्रदान गर्न सकियो भने देशमा आपराधिक घटनामा कमी आउने र शान्ति सुव्यवस्था कायम गर्न सकिन्छ । मुलुक निर्माणमा टेवा पु¥याउनसक्ने जनशक्ति उत्पादनका लागि सरकारले यथेष्ट मात्रामा बजेट विनियोजन गरी खर्च गर्न डराउन हुँदैन । नेपालमा कानुनी शिक्षाको गुणस्तरमा जिम्मेवारी बहन गर्ने र प्रभावकारी भूमिका खेल्ने नेपाल बार काउन्सिल, महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन, सर्वाेच्च अदालत, विश्वविद्यालय, शिक्षण संस्था आदि हुन् । काउन्सिलले विश्वविद्यालय र कक्षा १२ सम्म अध्ययन गराउने शैक्षिक संस्थाको कानुनी शिक्षाको मापदण्ड निर्माण गर्ने र पाठ्यक्रम स्वीकृत गर्ने काम गर्दछ । वर्तमान अवस्थामा कानुन व्यवसायीको परीक्षा लिने र उत्तीर्ण हुनेलाई केही दिन तालिम दिएर प्रमाणपत्र दिने, त्यसैगरी आचारसंहिताविपरीत कार्य गर्ने केही कानुन व्यवसायीको प्रमाणपत्र रद्द गर्ने गरेको छ । पाठ्यक्रममा रहेका विषयवस्तु के साँच्चिकै अनुसन्धानमा आधारित छन् ? व्यावहारिक शिक्षण सिकाइ छ, यस्तो पठनपाठनले न्याय प्रणाली सुधार गर्न सक्छ कि सक्दैन भन्ने विषयमा कसैको चासो नभएकोमा आपत्ति छ । अध्ययन गर्ने हो भने नवोदित कानुन व्यवसायी कानुनी लिखत गराउन, बहस प्रस्तुति गर्न र मुद्दामा मस्यौदा गर्न पोख्त छैनन् । न्यायलयजस्तो महŒवपूर्ण र संवेदनशील राज्यको अंगमा यस्तो उदासीनता किन ? विश्वविद्यालयको पाठ्यक्रम अन्तर्राष्ट्रियस्तरको बनाउन र अनुसन्धानमुखी शिक्षामा जोड दिनेगरी बार काउन्सिलले काम गर्न जरुरी छ । समग्रमा कानुनी शिक्षाको योगदान देशको सामाजिक, साँस्कृतिक, कानुनी, आर्थिक स्थितिमा सुधार ल्याउन रहेको छ । उच्चस्तरको गुणस्तरीय कानुनी शिक्षाको उपलब्धताले कुशल शासक र न्याय सम्पादन गर्ने दक्ष न्यायमूर्ति निर्माणमा भूमिका खेल्दछ । कानुन अध्ययन गरेका शासकहरूको नेतृत्वमा विकास र समृद्धिको नयाँ फड्को मारेको अवस्था छ । कानुनी शिक्षाको उपयोगिता असल नागरिक निर्माणमा ध्यान केन्द्रित हुनुपर्छ । कानुनी सचेतना कार्यक्रममार्फत धेरै कार्य गर्न असम्भव हुने हुँदा विद्यालय शिक्षाको पाठ्यक्रम कानुनी शिक्षा र सचेतना झल्काउने र सबल समाज निर्माणतर्फ केन्द्रित हुनुपर्छ । गुणस्तरीय कानुनी शिक्षाले अराजकता, दण्डहिनता रोकथाम गर्दै राज्यव्यवस्थाको कार्यशैलीलाई सक्षम बनाउनतर्फ सजग बनाउँछ । देशमा कानुनी शासनको प्रत्याभूति दिलाउन र लोकतान्त्रिक मूल्य, मान्यताको सम्वद्र्धन गर्न कुशल न्यायमूर्तिको आवश्यक हुन्छ, जुन कानुनी शिक्षाको प्राप्तिले सम्भव हुन्छ । कानुनी शिक्षाको व्यवस्थापनमा जिम्मेवार निकायले यसको गरिमा बढाउन तत्पर रहनुपर्दछ । नेपाल बार काउन्सिल अन्तर्गत कानुनी शिक्षालाई व्यवस्थापन र मूल्यांकन गर्न एउटा छुट्टै विभाग सक्रिय ढंगले लाग्नुपर्दछ । कानुन विश्वविद्यालयको स्थापनाका लागि अध्ययन जरुरी छ । विद्यार्थीको चाप अध्ययन गर्ने र दक्ष प्राध्यापकको उपलब्धता तथा वैज्ञानिक पाठ्यक्रम निर्माण गर्न जरुरी छ । यसरी सबै क्षेत्रको सक्रिय उपस्थितिले मात्र यसको उपयोगिता सावित हुनसक्छ । (अधिवक्तासमेत रहेका लेखक पौडेल नेपाल ल क्याम्पसमा एलएलएम अध्ययनरत छन्)
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
थप विचार
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा  बिहीबार, कात्तिक १३, २०८२
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
सूर्य उपासनाको पर्व छठ
सूर्य उपासनाको पर्व छठ सोमबार, कात्तिक १०, २०८२
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP